कविता-म सोच्दैछु आज …….

11150841_1392113457782919_7838902750399376472_n

-तारा प्रसाद अधिकारी “गरुवाली”

पिताको मुख हेर्ने दिन आज
म देखि माथी उठेर
आज हेरे मेरा स्वर्गीय
पिता को मुहार तस्बिरमा
अनि भने मुख हेरे ‘बुबा ‘
तस्बिर मुस्कुरायो
मन भाव बिब्हल भयो !
म सोच्दै छु !
छिमेकी तिखेको बारेमा
उ प्रवासमा छ
सुनायो , हौ साईला
मैले तिन बर्षमा
आज बाउलाई फोन गरे नि हौ ..
अनि भन्यो हौ ,,,
बाउले आरीले घोप्ट्याए झैँ
खुशी घोप्ट्याए ..
म जान्छु छिटै अब घर !
म सोच्दैछु
मेचीमा बस्ने छोरा बुहारीले
एका बिहानै फोनको कान निमोठे
बुहारीले काठमांडूका जन्म दातालाई
अनि महाकालीका जन्मदातालाई छोराले
बा मुख हेरे ,,,
पारिवारिक तिक्तता मेटियो ..
के छ सन्चै छौ ,,
आहा ! आपन्त्व !!
म सोच्दैछु ..
दोस्तकि अर्धाङ्गिनी
दोस्त उसकी अर्धाङ्गिनी
अर्धाङ्गिनी दोस्त
एक प्राण एक मुटु
दोस्तका पिता स्वर्गलोक
उ सामु गएर ससुरालाई
नमस्कार गरि दर्शन गर्यो
वा क्या नाता र समर्पण
म सोच्दैछु
उफ्फ़
ती आमा
ती बाबा
ती दाजु
ती भाई
ती साथी
जसका जन्मिदा नै
बाबु को हो थाहा छैन
तिनीहरु आज के
सोच्दै होलान ?
कसको मुख हेर्दै होलान ?
यो बाक्लो मानव बस्तीमा
जताततै देख्दा पुरुष
कसलाई पिता ठाने होलान ?
म सोच्दैछु आज !
घरी घरी म सोच्दैछु आज !!

१५० औ मोती जयन्ति भव्यताका साथ सम्पन्न!

ई-गल्फ नेपाल,दोहा(ई.रा)-

सेक्टेम्बर ११,२०१५ का दिन दोहाका ३ साहित्यिक संस्थाहरुले सयुक्त आयोजना गरेको १५० औ मोती जयन्ति भव्यताका साथ सम्पन्न भएको छ! रेगीस्थानी कवि तिर्थ संगम राईको सभापतित्व तथा नेपाल पत्रकार महासंग,कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडेको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको पहिलो सेसनमा ब्यानर उद्घाटन तथा दीप प्रजवलन साथै मोतीराम भट्टको तस्विरमा माल्यार्पण गरि सामुहिक राष्ट्र-गान गाईएको थियो! सभ्य,भब्य तथा विशुद्द साहित्यिक कार्यक्रमलाई युवा गजलकार प्रेम प्रसाद भट्टराईले संचालन गर्नु भएको थियो!!

अनेसास को नयाँ कार्य समिति !!
अनेसास को नयाँ कार्य समिति !!
रुप रसाइली सम्मान-पत्र तथा नगद पुरस्कार ग्रहण गर्दै !!
रुप रसाइली सम्मान-पत्र तथा नगद पुरस्कार ग्रहण गर्दै !!

बिगतका बर्षहरुमाझैँ कार्यक्रमलाई पृथक बनाउन “खुल्ला गजल प्रतियोगीता” को पनि आयोजना गरिएको थियो ! प्रतियोगीतामा २० जना गजल सर्जकहरुले आफ्ना उत्कृष्ट एक-एक गजल प्रस्तुत गरेका थिए.!श्यामराज रानाभाट,लेख कार्की तथा भानु सुनुवार गरि ३ सदसयीय निर्णायक मण्डल रहेको उक्त प्रतियोगीतामा रुप रसाइली बिस्वकर्मा प्रथम भए भने क्रमस: ईस्वर शाही,खगेन्द्र खीलाफी,मणि “भिखारी” दोस्रो,तेस्रो र चौथो तथा प्रतियोगीतामा “उत्कृष्ट-बाचन”- टिका खड्का “राष्ट्रप्रेमी” भएका थिए! बिजेतालाई नगद तथा सम्मान-पत्र द्वारा सम्मानित गरिएको थियो!!
कार्यक्रमको दोस्रो सेसनमा रहेको अनेसास कतार च्याप्टरको पाँचौ महाधिवेशनले तिर्थ संगम राईको अध्यक्षमा २ बर्षे कार्यावधि रहने गरि नयाँ कार्य समिती गठन गरेकोछ!

हजुरलाई शुभ कामना

हजुरलाई शुभ कामना

जीतु खड्का

जीतु खड्का गाउँले

राजनिती यो शब्द सुन्ने साथ सबैलाई स्वार्थको खेल भन्ने लाग्न सक्छ ! आखिर हो पनि बिगत देखी बर्तमान सम्म नियाल्दा केवल स्वार्थको खेल मात्र भएको छ|  नेपालको राजनितीमा कहिले कुर्सीको लागि यो खेल खेलिन्छ भने कहिले भोट बैंकको लागि खेलिन्छ !आखिर यो एउटा खेल न हो !

ल ठिकै छ यो एउटा खेल नै हो खेल नै भए पनि एउटा नियम त हुनु पर्ने हो नि ? होइन र ? जब सम्म देशमा दलगत स्वार्थ र ब्याक्तिगत स्वार्थ भन्दा माथि उठेर देशको निम्ती यो राजनिती खेल खेलिदैन तब सम्म देशले बिकासको फड्को मार्न सक्दैन ! अहिले देशमा संबिधान को जन्म हुन लागेको छ !देश प्रसब पीडाले छटपटाई रहेको छ ! देश दुखी रहेको छ यस्तै दु:खाइको बिच बाट पनि संबिधान जन्मेला भन्ने मैले नि झिनो आशा राखेको छु ! यो मेरो आशामा तुसारापार नहोस श्री पशुपती नाथ सँग यही कामना गर्दछु! संबिधानमा सबैले खोजेको हक अधिकार सबै नसमेटीएला केही त पक्कै समेटिने छ होला हाम्रा नेताहरु सबै त औठाछाप छैनन होला नि ? सबै त शोषक छैनन होला नि कोही त बिध्वान र समाज सेवाको भावना लिएर नि राजनितीमा होमिनु भएको होला नि उहाका केही निर्णयले त अवस्य हामी नेपाली जनतालाई सम्बोधन गगर्छन् होला नि ?
म प्राय सबै दलका नेताहरुको कुरा सुन्छु, उहाँहरुले केवल आफ्नो स्वार्थ अनुसारको मात्र राजनिती गर्नु भएको देख्छु| सर्वसाधारण जनताको निम्ती अँह राजनिती गर्नु भएको देख्दिन म| अहिले सबै नेताहरुको साझा अभिब्याक्ती सुन्ने गर्छु ! आदिवासी जनजाती मधिसे दलित महिला मुस्लिम र पिडीएका बर्गको निम्ती हाम्रो लडाईं हो हामीले गरेको आन्दोलन बन्द तिनीहरुलाई अधिकार सम्पन्न बनाउन हो ! हो उहाँहरु यसै भन्नु हुन्छ ! तपाईं अलिकती बिचार गर्नुस् त उहाहरुले उठाउनु भएका यि जात जाती र समुदायलाई अधिकार दिने कुरालाई हो यही छ ठुलो स्वार्थको खेल अधिकार सम्पन्न सबैलाई बनाउनु पर्छ केही जमात देखेर भोली मैले चुनावमा उठ्दा जित्छु कि जित्दिन भनेर चिन्ता गर्दै आफ्नो स्वार्थको लागि उठाएका मुद्दा हुन यि आदिवासी जनजाती मधिसे दलित महिला मुस्लिम र पिडीएका बर्ग यो त नेता ज्युको थापी खाने भाँडो हो ! उहाहरुको हक हितमा कुरा नगरे भोली उहाले त्यो समुदाय बाट मत पाउनु हुन्न त्यसैले आदिवासी जनजाती मधिसे दलित महिला मुस्लिम र पिडीएका बर्ग भन्दै आफ्नो कुर्शीको खुट्टा दर्बिलो बनाउनको निम्ती यो मुद्दा उठाउनु भएको छ ! स्वार्थ यही छ हुन सक्छ तपाईंलाई आफ्नो जातको राज्य मिल्छ भनेर बुझेर नि बुज पचाउनु भएको छ या बुझ्नु भएको छैन ? त्यो त म जान्दिन म यती जान्दछु कि यि आदिवासी जनजाती मधेसी दलित महिला मुस्लिम र पिडीएका बर्गको नाममा फोहोरी स्वार्थको राजनिती हुँदैछ !हो नेपाल गरिवीको रेखा मुनी भएको देशको हो यहाँका ६०% जनता गरिवीको रेखा मुनी छन उनीहरु दिनहु श्रम गरेर पसिना पोखेर आफ्नो घरको चिसो चुल्हो जलाउछन यि राजनिती दलका नेताहरुले कहिले गरिवीको हकको कुरा गरेकाछन?

जसरी आदिवासी जनजाती मधिसे दलित महिला मुस्लिम र पिडीएका बर्ग भन्दै दिन रात फतफताएर नथाक्ने नेता ज्युको मुखराबिन्दबाट किन गरिवीको जीवन उकास्ने तर्फ ध्यान जादैन ? किन गरिवीकोलागी नारा निस्किदैन ?कारण एउटै छ नेता ज्युको राजनीति कुर्सी र ब्याक्तिगत स्वार्थको घेरा वरिपरी घुमेको छ ! गरीबका मुद्दा उठाएर उहाँहरुले के पाउनु हुन्छ ?बिचरा गरीब न झन्डा बोकेर उहाँहरुको आन्दोलनमा बन्द गर्न जननै सक्छन बिचरा ति गरीब निमुखालाई एक दिन आफ्नो शरिरको पसिना नपोखी त मुखमा माड लाग्नेछैन नेता ज्युको आन्दोलनमा समर्थन गर्न जाँउ भने भरे बेलुका जाहान केटा केटी भोकै हुन्छन| अनी किन जान्थे न त उनीहरुमा आफ्नो अधिकारको लागि लड्न जाने बन्द गराउन जाने हुती नै छ|खाली पेटले आन्दोलन हुँदैन महोदय! आफ्नो पार्टीको झन्डा बोकेर आन्दोलन गर्न नआउने दुखी गरीब जनताको लागि किन बोल्नु हुन्थ्यो नेता ज्युले| गरीब जनता न त एउटा समुदाय बनाएर नै बसेका छन देशका कुना कुनामा छरिएर बसेका छन उहाहरुलाई के को चिन्ता उहा चुनाबमा एउटा ठाउँ बाट मात्र उठ्नु हुन्छ कहाँ देश भरी बाट उठ्नु हुन्छ लिम्बुवानको मुद्दा उठाउनु भयो भने लिम्बु समुदाय कुनै खास ठाउँमा बसोवास गर्नु हुन्छ| त्यहा बाट चुनाव उठेर जित्न सकिन्छ त्यस्तै थारुको मुद्दा उठाएर थारु समुदायको क्षेत्रबाट जित्न सकिन्छ मधेसीको कुरा उठाए मधेसबाट जित्न सकिन्छ| महिलाको कुरा उठाए देशैभरी महिलाको जनसख्या धेर छ जित्न सकिन्छ ! गरिवको मुद्दा उठाएर के फाईदा उहाहरुलाई गरीब त देशको कुना कुनामा छरिएर बसेका छन !त्यसैले नेता ज्युले आदिवासी जनजाती मधेसी दलित महिला मुस्लिम र पिडीएका बर्गको मात्र कुरा उठाउनु हुन्छ| उहाको स्वार्थ यही लुकेको छ ! एउटा तराइवासी नेपाली दाजुले भन्थे आप्ना काम बन्ता भाड मे गए जनता भनेर हो रहेछ नेता ज्युले आफ्नो स्वार्थको लागि मात्र राजनिती गर्नु भएको छ ! जनताको के वास्ता उहालाई ? बिन्ती छ माननिय महोदय आफ्नो स्वार्थको लागि आदिवासी जनजाती मधिसे दलित महिला मुस्लिम र पिडीएका बर्गको नाममा स्वार्थको राजनिती गरेपनी उहाहरुको लागि त केही गर्न खोज्दै हुनु हुन्छ बिन्ती छ कृपया ६०% गरिवीको मुद्दा पनि उठाइदिनुस् स्वार्थको राजनिती छोडेर छातीमा हात राखेर देशको लागि राजनिती गर्नुस् जनताको लागि गर्नुस हजुरलाई शुभ कामना छ !

हो, म मेडिकल माफिया हुँ

11667492_10206800870638223_3446214614300048747_n

-गजेन्द्र बुढाथोकी

टिचिङका सुधारका कुरा उठाउँदा मलाई केही अतिज्ञान, धेरैज्ञान भएका (सम्भवतः सिकारू डाक्टर, विद्यार्थी डाक्टर वा हनुमाने भक्तजन)ले मलाई मेडिकल माफिया भनेछन ।
हो म मेडिकल माफिया हो ।
-मेरा परपितामह षडयन्त्रपूर्वक १५० रोपनी जग्गा कब्जा भएपछि ओखलढुंगाबाट झरेर खोटाङमा बसेर खेतिकिसानी गरे, उनका नाममा खोटाङभरि ५, ७ सय बेडका विशाल आधुनिक अस्पताल छन। त्यसैले म मेडिकलमाफिया हुँ ।
-मेरा पिताजी देशविदेशमा थुप्रै दुःख गरेर उदयपुरमा सानो व्यवसाय चलाएर बसे । मैले थाह पाएदेखि माताजीका लागि विराटनगर, धरानदेखि दरभंगासम्मका डाक्टरलाई पिताजीले जिन्दगीभरिका पसिनामा कमाइ बुझाइ नै रहनु भयो। अझै पनि माताजीलाई बेलाबेलामा उदयपुर अस्पताल लगेर अक्सिजन चढाइरहनु पर्छ । मेरा पिताजीका उदयपुरभरि ५,७ बेडका मेडिकल अस्पातलै अस्पताल छन, त्यसैले म मेडिकल माफिया हुँ ।
– ०६५ सालमा भयावह सडक दुर्घटनामा परेपछि टिचिङअस्पतालले पहिला त बेडै दिएन । बल्लतल्ल सोर्सफोर्स लगाएर बेड दियो । तर २९ दिनसम्म पेन्टाजोल र प्यारासिटामोलमात्र दिएर उपचारविहीन राख्यो, किनकी म मेडिकल माफिया हुँ ।
-साथीभाइहरूले १-१ रूपैयाँ उठाएर मेरो मेरूदण्डका शल्यक्रिया गराएर व्हीलचेयरमा राखे, किनकी म मेडिकल माफिया हुँ ।
– २ वर्षअघि युरिन ब्लक भएर एमरजेन्सीमा जाँदा टिचिङले ५ घण्टा विनाउपचार राख्यो । निकै कराएपछि बल्लतल्ल ब्लक खोल्ने नाममा पेटमा तीन ठाउँ गलत रूपमा प्वाल पारेर घाउ नै घाउ बनाइदिए, किनकी म मेडिकल माफिया हुँ ।
– ३ सातासम्म ब्लक खोल्ने काम गरेनन, ब्लाडरमा भएका मल्टिपल स्टोन झिकिदिएनन, पेटका घाउ कुहिएर गन्हाउन थाल्यो, किनकी म मेडिकल माफिया हुँ ।
– बल्लतल्ल निजी अस्पतालमा गएर आधुनिक विधिबाट स्टोन झिकियो । त्यसका लागि ६५ हजार रूपैयाँ ३६ प्रतिशत ब्याजमा लिएँ , किनकी म मेडिकल माफिया हुँ ।
– अहिलेसम्म ३० हजारजति रूपियाँ जुटाउन नसकेर शल्यक्रिया गर्नुपर्ने समस्या बोकेर हिडिरहेको छु, किनकी म मेडिकल माफिया हुँ ।
-गत चैतमा युरिन इन्फेक्सन बिग्रेर पिसाबबाट रगतै जाने समस्या भएपछि निजी अस्पतालमा ५ दिन भर्ना भएर ४५ हजार ऋण लिएर उपचार गरे, त्यो पैसा अझै तिरिसकेको छैन । किनकी म मेडिकल माफिया हुँ
-हरेक महिनाजसो डाक्टरहरूलाई ऋण काढेर भए पनि पैसाका मुठो बुझाएर उहाँहरूका पेशा बलियो बनाइदिँदैछु, किनकी म मेडिकल माफिया हुँ ।

(यो पोष्ट लेखककै फेसबुकबाट लिइएको हो, उहाको फेसबुक प्रोफाइल हेर्न माथि रहेको उहाको नाममा क्लिक गर्न सक्नुहुन्छ)

लेखकको अघिल्लो आलेख पढ्नुहोस्….

थुक्क मेरो जात! जोवन चल्ने, भोजन नचल्ने

थुक्क मेरो जात! जोवन चल्ने, भोजन नचल्ने

सिवानी

शिवानी

हिजो एकजना गाउँकै दाइले फेसबुकमा म्यासेज गर्नुभयो| “हेई शिवानी, फ्रेन्ड रिक्वेष्ट पठाएको छु, किन एसेप्ट नगरेको 😦 ?” लेख्नु भएको रहेछ| कसैको मित्रताको अनुरोध स्वीकार गर्ने नगर्ने मेरो खुसीको कुरा हो| मलाइ ठिक लागे गर्छु नत्र गर्दिनँ| झन् हदै चित्त नबुझ्दा उसलाई सधैंको लागि ब्लक गर्ने अधिकार मलाइ फेसबुकले  दिएको छ| मान्छेहरु किन आफुलाई यति महान सम्झिन्छन मैले बुझ्न सकेकी छैन| फेसबुकले निश्चित संख्यामा मात्रै साथी राख्न पाउने प्रणाली बनाएको छ| त्यो संख्या मेरो पहिला नै पुरा भईसकेको कारणले मैले नया अनुरोधलाई खासै वास्ता गरेकी छैन|

अरुले के कारण र उदेश्यले फेसबुक चलाउछन मलाइ थाहा भएन| तर मैले केहि सिक्न जान्न र नया खबरहरु पढ्नको लागि चलाउछु| गाउँकै दाजु भएको कारणले उहालाई अर्को एकजना साथि हटाएर भएपनि मैले साथी बनाएँ| तरपनि मनमा किन त्यस्तो आदेशात्मक शैली अपनाए भनेर खुल्दुली र दुखेसो भइराख्यो| अनुरोध स्वीकार्ने बित्तिकै फेरी म्यासेज आयो, “आहा! कति राम्री छौ है तिमी त|” मैले केहि प्रतिकृया जनाइन| साथी बनाएकोमा सामान्य आभार व्यक्त गर्नपनि कन्जुस्याई गरे| त्यसपछि लगातार मेरा पोष्ट र फोटाहरुमा गाउँले दाजुको कृपा हुनथाल्यो| पाँच मिनेटमा लगभग मलाइ पचास लाइक र आठदश कमेन्ट दिएर धन्य बनाए| मैले धेरै मिहेनत गरेर लेखेका लेख र स्टाटस उनले यति छिटो पढेर प्रतिकृया दिए जस्तो मलाइ लाग्दैन| कति गहन र गम्भीर पोष्टमा पनि “कुरा सहि हो”, “ल ल दाम्मी छ” “यु आर राइट” जस्ता पदौरे कमेन्ट देखेर मलाइ धेरै दुख लाग्यो| मेरा तस्वीरहरूमा “आहा! कति राम्री 😀 ”, “वाउ लुकिंग सेक्सी 😛 ”, “स्स्सो हट J”जस्ता कमेन्ट देखेपछि मेरो रिसको पारो तात्यो|

फेरी दाजुले हत्तपत्त मलाई म्यासेज गरे “के छ रानी?”, यस्तो लाग्थ्यो मलाई पचास लाइक र आठदश कमेन्ट दिएर फकाइसके| मलाई तिनको पागलपन देखेर एकछिन कुरा गरौँजस्तो लाग्यो, मैले सोचें यिनले मलाइ चिन्छन कि चिन्दैनन्? कुरा गर्ने क्रममा थाहा भयो, यिनले मलाइ चिन्दैनन्| गाउँको हो भन्ने थाह छ तर कसको छोरी या बहिनी भन्ने थाह छैन| धेरैबर्ष गाउँ बाहिर बसेर बुढेसकालमा बिदेशिएका यी दाइको बारेमा मलाइ भने धेरै कुरा थाह थियो| यिनकी छिमेकी बहिनी मेरी साथी भएकी र म त्यहाँ सानैदेखि जाने भएकोले यिनलाई म राम्ररि नै चिन्थे|

यसबीचमा यिनले दुइपटक मेरो मोबाइल नम्बर मागे भने तीनपटक म्यासेन्जरमा कल गरे| मैले दुबैलाई इन्कार गरें| मैले अब मेरो काम छ पछी कुरा गरौंला भन्दापनि नसुनिकन उनी आफ्नो काम र तलबको बढाईचढाई ब्याख्या गर्नेमा व्यस्त रहे| अन्तिममा केहि उपाय नलागेपछि मैले भनें “म तपाईलाई अंकल भन्छु नि ल J|” दाजु आत्तिदै भन्छन् “हैट! के भनेको त्यस्तो? बरु हामि लप गरौँ न, आइ लप यु ”

तिनको पछिल्लो शब्दले मलाइ रन्थन्यायो| आखिर के सम्झिन्छन छोरा मान्छेहरु आफुलाई? कसरि यस्तो सोच्न र भन्न सक्छन? एक छोरा र एक छोरीका बाउ भएर आफ्नो छोरीजस्ती केटीलाई आफ्नै गाउँको भनेर जान्दाजान्दै कसरि यस्तो कुरा भन्न सक्छन? के लाज, डर, घिन, इज्जत केहि हुन्न यिनको? म सरासर उनको प्रोफाइलमा गएँ| कतै फेक अकाउन्ट त होइन भन्ने जिज्ञासाले| तर होइन उनको आफ्नै अकाउन्ट थियो, उनले केहि घण्टा अगाडी छोरीको फोटो हालेका रहेछन| “मेरी गुडिया आइ लप यु” लेखेर| मलाइ यो “आइ लप यु” शब्दसँग धेरै घिन लाग्यो| मलाइ पनि मेरा आफन्तले “आइ लप यु” भन्नुहुन्छ, हिजोसम्म प्रेमको, स्नेहको प्रतिक लागेको आइ लप यु एकाएक घृणित शब्द भयो| उनले छोरीलाई पनि मैलाई जस्तो आइ लप यु भनेका होलान्, मलाइ यस्तै लाग्यो| मैले एकाएक तिनमा राक्षस देखें, भीमकाय शरीर, विकृत अनुहार र फोहोरी सोच भएको राक्षस| तिनलाई उचित शिक्षा दिने बिचार आयो|

म पुन म्यासेजमा फर्किसक्दा उनले “ बिहे नगरेपनि अनलाइन लप गरौँ, यसो समय कटाउने मेलो 😀 म बिदामा आउँदा तिमीलाई नया मोडेलको मोबाइल ल्याइदिन्छु  ” लेख्न  भ्याएका रहेछन| मेरो रिसको पारो झन् तातियो| मैले उक्त म्यासेज बक्सको स्क्रीनसट लिएँ र मेरो वालमा उनलाई ट्याग गरेर हालिदिएँ|

यी एक प्रतिनिधि पुरुष हुन् हाम्रो समाजका| यसो भन्दा सबै पुरुष यस्तै हुन्छन् भन्ने हुँदैन| धेरै राम्रा पुरुषहरु पनि छन्, तर राम्राहरुलाई यी र यस्ता कुपुरुषहरुले छाँयामा पारेका हुन्छन्| अझैपनि धेरै पुरुषहरु त्यस्ता छन् जसको म्यासेज रिप्लाई नगर्दा “ओइ #लु, एकरातको कति लिन्छेस?” “किन भाउ खान्छेस र#डी?” “बोल्दिनस भने किन अनुरोध स्वीकार गरिस?” भन्नेजस्ता म्यासेज पठाउछन्| हाम्रो आफ्नै काम हुन्छ, आफ्नै व्यस्तता हुन्छ| सधैं सबैलाई जवाफ फर्काएर बस्न सकिदैन| फेरी मलाइ यसो भने भनेर कसलाई सुनाउदै हिड्ने? ब्लक या डिलिट कतिलाई गर्ने? कतिलाई ति दाजुलाई जस्तो शिक्षा सिकाउने? अर्कोकुरा फेरी, यो फेसबुक नचलाई पनि नहुने कुरो|

यस्तो कार्यमा सबैभन्दा अगाडी घर छोडेर परदेशिएकाहरु छन् मेरो निजि अनुभवमा| तिनीहरु कतार, दुबई, साउदीजस्ता खाडी मुलुकमा छन् कि त फेरी मलेशियामा छन्| तर तिनीहरु कै वालमा हेर्ने हो भने, देश बिग्रियो, समाज सकियो, संस्कारको सत्यानाश भयो भन्नेजस्ता राग अलापेर बसेका हुन्छन्| समाजको एउटा हिस्सा मपनि हुँ, मैले गरेको हर्कतले अरुलाई कति असर परेको छ भनेर कहिल्यै सोच्दैनन्| आफ्नो निर्णय र आदेश लाद्न पल्केकाहरु नै देशको मुख्य दुश्मन हुन्| आफ्नो कुरा अरुले मान्दा र आफुले हेप्न पाउँदा आफुलाई मर्द सम्झेर मख्ख पर्छन| छोरीमान्छेलाई छाडा बोलेर, हेपेर, अपमान गरेर कोहिपनि मर्द हुँदैन| मर्दले त नारीको इज्जत र रक्षा गर्छ| अशक्त र बच्चालाई प्रेम बाड्छ, पिडितको उद्दार गर्छ| धर्मको पालना गर्छ| करीब दश मिनेट पछि तीनले रोइ कराई गरेपछि त्यो पोष्ट हटाएँ मैले| सोचें उनकी छोरीले त्यो कुरा हेरी भने के सोच्छे होला? छोरीको आँखामा आफ्नो बाबु जस्तो भएपनि एउटा आदर्श पुरुष हुन्छ|

मेरी एउटी साथी छे, अन्जली| हामी सानैदेखि गाउँमा सँगै पढेर काठमाडौं पनि सँगै आएका हौँ| हामी दुबैका दाजुहरु यहिँ बस्ने भएकोले यता आएपछि बसाइ अलगअलग भयो| पढाइको रुचि अनुसार फरकफरक कलेज रोजियो| पछिल्लो समय उसले स्नातक सकेर निजि बैंकमा जागिर खान्थी| म डिग्रीको पढाई सँगै एउटा निजि कम्पनीमा काम  गर्थे| आज बिहान रुँदैरुँदै मलाइ “इमो”मा फोन गरि र छिट्टै भेट्न बोलाइ|  म कामको शिलशिलामा पटनामा भएकोले तत्काल आउन नसक्ने बताएँ| साथै रुनाको कारणबारे पनि जिज्ञासा राखें| धेरैबेरको रोदन र मेरो लगातारको प्रश्नले उसले समस्याको पोको खोली| उसकै बैंकमा कामगर्ने सहकर्मीसँग उसको प्रेमसम्बन्ध रहेछ| मनदेखि शुरु भएको प्रेम तनवदन हुँदै जातमा गएर अड्किएछ| अन्जली कथित दलित हो, बिश्वकर्मा| उसको प्रेमी उपाध्याय बाहुन रहेछ| अहिलेको समयमा कम्तिमा हाम्रो पुस्ताले जातभातको कुरा गर्नु एकदमै दुखलाग्दो कुरा हो| उनीहरुलाई एकअर्काको जातको बारेमा थाह नभएको पनि होइन| दुबैलाई थाहा भएर पनि जातलाई गौण मानेर प्रेम गरेछन, अन्त्यमा बिहे गर्ने कुरा आएपछि परिवारको कारण देखाएर प्रेमी टाढियो| अन्जलीदेखि टाढा हुनलाई जागिरै सरुवा गरेर लगेछ|

आजको पढेलेखेको पुस्ता यस्तो छ, जो आफ्नै घरमा आफ्ना बाआमालाई मनाउन सक्दैन| भोलिको बाटोमा आउनसक्ने अवरोध र व्यवधानको लागि पुर्व तयारी गर्दैन भने उसले पढेको के काम भयो| उसले हाँसिल गरेको ज्ञान र शिक्षाकै बेईज्जत भएन र? अरुबेला देश बदल्ने ठुलाठुला कुरा गर्नेहरुले पहिला आफुलाई र आफ्नालाई बदलेर देखाउन|

अन्जलीले आफु सानो जातको भएर भोग्नुपरेको यो पहिलो घटना भने होइन| सानैदेखि यस्तो व्यवहार हुन्थ्यो, हामीले सम्झाउथ्यों| कति बुझ्थी कति बुझ्दिनथिइ उसैले जानोस्| हामी साथीहरु एकअर्काको घरमा आउजाउ गर्थ्यौं| झन् केहि बिशेष पुजाआजा, बिहे बटुलो हुँदा त नगई नहुने| छोरीले कर गरेर बोलाउने बाउआमाले घरमा पस्न नदिने धेरै पटक हुन्थ्यो| यसरि अपमानित हुँदापनि उसले कहिल्यै साथ छोड्दिन थिइ, शायद आफुलाई त्यहि अनुरुप तयार पारेकी थिइ|

मलाइ अचम्म लाग्छ, जब कोहि दलितको घरमा केहि पवित्र कार्य हुन्छ| कथित ठुला जातकाले फलफुल प्रसाद बाहेक अरु खाँदैनन| फलफुल छोइदैन अरु छोइन्छ रे! दलितको घरमा पालेका सुँगुर, खसी बोका, कुखुरा खान हुन्छ रे, तर उसले छोएको खान हुँदैन रे| उनीहरुले खसी बोका के रिमोटले चल्ने बनाएर पालेका हुन्छन् र? दलितको खेतमा फलेको अन्न खान हुने, उसको धाराको पानि पिउन हुने, छोएको खान नहुने रे! कति हास्यास्पद छ है चलन? मेरो गाउँका प्राय दलितहरु रक्सि पार्छन र बजारका भट्टीवालालाई बेच्छन| त्यहि रक्सीले मातेर सुतेका उपल्लो जातिका महामानवहरु भोलिपल्ट बिहान उठेर एक आम्खोरा पानीले जिउ पखाल्छन्, जनै मुसार्छन र चोखिन्छन्| उपल्लो जातमा जन्मिएकाहरू जति मैलिए पनि नुहाएर चोखिन्छ्न| सुनपानी र जप गरेर दुरुस्त हुन्छन्| तर जिन्दगीभर सत्कर्म गर्ने दलितहरु किन कहिल्यै पवित्र हुनसक्दैनन? यो प्रश्नको जवाफ धर्म संस्कार र समाजको ठेक्का लिएका आफुलाई महान सम्झिने पात्रहरुले दिनुपर्दछ|

म बुझ्दछु शायद अन्जली यतिबेला आत्महत्या गर्नेबारे सोच्दैछे| नभएपनि उसलाई यो समाज र यसका देखावटी रिति रिवाजप्रति रुष्ट छे| जसलाई उसले आफ्नो सर्वस्व सुम्पिएकी थिइ उसैले आज नगरेको गल्तिको सजायँ दियो| दलितको कोख अन्जलीले रोजेर पाएकी होइन| न कसैले उपाध्यायको कोख रोजेर या आफ्नो मिहेनतले पाएको हो| जुन कार्यमा आफ्नो केहि योगदान छैन त्यसमा घमण्ड किन गर्ने? अन्जलीलाई हौसला र ढाडस दिनेकाम मेरो लागि गाह्रो काम हो| उसलाई एकदिन पक्कै छुवाछुत र भेदभावको अन्त्य हुन्छ भनेर धेरैपटक हामीले ढाडस दियौं| समय झन्डै दश बर्ष बित्यो तर आज हामी उही स्थानमा, उस्तै समस्यामा छौं| अब फेरी त्यहि कुराले उसलाई दिलासा दिएँ भने उसले पत्याउने छैन| उसको नजरमा मेरा कुरा फोस्रा हुनेछन| दशबर्ष अघि एउटी साथीले आफ्नी दिदीको बिहेमा बोलाएकी थिइ हामि सबैलाई| मिल्ने साथी भएकोले उसकी दिदी हामीलाई पनि प्यारो गर्थिन्| अन्जलीले त आउदिन भन्दापनि दिदी आफैले जसरि पनि आउनु पर्छ भनेकी थिइन्|  बेहुली निकाल्नु केहि अघि पुगेका हामीलाई बेहुली हुँदा दिदी कस्ती भईन भनेर हेर्ने रहर थियो, जो सबै केटीलाई हुन्छ| बेहुलीलाइ सिगार्ने मौका पनि पाइन्छ भनेर हामि चारपाँच जनाको हुल हुरुरु बेहुली राखेको कोठामा पस्यौं| बेहुली हेर्दै मात्रै थियौं बेहुलीकी हजुरआमाले अन्जलीलाइ भन्नु नभन्नु भनिन्| आफ्नो साथीको कोठामा पस्नु उनको अपराध थियो| भन्नलाई त हजुरआमाले “बाहुनको घरमा के भनेर पस्छेस ए कमिनी” भनिन्| तर हामि बाहुनको घरमा पसेका क्षेत्रिनी, लिम्बुनी, कमिनी र नेवारनीहरु पसेका थिएनौं| हामि त साथीको घरमा पसेका साथीहरु थियौं| हजुरआमाले चिन्न सक्नुभएन, निम्तो गर्ने साथीले रोक्न खोजिन तर उ निरिह भई| त्यसबेला बिहेको कार्यक्रम बहिष्कार गरेर हिडेका हामीहरु असाध्यै दुखी भयौं| अन्जलीले बरु सामान्य बन्ने प्रयास गरि हुनसक्छ यो उसको दैनिकी थियो| तर हामि उसका साथीहरुलाई ज्यादै नरमाइलो लाग्यो| बिहेमा आएका धेरै मान्छेहरुका अगाडी त्यसरी गरेको बेइज्जती हामीले त भुल्न सकेका छैनौँ भने उसले झन् कसरि सक्थी होला र? अहिले उसले प्रेम गरेको मान्छे पनि कथित उपल्लो जातीको हो| शायद उसले प्रेममा प्रेम मात्रै देखि होला, जातभात देखिन| त्यस्तो बेला कसैले पनि जातभात, उमेर, क्षेत्र, वर्ण र वर्ग हेर्दैन| हेरियो भने त्यो प्रेम हुनैसक्दैन, सम्झौता हुन्छ|

यतिबेला म अन्जलीलाइ के भनेर सम्झाउने भनेर सोच्दै छु| भोलि म काठमाडौं पुग्छु, उसकोमा जान्छु| मलाइ भेटेपछि उ झन् धेरै रुनेछे| यहाँ उसको आत्मसम्मान र हौसला मात्रै होइन मनमुटु सबै लुटिएको छ| यो देशमा केटि भएर जन्मिनु एउटा अभिसाप हो| झन् ग्रामिण भेग, पुरातन र रुढिबादी सोच भएको समाजमा जन्मिनु अर्को अपराध हो| झन् दलितको कोखमा जन्मिनु अर्को पाप हो| यी सबैको सजायँ भोगिराखेकी छे अन्जली| अब मैले बिद्रोह गर्नुको बिकल्प देख्दिनँ| म नभए कोहि न कोहि त बोल्नैपर्छ| आज नभए भोलि त बोल्नैपर्छ| अन्जली, अब हामीले चुनौती दिनुछ यो समाजलाई र यसका टाउकेहरुलाई| तिमीहरुले बनाएको नियम, तिमीहरुले लादेको संस्कार हामीलाई स्वीकार्य छैन| तिमीहरुले बिना पौरख पाएको तिमीहरुको जात तिम्रा बाउ बराजेले कुनै युध्द जितेर पाएका होइनन्| जबर्जस्ति लादिएको यो जात हामि अब त्यागीदिन्छौं| मर्ने बेलामा घिटघिट हुँदा रगत दिनेको जात कसैले सोध्दैन| दवाई कुन जातको मान्छेले दियो कसैले खोज्दैन| किनकि त्यो बेला तिमीहरुलाई बाँच्नु मुख्य कुरा हुन्छ| अन्जली, यी सबै ढोंगीहरु हुन्| तिम्रा डाक्टर मामाले दलित भएपनि दिएको स्लाइन र सिटामोल यिनलाई चल्छ तर तिमी घरमा पसेको सहदैनन| आफ्नो अभिष्ट पुरा गर्न, बैंश पोख्ने ठाउँ नपाउदा कसैले कुनै युवतीलाई सोध्दैन कुन जातकी भनेर| अझ जबर्जस्ति गर्न तम्सिन्छन ब्वाँसाको जस्तो रुप लिएर| गुहुमा किरा गाडिए जसरि गाडिन्छन् हाम्रो शरीरमा| तर त्यसैलाई आफ्नी श्रीमती बनाउन यिनलाई संस्कारले रोक्छ रे| यिनलाई दलित पछाडी हिडेको मनपर्छ, सँगै हिड्नु हुँदैन| हुनत अन्जली म पनि तिमीलाई पींडा दिने पीडक जातको हुँ| मैले पींडा नदिए पनि मेरा सजातियहरुले तिमीलाई सदियौं देखि सहिनसक्नु पींडा दिए| तर अब मलाइ मेरो जातमोह छैन| हो, मलाइ घिन लाग्छ मेरो उपल्ल्लो भनिएको जातसंग, मैले बिना मिहेनत पाएको यो जात यहि समाजलाई फिर्ता दिन्छु| थुक्क मेरो जात! जोवन चल्ने, भोजन नचल्ने|

शिवानीका अन्य सामाग्रीहरु पढ्नुहोस्….

परदेसिका सपनाहरु (भिडियो कविता)

बिदेशको तातो मरुभूमिमा काम गर्ने एउटा परदेशीको वास्तविक जीवनकथा कवितामा अवस्य सुन्नुहोस ! कविता भित्र तपाईंले आफ्नै जीवन पाउनु हुनेछ , सुनेपछि सेयर गर्न नभुल्नु होला !”

मरुभूमिका यस्तै वास्तविक हाम्रा साझा सुखदुख बाड्ने यो हाम्रो ब्लगलाई माया गर्नुहोला!

शब्द: विजय योजित
स्वर: रुप रसाईली

टिचिङ अस्पतालका महा विकृतिहरु

टिचिङ अस्पतालका महा विकृतिहरु

11667492_10206800870638223_3446214614300048747_n

-गजेन्द्र बुढाथोकी 

आज फेरि केहीलाई जवाफ दिन टिचिङका विकृतिबारे लेख्नै पर्ने भो । टिचिङमा सही ढंगले बिमारीलाई हेरचाह नगरिएको, उपचार नगरिएको लेख्नु न डा. केसीका विरोध हो, न त अतिव्यापारीकरण भएका निजी स्वास्थ्य संस्था र नयाँ मेडिकल कलेजवालाहरूका समर्थन नै हो ।
१. डा. केसीकै विभाग, हाडजोर्नी विभागका कुरा । स्पाइनल कर्ड इन्जुरी भएर गएका बिमारीलाई पहिला त त्यो विभागले लिनै मान्दैन, लिए पनि समयमा सपोर्टिङ अप्रेशन नै गरिदिँदैन । डा. केसीसहित सिनियर डाक्टरले अधिकांस त हेर्दैनन (म २९ दिन बस्दा एक दिन डा. केसीका साक्षात्कार गरेको हुँइन)। हाडजोर्नी विभागमै स्पाइनल कर्ड इन्जुरी भएका बिमारीलाई कसरी ह्यान्डलिङ गर्ने भन्ने तरिका छैन । यस्ता बिमारी त्यसै पनि ड्रिपेसनमा परिरहेका बेला डाक्टरहरू अझ तेरो जिन्दगी खत्तम भयो, अब बाँचेर केही छैन भन्ने टिप्पणी गरेर झन डिप्रेसनका अवस्थामा पुर्याउँछन ।
२. टिचिङमा बेड पाउन राजनीतिक र माथिल्लै तहका सोर्सफोर्सबिना असम्भव प्रायः छ ।
३. एमआरआई, सिथेस्कोपीजस्ता सुविधा अापत्कालीन अवस्थामा उपलब्धै हुँदैन । कहिले उपकरण छैन, कहिले डाक्टर छैन भनेर झुलाइन्छ ।
४. टिचिङका अापत्कालीन (इमरजेन्सी)मा साँझ ८ बजेपछि सिनियर डाक्टरका नाकमुख देखिँदैन
५. अधिकांस रेजिडेन्ट डाक्टर र नर्सले बिमारीसँग अतिरूढ व्यवहार गर्छन । बिमारी र कुरूवालाई हप्काउने, सही जानकारी नदिने आमप्रवृत्ति हो
६. सरकारले निःशुल्क भनिएको सेवा टिचिङले दिँदैन (उदाहरणका लागि अपांगता भएका नागरिकलाई निःशुल्क सेवा दिने भनिएकामा टिचिङमा त्यसका लागि माथि डाइरेक्टरका तोक ल्याउ भन्छन। को डाइरेक्टर? पहुँच नै दिदैनन)
७. अतिइमरजेन्सीमा पुर्याएका बिमारीलाई पहुँचवाला रहेनछ भने समयमा नहेरी झनै गम्भीर अवस्थामा पुर्याइन्छ । उदाहरणका लागि म युरिन ब्लक भएर ५ बजे पुग्दा बेलुका १२ बजेसम्म हेर्दै नहेरी राखे, निकै कराएपछि १२ बजे बल्लतल्ल हेरे, तर सिकारू डाक्टरहरूले पेटका ३ ठाउमा गलतरूपमा प्वाल पारी घाउ बनाइदिए । तीन हप्तासम्म यो र त्यो भन्दै पेटका युरिन निकाल्ने प्वालसमेत पाक्ने अवस्थामा पुर्याइदिए । बल्लतलल ३ हप्तापछि सिथेस्कोपी गर्ने पालो आयो, तोकिएका दिनमा फेरि बेहोस बनाउने डाक्टर छैन भनेर फिर्ता पठाए । अन्ततः निजी अस्पतालमा महँगो उपचार गर्न बाध्य भएँ|

(यो आलेख उहाको फेसबुक स्टाटसबाट लिइएको हो)

कथा – प्रेमनगरी

निराजन लुइँटेल

निराजन प्रभात

बिहानै उठे मोबाइल चेक गरे एस एम एस थिएन,फेसबुक खोले त्यहाँ नि थिएन ।इमो भाइवर कतै उनको म्यासेज थिएन । हैट केटाको आइडियाले काम गरेछ मक्ख पर्दै धन्यवाद दिए । फोन गर्न खोजे ब्यालेन्स नभएको जानकारी आयो । होइन हिजो ५० रुपैयाँ हाल्या कसरी सकिएछ ? यो मुला एनसेलले पनि कंगाल पार्ने भयो ।१२००० तलब त यसै सकिने भयो यसरी नहुने भयो । सोचे सुवास कतारमा छ म्यासेज लेख्नु पर्यो एउटा भिषा मिलाइदे भनेर । त्यो मुले सुवास हुन त मिल्ने साथी हो हिजो आज ठूलो भएको छ हाम्रो कुरो सुन्दैन । पोहोर सम्म कलेजमा मेरै जुठो खान्थ्यो आज कमाएर ठूलो पल्टियो । कति न पढेर ठूलै हाकिम होइन्छ भनेर पढाइ अगाडी,उसले जित्यो बिदेश गएर । टुङ टुङ म्यासेजले सोच भंग गर्दियो ,मोबाइल हातैमा थियो म्यासेज हेरे राजेशको रैछ,अब टेक्स गर्न पनि ब्यालेन्स छैन । यसो हेरेको ममी किचेनमा खाना बनाउदै हुनुहुदोरैछ ,बाबा सायद राजनीति छाट्न चौकमा जानुभएको होला अनुमान लगाए ,लुसुक्क पसें कोठामा अनि दबाए राजेशको नम्बर साउतिमा बोले ओइ मुलाङ ब्यालेन्स छैन कल मि । लेन्डफोनबाट एनसेलमा कल गर्न बन्देज थियो बिलको रकम बढ्ने हुनाले तर आफ्नो अर्को उपाय थिएन। यसरी लुकिछिपी कति फोन गरियो पछि बिल आएपछि बाबाले हप्काउदा मेरो आफ्नै मोबाइल छ,ब्यालेन्स हुदा यतैबाट गरिन्छ नत्र साथीलाई मिसकल गर्दा फर्काउछन हजुरको लेन्डफोन छोइन्न । बोरु हजुरलेनै पो कल गर्नुभएको हुनुपर्छ ,नम्बर चिन्नु हुन्न कुन एनसेलको कुन एनटिसीको । यसरी उल्टै बाबालाई दोषी घोषणा गरेर उम्कियो ।

फोन बज्यो ममि चिच्याउनु भयो ओइ तेरो के काम छ ह ?हिजो आज तेरो चाला ठीक देख्दिन है, घरमा केही सघाउने पनि होइन फोन उठाउनु पर्दैन ? ह्या ममी उठाउदैछु त हो कति करा ? घरको काम के छ र घरको काम गर घरको काम गर भन्नुहुन्छ? रीसाएरनै जवाफ फर्काए । साथीले भिषा दिन्छु भनेकोछ अब म पनि बिदेश जान्छु दिन रात ल्याङ ल्याङ सुन्न सक्दिन । बल्ल बल्ल पाएको त्यो बोडिङको जबले पकेट खर्च निस्किदैन बाबाले सुक्को चुहाउनुहुने होइन हजुरसँग माग्यो उल्टै ल्याङ हानेर ट्याम्पर बढाउनुहुन्छ । झन जंगिएर बोले । कुरै कुरामा फोन उठाउन भुलेछु पून घण्टी बज्यो फोन राजेशको थियो दुई रिङ राम्रो सँग बजेको थिएन उठाएं ।

अ भन केटा के छ फोन गर भनेर किन फोन नउठाएको? उसले सोध्यो ।
के हुन घरमा सुड्डा सुड्डीले ल्याङ हान्छन् बिहान बिहान । अनि तेरो आइडियाले काम गर्यो है । त त बिछोडको गुरुनै रैछस नि । सैतानी आइडियाले भरिएको तेरो गिदीलाई सलाम । सुनासो अनि खुशी एकै पटक साँटे ।

ल ल अब पुरानो साइड लागि हाली अब नयाँ खोज्ने होइन ? उसले सोध्यो

के खोज्नु यार कंगाल मात्रै बनाउछन , फिस्स मुस्कान दिएर लुट्न थाल्छन् । अब हेर गाई पालिन्न दुध मात्र खाइन्छ दुनियाँ टेन्स किन लिनु । मागेको बाइकमा कति घुमाउनु गल्फ्रेन्ड त्यो पनि दुई दिने गल्फ्रेण्ड । मैले आफ्नो कुरा राखे

तेरो बाबुनी लाष्टै क्याँ अहिलेको जमनामा नि साइकलमा हिड्छन । कम्तिमा हुर्किएको छोराको त ईज्जतको ख्याल गर्नु । आफ्नो त बा बिन्दास बालै छैन बुढालाई बाइक किन्दिएको छन् ,जागिरको टेन्स न ,पैसाको टेन्स । हे ! भगवान अर्को जन्ममा नि गाठिस बाउनै देउ है । राजेश

तेरो बाउ राम्रो होइन एक नम्बरको भष्ट्रचारी हो हामीलाइ थाहा छैन र ? कालो धनमा मोज गर  खप्परमा त लेखेकै रैछस नि साले । व्याङ मिसाएर गाली गरे मैले उसले कति बुझ्यो ।
ह्या छोड भरे बेलुका बोडिङ्ग छुटेपछी बंगालीकोमा आइज एक प्याक टुच्च लगाउनुपर्छ । उसले प्रस्ताव राख्यो ।
होस यार सधै पिउन्न ,हिजो नि बाबाले थाहा पाएछन गाली गर्दै थिए । खाएको बेला गाली गर्दा ट्याम्पर हाइ हुन्छ अनि जे पनि हुन सक्छ । बोरु म माछा खाउला त पिउनु । डर मिसाए मैले
त डाका पहिले माछा भन्छ्स पछि ट्याङ्की होस मेरो डबल ठोक्छस् तँ नचिनेको ड्याङको मुला होस र ? अनि साँची भोलि बिर्तामोड जानुपर्छ त्यो सं******* होटलमा भर्जिन ल्याएको छ रे चाख्न जानू पर्छ । रेट हाइ छ रे तर बालै भएन नि मेरो सुड्डोलाई फकाएर क्यास झारीहाल्छु नि ।अब म राख्छु भोलि ९ बजे कुथुक्स थुरेर चोकमा आइज नि । उसले  कुरा फाइनल गरेर फोन राख्यो ।लामो हाइ गर्दै म लागे नुहाउन ।

त्यसै त्यसै नुहाएर पनि मुड फ्रेस भएको थिएन , ९:३० मा गेट भित्र नपसे पिन्सिपलको ल्याङ सुन्नुपर्छ । त्यो पिन्सिपलको मुख हेर्नै मन लाग्दैन तर पनि बाबुको कमाइले केही नभए आफैले कमाउनु पर्ने बाध्यता । कहिले काहीँ भगवानलाई दिल खोलेर गाली गर्न मन लाग्छ आखिए मलाइ कुनै धनीको घरमा जन्म दिएको भए उनको केनै जान्थियो ? तर गाली मनैमा दबाएर राख्नु पर्ने बाध्यता ,गाली गरेर आफ्नै रक्तचाप बढाउनु भन्दा अर्को फाइदा थिएन।

खाना खाएर पुरानो साइकल टिपेर लागे स्कुल , आज पढाउन मननै थिएन ।तर नुनको सोझो गर्नै पर्यो । मन नलागी नलागी पढाएँ,के के पठाएँ कसरी पढाएँ आफैलाई ज्ञान छैन। बल्ल बल्ल चार बजाएर घर गएँ । घर पुगेर नास्ता गर्न बसे अह मन मान्दै मानेन। ममिले के भयो किन मुख अध्यारो छ त बाबु भन्नु भयो । केहि भएको छैन ममी भनेर टार्न खोजे तर आमाको नजरबाट संतानको पीडा लुक्न सक्ने कुरै भएन । मलाई हातमा समातेर काखमा सुताउनु भयो,कपाल मुसार्दै सोध्नु भयो , के भएको छ भन्? हिजो आज जे भने पनि त नराम्रो मात्र सुन्छस् । खाना पनि राम्रो सँग खान छोडिस् । ममी पनि केहि भएको भए म भन्ने थिइन,हजुरलाई आज सम्म केहि लुकाएको छु?उल्टै इमोसनल ब्ल्याक मेल गरेर उम्किन खोजे।तर आमाको त्यो मायालुपनले मेरो बेथा झन बल्झियो ,अतित उम्लिएर आयो मानसपटलमा । मिग(mig) ३३ बाट हाम्रो भेट भएको एक ताका म मिगको क्रेजी ।धेरै साथीहरु थिए अझ भनौ मेरो लिष्टमा केटा भन्दा केटीनै बढी तर पनि कता कताबाट देव्यानी सँग मेरो निकटता बढ्यो मलाईनै थाहा छैन। हाइ हेलो हुदा हुदै हामी यति आत्मिय भयौ कि रात भर गाजेर कुरा गर्न थाल्यौ।एक साथीबाट माथी उक्लिएर कुरा गर्न थाल्यौ।एक श्रीमान श्रीमती हुने सबै कुरा च्याटमा हुन थाले,बीना लाज बीना धक हामी घण्टौ घण्टौ कल्पनाको सागरमा स्खलित हुन थाल्यौ । केहि समय पछी  फोन नम्बर साटासाट भयो।अब झन् हामी फोनमै हराउन थाल्यौ विगत ८ महिनामा यस्तो रात थिएन उनि सँग कुरा नभएको होस्।हिजो देखी त्यो क्रम भंग भयो।खोइ कुन भुतले मलाई अब हाम्रो सम्बन्ध अगाडी बढाउन हुन्न भन्ने आदेश दियो । हामी घण्टौ घण्टा बुट्टाबारीको चिया बगानमा घुम्थियौ । हामीले तन मन सबै बाँडी सकेका थियौ । फोनमा कुरा हुदा काली तलाई भेटौ न मात्र डल्लै खाइदिन्छु भन्दा अहो ! अहो! फुर्ती हेरन दम जसको छैन उसैले डल्लै खाने गफ किन गर्नु,प्रतिस्पधा गरौ कसले कसलाई खादो रैछ।मलाइ कता कता लाज लागेर आउथियो,ग्लानी हुन्थ्यो । उ सँग बिताएका पल पल मलाई हिरा जस्तै अमुल्य लाग्थे।तर समयले फड्को मार्यो। उसले अझै मलाइ माया गर्छे,सायद म पनि माया गर्छु -आज यस्तो फिल हुदैछ।सादय माया छुट्दा मात्र फिल हुदो हो । भन्छन् नि साथैको देउता हेला हुन्छ भनेर । अर्कैको बाइक मागेर दकमको चिया बगान कहिले कन्यामको बगान घुम्न हिडियो । उनलाई पछाडी राखेर हिड्दाको मज्जा स्वर्गीय थियो ।

खासमा आज ग्लानी हुदैछ साथीको लै लै मा लागेर कतै मैले आफ्नो अभिन्न अंगलाई पन्साउन त लागेको छैन ? म सोच्नै सकेको छैन ।पाथीभरा भाँकेर खाएको कसम पनि तोड्न सकिन्छ? हे ! भगवान मलाई दिशानिर्देश गर । म पथभ्रष्ट हुदैछु या सहि पथमा हिड्दैछु अन्योलमा छु । बिहान उठदा जुन ताजगी ममा थियो अहिले घटेर ० लेबलमा पुगेकोछ । देव्यानी मलाई माफ गर ।

एक हप्ता अगाडीमात्रै साथीले उसको मोबाइलमा तिम्रो म्यासेज देखायो । त्यसमा लेखिएको थियो ” तिम्रो साथी मूर्ख रैछ,म उसलाई खेलाउना बनाउदैछु । मेरो लक्ष्य खेलाउनु हो,त्यो जस्तो पाखे सँग प्रेम गर्न सक्दिन । मैले कल गर भन्दा कल गर्ने,मलाइ ब्लालेन्स चाहियो भन्दा ब्यालेन्स हाल्दिने एउटा मूर्ख पात्र मैले खोजेको जो भेटाए अब मेरो मन उ बाट टन्न भयो । ”
जब मैले यो पढे म भक्कानिए,आफ्नो सामुन्नेको साथी देखिन,आँखा तिरमिर भए । मैले केही सहारा पाइन । साथीलाई अंगालो हालेर धोको फेरेर रोएँ । धेरै बेर रोएँ बग्न दिएँ आँसुलाई मुल्यहिन पानी जस्तै । मैले सोच्नै सकिन पत्याउनै सकिन यो तिम्रै शब्दहुन भनेर । आफुलाई म बीना आधा मान्ने आज कसरी पूरा भयौ ? मनले प्रश्न गर्यो दिमाग निशब्द थियो ।

धेरै समय रोएपछी म आफै थाके साथीले बोतलमा पानी दियो मैले पानी पिएँ,केही सम्हालिन खोजे । साथीले एउटा केटीले यसो भन्दैमा तेरो दुनियाँ सक्किएको छैन ।यस्ता केटी धेरै पाइन्छन् । अब तैले पून पाइला चाल्नुछ ,प्रेमनगरीमा एउटा विशाल घर बनाउनुछ ।
भन्न सजिलो छ यार देव्यानी मेरो माया हो म कसरी भुल्न सक्छु ? म
होइन अब त सँग के उपाय छ भुलेर नयाँ दुनियाँ बनाउन भन्दा ? साथी
म बदला लिन चाहन्छु ,उसले मलाइ होइन मैले उसलाई खेलौना बनाउदै थिएँ,उसको कुमारीतब भंग गर्ने सौभाग्य जो मैले पाएँ । दुई चार सय रिचार्ज अनि केही समय बाइकमा घुमेर उसले के पाई? मैले मज्जा गरे । हो त्यो देखाउनु छ । त मलाइ हेल्प गर राजेश । मैले अनुनय गरे

राजेश मेरो एक करिवको दोस्त उसले मलाइ धेरै सहयोग गरेकोछ । मलाइ पकेट मनी,बाइक सबै उपलब्ध गराउने उनै हो । राजेशले केही समय सोचेर भन्यो । त अब मानसिक रूपमा तयार हुनुपर्ने छ ,त्यो मेरो अतीत होइन ,अतीत भएपनी म त्यो कालो सपना सम्झिनेछु भनेर त तयार हो ? हो म अब जस्तै मूल्य चुकाउनपनी तयार छु ,केही समयको पीडा भएर बगेको आँसु अबआक्रोश भएर छछल्कियो । ल ठीक उसो भए दुई तीन दिन त चुप बस । उसले फोन गरेमा सामान्य भएर कुरा गर ,टेक्स ,फेसबुक,भाइवर म्यासेज पठाउदै नपठा । अनि त्यसपछी के गर्ने म भन्छु ।
यसरी साथीको प्लान अनुसार म अगाडी बढ्दै गएँ । छट्पटी निकै बढ्यो । मैले साथीलाई भने खोइ यार मलाई कठीन हुदैछ , म सक्दिन यार यसरी बस्न । अहिले सम्म उसले कलनै गरिन । साथीले भन्यो हो ठीक छ प्लान  सफल हुदैछ । यो अवधी एक हप्ता रहेमा उ तेरो  जीवनबाट आफै हट्नेछे ।

आफू भित्र भित्रै जल्दै गए,दुई तीन चार हुँदै जादा मेरो यादमा हल्का पर्दा लाग्दै गयो । त्यो बीचमा चुरोटका कयौ बट्टा भने सकिए।कति मानसिक तनाव भोगे त्यो लेखेर साध्य  छैन । तर कसम खाएको थिएँ त्यो केटीलाई भेट्दिन,कुरा गर्दिन । यसरी आज हप्ता दिन पुग्यो । (बिहानै म खुशी एउटा डेटलाइन पूरा सकुशल पूरा भएकोमा थिएँ )।

जब बिहान राजेश सँग कुरा गरेर फोन राखे एउटा नयाँ नम्बर बाट म्यासेज आयो । नयाँ नम्बरबाट म्यासेज आएको हुनाले म्यासेज हेर्न हतारिएँ । म्यासेजमा लेखिएको थियो ” यो जूनीमा तिम्रो हुन सकिन सक्दिन,किन कसरी त्यो नखोज्नु । मैले एउटा चाल चलेको थिएँ सफल भए,साँच्चै तिमी मूर्ख थियौ मैले चालेको चाल सफल भयो । तिमी खुशी हुनु । मलाई भेट्ने,फोन गर्ने कुचेष्टा नगर्नु । भुल्दैछौ पूरा पूरा भुल्नु । म हिजो सम्म चाहन्थे मेरो अनुहारमा कालो पोतियोस तिम्रो नजरमा,धेरै सोचे म कालो पोतिएको अनुहार लिएर सधै बाँच्न सक्दिन थिएँ । कारण नखोज बस यो जूनी तिमी र म एक भएनौ । उहीँ अभागी देब्यानी ।

रोमनमा लेखिएका यी शब्द मेरो मुटुमा झिर बने रोपिएँ। आखिर म मुर्खनै रैछु । ग्लानीको अग्नीमा जति सक्छु उति जल्छु । यिनै शब्दले दिन भर मलाइ तनाव दिए । म्यासेज आएको नम्बरमा दिन भरमा २०० बढी प्रयास गरे लाग्दै लागेन । मिग बाट सुरुभएको यात्रा टेक्समा आएर सकियो । खोइ आफ्नै प्रेमलाई कसरी रिप लेखौ ?

फेसबुक खोलेर स्टाटस लेखे – “डिजिटल साइडबाट शुरु भएर दिल सम्म पुग्यौ,अन्तिम भेट डिजिटल स्क्रीनमै भयो । रिप हाम्रो प्रेम , अब यो प्रेम नगरीबाट सारा त्यागेर सुकुम्बासी बनेको घोषणा । ”

अब के प्रतिक्रिया आउछन् भोलि हेरौला ।

समाप्त !!!

राप्रपा फुट्यो, अध्यक्षमा लोकेन्द्र बहादुर चन्द

पशुपति शम्शेर नेतृत्वको राप्रपा फुटेको छ। पार्टीका सय केन्द्रीय सदस्यमध्ये ६३ जनाले लोकेन्द्र बहादुर चन्दलाई अध्यक्ष चुनेका छन्। पार्टीमा नयाँ अध्यक्ष चुनिएकोबारे निर्वाचन आयोगमा जानकारी गराएको परशुराम खापुङले नागरिकन्युजलाई जानकारी दिए।

चन्द नेतृत्वमा प्रकाशचन्द्र लोहनी, सुनिलबहादुर थापा, नवराज सुवेदी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र परशुराम खापुङसहितले चन्दलाई समर्थन जनाएका छन्। चन्दलाई समर्थन गर्नेहरु प्रायः सूर्यबहादुर थापा गुटका हुन्।
पार्टीका महामन्त्री विक्रम पाण्डेका अनुसार जुन आधारमा पशुपति शम्शेर पार्टीका अध्यक्ष भएका थिए, त्यही आधारमा लोकेन्द्रबहादुर चन्द पार्टीका अध्यक्ष बनाइएका हुन्। पार्टीमा अरु हेरफेर नभएको उनले बताए।

श्रोत नागरिक न्युज

नेपाल सरकार र डा गोविन्द केसीबीच ११ बुँदे सम्झौता

नेपाल सरकार र डा गोविन्द केसीबीच ११ बुँदे सम्झौता

images

चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय माथेमा कार्यदलको प्रतिवेदन कार्यन्वयनलगायतमा माग राखेर बाह्र दिनदेखि आमरण अनशनमा बसेका डा.गोविन्द केसीका र सरकारबीच ११ बुँदे सम्झौता भएको छ।

यहाँ क्लिक  गर्नुस सहमतिको पूर्ण पाठ  को लागि

प्रा. केदारभक्त माथेमाको संयोजकत्वमा गठित ‘चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२’का सुझाव अनुसार यसपश्चात् बस्ने पहिलो मन्त्री परिषद्को बैठकबाट चिकित्सा शिक्षा आयोग गठन गर्ने। चिकित्सा शिक्षा नीति सम्बन्धी गरिएका निर्णयहरुको सहजीकरण र अनुगमन यही आयोगले गर्ने सहमति भएको छ।

उक्त प्रतिवेदनको सुझाव बमोजिम हुने गरी नीतिगत ढाँचामा ‘चिकित्सा शिक्षासम्बन्धी नीति’ तयार पारी सो बमोजिम कानुनको मस्यौदा बनाएर ३ महिनाभित्र संसदमा पेश गर्ने सहमति पनि भएको छ।

यस्तै उक्त प्रतिवेदनले सुझाएअनुसार काठमाडौं उपत्यकाभित्र मेडिकल, डेन्टल र नर्सिङका लागि मनसायपत्र नवीकरण नगर्ने। र यो विषयमा राष्टि्रय योजना आयेगले प्रस्तावित चिकित्सा शिक्षा आयोगको संलग्नतामा तयार गर्ने मानव स्रोत विकास रणनीति अनुसार जनशक्ति र स्थानको पहिचान गरी समग्र पक्षको विश्लेषण पछि आवश्यक कारवाही गर्ने भएको छ।

एमबीबीएस कार्यक्रममा अधिकतम वार्षिक सिट निम्नअनुसार निर्धारण हुनेः २०७२र२०७३ को शैक्षिक सत्रमा १३५, ०७३/०७४ मा ११५ सिट र ०७४/०७५ देखि १०० सिट। सो अनुसार व्यवस्था गर्न विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल र प्रतिष्ठानहरुलाई शिक्षा मन्त्रालयमार्फत् निर्देशन दिने सहमति भएको छ।

श्रोत सेतोपाटी

पाँच घण्टाकी बच्ची खरानीमा गाडिएको भेटिईन, छातीमा थियो १० किलोको ढुंगा

बूढा/टकरावद (मंदसौर), उनको जन्म ५ घण्टा अगाडी भएको थियो अनि उनलाई मरोस् भनेर छाडियो| गाउँदेखि अलिक टाढा फोहोर फाल्ने ठाउँमा खरानीको थुप्रोमा गाडियो| बाच्छिन कि भन्ने डरले जानुअघि बच्चीको छातीमा १० किलोको ढुंगा पनि राखियो| शुक्रबार यस्तो अवस्थामा एउटी नवजात बच्ची भेटिईन| धन्य त्यहि बाटो भएर जाँदै गरेकी एक महिलाले बच्ची रोएको आवाज सुनिन अनि गाउवासिको सहयोगले उनलाई जिल्ला अस्पताल पुर्याइयो| अहिले बच्चीलाई एनएनसियुमा उपचार हुँदैछ| उपचारमा संलग्न डाक्टरका अनुसार बच्चीको शरीरमा केहि केहि कोतारिएका दागहरु छन्| तर उनी अहिले खतरामुक्त छिन्|

child_1441388448

गाउँवासीका अनुसार दिउँसो दुइबजे सोहि गाउँकी रेशमा दोरवाडी मार्ग भएर कतै जाँदै थिइन् त्यहीबेला सानो नानि रोएको अवाज सुनेर डराइन| तब रेशमाले अरु गाउँवासीलाई खबर गरिन्| अन्य गाउँवासीहरु घटनास्थल पुगेर हेर्दा ढुंगाहरुको बीचमा खरानीको थुप्रोमा गाडिएकी सानी नानी रोईरहेकी थिइन्| साथै उनको छातीमा ढुंगा पनि राखिएको थियो| गाउँवासीहरु ति नानीलाई लिएर गाउँ फर्किए| गाउँमा स्वास्थ्य स्वयंसेवी आशाले बच्चीलाई नुहाई दिईन| त्यहिसमय कसैले प्रहरी र एम्बुलेन्सलाइ खबर गर्यो| एम्बुलेन्स आउन ढिलो भएकोले गाउँलेहरुले उनलाई जीपमा राखेर छिमेकी बूढा गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा लगे| त्यहादेखी जिल्ला अस्पताल जाँदै गर्दा बीच बाटोमा एम्बुलेन्स भेटियो| बच्चीलाई एम्बुलेन्समा राखेर जिल्ला अस्पताल पुर्याइयो| अस्पताल पुग्नासाथ डाक्टरको टोलीले उपचार शुरु गर्यो|

शरीरमा चोटहरु
जिल्ला अस्पतालमा उपचारमा संलग्न डा. प्रकाश कारपेंटरका अनुसार बच्ची “प्री-मैच्योर” छिन्| उनको जन्म ४ देखि ५ घण्टा अगाडी भएको थियो| उनको शरीरमा सामान्य चोटहरु छन् जो केहि वस्तुमा घोटिदा लागेका हुन सक्दछन| प्राथमिक उपचारपछि बच्चीलाई एसएनसीयूमा भर्ना गरिएको छ| डाक्टरका अनुसार अहिले उनको अवस्था सामान्य छ|

एकघन्टा ढिलो भएको भए बचाउन गाह्रो थियो
ब्लक मेडिकल अफिसर डा. आरके खाद्योतका अनुसार यदि बच्ची त्यहि स्थितिमा एक घण्टा अरु हुन्थिन् भने उनको ज्यान पनि जान सक्थ्यो| उनको शरीरमा ग्लूकोजको मात्रा कम हुन्थ्यो भने बाच्न गाह्रो हुनेथियो| गाउँमा कतिजना महिलाहरु गर्भवती छन् त्यसको बिवरण आँगनवाडी कार्यकर्तासँग हुन्छ| बच्चीको आमा पत्ता लगाउनको लागि सबै गर्भवती महिलाहरुको जानकारी संकलन गरिदैछ|

अज्ञात महिलालाइ हुन्छ मुद्दा दर्ता
घटनाको जानकारी मिल्नासाथ एएसआइ विजय पुरोहितलाइ घटनास्थलमा पठाईएको थियो| जाँचको रिपोर्ट आएपछि अज्ञात महिलाको बिरुद्द धारा ३१७को मुद्दा दायर गरिनेछ|

यो समाचार http://www.bhaskar.com/बाट लिएर नेपालीमा उल्था गरिएको हो|

जितेंद्रसिंह सिसौदिया, टीआई, नारायणगढ़

प्रहरी हत्याको विरोधमा सयौं सर्वसाधारणद्वारा ईलाका प्रहरी कार्याल घेराउ

kohalpur

कोहलपुर, भदौ १९ । शुक्रबार संयुक्त मधेशी मोर्चाको प्रदर्शनका क्रममा ढुङ्गा लागेर मृत्यु भएका नौवस्ता–२ घर भई कोहलपुर नगरपालिकामा बस्दै आएको करणसिंह ठकुरीका हत्यारालाई कारवाहीको माग गर्दै सर्वसाधारणले कोहलपुर इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।

हत्यामा संग्लन व्यक्तिलाई कारवाही गरी मृतक ठकुरीलाई लाई शहिद घोषणा गर्न माग गर्दै स्वतःस्फूर्तरुपमा कोहलपुर क्षेत्रका बासिन्दाहरु विरोधमा उत्रेका हुन । शनिबार बिहान ८ बजेदेखि नै सडकमा उत्रिन थालेका सर्वसाधारणलाई पसल, व्यवसाय बन्द गरेर व्यापारी तथा उद्यमीहरुले समेत साथ दिएका छन् । प्रहरी प्रशासनले हत्यामा संग्लन आन्दोलनकारीलाई लुकाएको र सार्वजनिक गर्न नचाहेको आरोप स्थानीयवासीको छ । प्रहरीले घटनास्थलबाट ३२ जना पक्राउ गरेको तर राती छोडेको उनीहरुले बताएका छन् । सर्वसाधरण सडकमा उत्रिएपछि कोहलपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

घटनाबारे छलफल गरी निकास खोज्न सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासन र कोहलपुरका उद्योगी, व्यापारी, राजनैतिक दल र मृतकका आफन्तबीच छलफल चलेको छ । पीडित परिवारले हत्यारालाई कारवाही र शहिद घोषणा नहुँदासम्म शव नबुझ्ने बताएका छन् । ठकुरीको शव नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा राखिएको छ।

शुक्रबार बेलुका ४ बजे नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको मोटरसाईकलमाथि आन्दोलनकर्ताले गनापुर–२ प्रिपहवामा ढुंगा प्रहार गर्दा ठकुरीको मृत्यु भएको थियो। ढुंगा प्रहारबाट मोटरसाईकलमा सवार स्थानीय २२ बर्षीय विनोद शाही घाइते भएका छन्।

श्रोत एभरेष्टदैनिकडटकम 

कथा- अफेयरगन्ज

lendaai

अफेयरगन्ज

-लेनिन बन्जाडे

बिहान नउठ्दै प्रमिलाले फोन गरी ।

भनेको थिएँ– घरमा हुँदा कहिल्यै मोबाइलमा घण्टी नबजाउनू । मोबाइल मेरै सिरानीमुनि थियो, भाइब्रेसनमा । घण्टी बजेको सुनेर बूढीले उठाएको भए सिधै उचालेर पछार्थी ।
मोबाइलमा भाइब्रेसन र साइलेन्ट मोड यस्तै आपत्–विपतका आविष्कार थिए होलान् । साइलेन्ट मोड नहुँदो हो त कतिको उठिबास लागिसक्थ्यो होला !
जुरुक्क उठेर बाहिर निस्किदै थिएँ, बूढीले सोधी, “कहाँ जान लाग्नुभो ?”
भनें, “चियाको साह्रै तलतल भो, दूध ल्याउन जान्ला ।”
ऊ मुसुक्क हाँसेर भान्सातिर छिरी, म हतारहतार गेटबाहिर निस्किएर कलब्याक गरें ।

“घरमा हुँदा फोन नगर भनेको होइन ? कस्तो नबुझेको ?” उसले हेलो पनि भनिनसक्दै मैले हकारें, “बूढीले थाहा पाई भने मलाई पुर्छे !”
मेरो कुरा सुनेर उसलाई जङ चलेछ । सधैं सुरिली लाग्ने प्रमिला एकाएक बम्किई ।
“बूढीको त्यस्तै डर हुने भए के खान लभ गर्दै हिँड्नपर्‍यो ? म पछि लाग्दै आकी हुँ र ?”
उसले यसरी मलाई अहिलेसम्म हकारेकी थिइन । यसरी पात्तेर बोलेकी पनि थिइन । मलाई पनि झोक चल्यो ।
“धेरै निपुर निपुर नगर, को पछि लाग्यो र तिम्रो ? आफैं हाई भन्दै मेसेज गरेकी हैनौ ? दोष मलाई ? हाउ ह्यान्डसम भन्दै कमेन्ट गर्दै म हिँड्या थें ?”
सासै नफेरी दुई शब्द व्यक्त गरें । मोबाइल टुँटुँटुँ गर्‍यो । काटिछ ।
मोबाइलको टुप्पामा ६ बजेर १० मिनेट गएको जनाउ थियो । थ्रीजी अन गरें र एउटा ट्विट ठोकें, “फोनै काट्न मरी, तोइट स्ए !”
पसल गएर दूध किनें । एउटा चुरोट सल्काएर टुच्च पेटीमा बसें ।
मोबाइलमा टुंग नोटिफिकेसन आयो ।
यसो हेरें, ‘साधना फेबरेटेड योर ट्विट’ भनेको रै’छ ।
साधना ? लौ सत्यानाश ! बूढीले पो फेब ठोकिछ । अनुहारमा एकाएक कुइरीमण्डल नाच्यो । दिमागले केही मेसो पाएन । हतारहतार डिलिट गरें ।
बूढीले सोधे के जवाफ दिने होला भन्ने चिन्ताले होश उडायो । प्रमिलाको नाम ‘प्रमोद’ भनेर सेभ गरेको थिएँ, तर पनि डिलिट गर्दिएँ । अनि प्रभातलाई डायल गरेर एकछिन कुरा गरें । प्रभात आफ्नै कारणले भयंकर तनावमा थियो । साधनाले नै हिजो एकपटक ऊसँग कुरा गर्न भनेकी थिई । उसले कदाचित मोबाइल हेरी भने पहिलो कल प्रभातकै हुन्थ्यो, बचिन्थ्यो ।
लुसुक्क कोठा गएँ । साधना भान्सामा गीत सुन्दै पकाउँदै थिई । बिस्तारै ढोका खोलेर दूध दिएँ र सुरुसुरु बेडरुम आएँ । साधनाको अनुहार हेर्नै सकेको थिइनँ ।
कोही केही बोलेन । न म, न ऊ । साधना भान्सामै गीत गुन्गुनाउन थाली । सुरुमा नारायणगोपालको ‘एउटा मान्छेको मायाले कति…’ गीतझैं लागेको थियो, होइन रहेछ । लय उही, लिरिक्स फरक रहेछ । उसले गाउँदै थिई, “एउटा मान्छेको ट्विटले कति फरक पार्दछ, जिन्दगीमा …।”
एकछिन त ग्लानीले सिलिङमा झुन्डिऊँ झुन्डिऊँ भो । जुरुक्क उठेर भान्सामा गएँ ।
“हा हा हा, फेब ठोकिछ यल्ले फेरि,” केही नभएझैं सामान्य पारामा बोलें, “त्यही हिजोको कुरा गर्न प्रभातलाई फोन गरेको, काटिदियो साला । ट्विट लेख्दा झुक्किएछु, फाल्दिएँ ।”
म ङिच्च हाँसें । उसको आँखामा विस्मयाधिबोधक चिन्ह झुन्डियो ।
र, पनि उसले मेरो मोबाइल थुतेर हेरिन ।
मैले ऊबाट त्यस्तो कुरा लुकाएको थिएँ, जुन कुरा उसले थाहा पाई भने ज्युँदै मर्थी ।
म उसलाई कहिल्यै मार्न चाहन्नथें 🙂

० ० ०

एकाबिहानैको फोन काण्डपछि लगभग १२ बजेसम्म प्रमिलालाई फोन, टेक्स्ट, अफलाइन मेसेज केही पठाइनँ । ऊ मलाई ज्यानभन्दा बढी माया गर्थी, म नि उसलाई धेरथोर माया गर्थें । हामीबीच घोषित सम्झौता थियो, “मैले हिन्ट नदिँदासम्म उसले फोन, मेसेज केही नगर्ने !”
आज उसले सम्झौता उल्लंघन गरेकी थिई । सम्झौता तोड्नु भनेको सम्बन्ध तोड्नुजत्तिकै ठूलो गल्ती थियो ।
सोच्दै थिएँ, स्मिताको टेक्स्ट आयो, “मैले फेसबुकमा फोटो राखेकी छु नि, हेर न :)”
यसको सोझो आग्रह थियो, “लाइक गर न ।”
मैले फेसबुक खोलेर उसको प्रोफाइल पिक्चरमा लाइक ठोकें । एकधर्सो कमेन्ट पनि लेखें, “वाउऽऽऽ अमेइजिङ सट !”
उत्तिखेरै मेसेन्जरमा पानको पात ठेलेर पठाई ।
“हेर न, १० मिनेट भयो राखेको, ५० लाइक्स पुगिसकेछन् …।”
“वाऊ… कङ्ग्य्राट्स :)” मैले स्माइलीसहित बधाई दिएँ, “कस्ती राम्री देखिएकी मोरी । टोक्दिऊँ ? :P।”
उसले ‘हेहेहे’ लेखेर पठाई । यसको स्पष्ट उत्तर थियो, “आइज मोरा, टोकेर जा ।”

मैले दिउँसो बालुवाटारमा कफी खान बोलाएँ । उसले हत्त न पत्त अर्को पानको पात पठाई ।
स्मिताले शब्दभन्दा बढी स्माइली र इमोजी पठाउँछे । कहिलेकाहीँ लाग्छ– ऊ यस्तै मेसेन्जरभित्र हराएकी एउटा यन्त्र हो, जसमा बनिबनाउ संवेदना त छ, जीवन छैन ।
ऊ मसँग यस्तै च्याटमा भेटिएकी हो । च्याटमा मैले नै बोलाएको हुँ उसलाई । ‘पिपल यु मे नो’ मा चिटिक्क परेकी सुन्दरी देखेर रिक्वेस्ट मैले नै पठाएको हुँ । एसेप्ट भएपछि उत्तिखेरै मेसेन्जरमा ‘थ्यांक्स फर एसेप्टिङ :))’ भनेर पठाएको पनि मैले नै हुँ ।
उत्तरमा ‘यु लुक सो क्युट’ भनेर उसले पठाएकी हो ।
त्यसपछि चल्यो, चलिरह्यो । त्यसयता ऊ र म ४ पटक नगरकोटका डाँडामा हुइँकियौं । कतिपटक उसले मलाई स्कुटीमा बसाली, कतिपटक मैले मागेको बाइकमा उसलाई टाँसें ।
तर, जतिपटक ऊ मसँग नगरकोट गई, त्यतिपटक उसले भद्रकाली गएर सिउँदो भर भनेर कर गरी ।
म सधैं भन्थें, “इस्मु, हामी सधैं बिहे नगरी बस्न सक्दैनौं ? माया त विवाहभन्दा नि पवित्र बन्धन हो !”
ऊ अर्कैतिर फर्केर ठुस्स पर्थी । म आफ्नो बुताले भ्याएसम्म उसलाई फकाउँथें ।
मैले फकाऊँ भनेर ऊ धेरैपटक त्यसै रिसाएझैं गर्थी । भन्थी, “तिम्ले फकाएको कस्तो मन पर्छ मलाई ।”
म पनि थपिदिन्थें, “तिमी रिसाएको नि खुब मन पर्छ मलाई ।”
ङिच्च हाँसेर फेरि भन्थी, “अनि बिहे नगरी पेट बढ्यो भने नि ?”
म एकछिन लजाएझैं गर्थें र भन्थें, “पिरतीको छाता ओढौंला नि !”
ऊ लाजले भुतुक्क हुन्थी ।

० ० ०

टुंग टुंग !
मोबाइल हेरें– प्रमिलाले मेसेज पठाएकी रहिछ, “सरी जानु, नरिसाऊ न ल :(”
मैले केही रिप्लाई गरिनँ । आधा घण्टापछि फेरि टुंग बज्यो ।
“जानु प्लिज, रिप्लाई गर न । अबदेखि कहिल्यै फोन गर्दिनँ, सरी 😦 ।”
मलाई बिहानको कुरा सम्झेर त्यसै झोंक चलिरहेको थियो । बिनास्माइली लेखें, “इट्स ओके ।”
त्यत्तिले उसको चित्त बुझेनछ, फेरि मेसेज गरी, “कल गरुँ ?”
मैले रिप्लाई नगरी कल गरें । पहिलो रिंगमै उठाई ।
“सरी जानु, नरिसाऊ न । ड्याडीलाई फेरि अट्याक भयो, गंगालालको आईसीयूमा राखेका छन् ।”
त्यसपछि उसको बोली रोकियो । मलाई चसक्क भयो ।
प्रमिलाका बुवालाई यो तेस्रो अट्याक थियो । उनी महाराजगन्जका नामी व्यापारी हुन् । प्रमिला एकमात्र छोरी भएर हुन सक्छ, उनलाई बेलाबेला मुटुमा बज्र परिरहन्थ्यो । प्रमिला भन्थी, “ड्याडीले छोरा पाउन कति ट्राई गर्नुभो तर भएन, त्यसपछि मलाई छोराजस्तै बनाएर हुर्काउनुभो ।”
त्यही ‘छोराजस्तै’ हक्की भएर होला– प्रमिला मसँग नजिकिई ।

त्यो एकदिन–
सुन्धाराबाट बाँसबारी जाने माइक्रो चढें । माइक्रो भन्नुमात्र थियो, काठमान्डूमा मःमः बन्ने राँगा कोचेझैं थियो । म माइक्रोको दोस्रो पंक्तिमा बसेको थिएँ, छेउमा अधवैंशे महिला थिइन् । जमल पुगेपछि माइक्रो अडियो, अटेसमटेस गर्दै एउटी केटी छिरी । माइक्रोको छतबाहेक कतै खाली ठाउँ थिएन र पनि ऊ कसैगरी झुन्डिएका केटा छिचोल्दै मेरो सिटछेउ आई ।
माइक्रोभित्र खुट्टा टेक्न पाउँदा कहिलेकाहीँ अचम्मको सुखानुभूति हुन्छ । यस्तोमा फोक्सोलाई पुग्ने गरी सास फेर्न पाउनु ठूलो उपलब्धि हुन्छ । झन् सिटमा बस्न पाउनुजत्तिको भाग्यमानी यो ग्रहमा अरु कोही हुन्नन् ।
म एकसुरले मोबाइल चलाउँदै थिएँ, वायाँ काँधमा कसैले कोट्यायो ।
“हेलो, तपाईं उठ्नुस् त,” त्यो केटीले हकारेझैं भनी ।
“किन उठ्नू म ?” मैले सहज उत्तर दिएँ ।
“त्याँ लेखेको देख्नुभएन ?” उसले चोर औंलाले माइक्रोको भित्तामा लेखेको देखाई ।
पुलुक्क भित्तातिर हेरें र चुपचाप सिटबाट उठें ।
म ‘महिला सिट’मा बसेको रहेछु, हुलमुलमा यादै भएन ।
लाजले पानीपानी भएर छेउ लागें । वरपरका मान्छे मुसुमुसु हाँसे । भित्रभित्रै लाज रसायो र म निथ्रुक्क भिजें ।
म उठेपछि ऊ टुसुक्क बसी र ब्यागबाट मोबाइल झिकी । म उसकै सिटको सपोर्टमा अडेस लागेर उभिएँ । एकछिन टेम्पल रन खेली र मोबाइल बन्द गरी । अलि बेरमा फेरि मोबाइल अन गरेर फेसबुक खोली । मेरा आँखा उसका मोबाइलमा अडिएका थिए, टक्क । ऊ घरिघरि नोटिफिकेसन हेर्दै मुसुक्क हाँस्थी र भएभरका कमेन्टलाई एकएक लाइक गर्थी । मेरा आँखा कतिखेरै पनि उसको मोबाइलबाट टाढिएनन् । उसले फोटो राखेकी रहिछ, कमेन्ट गनिनसक्नु थिए । उसले हरेक मान्छेलाई मेन्सन गर्दै रिप्लाई गर्दै थिई । कमेन्ट पोस्ट गर्दा मैले उसको नाम ठम्याएँ– प्रमिला डंगोल !
घर गएर हत्त न पत्त सर्च गरें र उसलाई एड गरें । त्यसपछि पहिलो ‘हाई’ उसैले पठाई ।
आज बिहान फोन गर्ने त्यही प्रमिला थिई ।
त्यति धनी बाउकी छोरी भएर पनि ऊ माइक्रोमा त्यसरी कोचिएर किन हिँड्थी, मैले कहिल्यै सोधिनँ ।

० ० ०

स्मिता टुप्लुक्क अमेजन क्याफे छिरी । अस्ति मैले नै ११ सयमा किन्दिएको स्कर्ट लगाएर आइछ । उसको शरीर देखेर मेरो नाभीनेर सधैं गाँठो पर्छ । मलाई स्मिताभन्दा उसको जिउडालले तान्छ ।
मलाई कफी सिनित्तै पारेर गंगालाल जान हतारो थियो ।
मान्छे आउजाउ गरिरहने भएकाले मलाई अरुले चिन्छन् कि भन्ने डर सधैं भइरहन्छ । त्यसैले, उसलाई भित्रको क्याबिनमा लगें ।
“कस्ती राम्री देखिएकी मोरी,” गालामा चिमोट्दै लाडे पल्टिएँ, “क्वाप्पै निलूँजस्ती ।”
ऊ पनि लाडिई । मैले उसको गाला चिमोट्दा सधैं राती हुन्छे, आज पनि भई ।
“निलन्त अनि,” उसले आफ्ना खुट्टा मेरा खुट्टामा खापी ।
उसलाई वर तानें र कानको लोतीनेर सासैसासले भनें, “भोलि ककनीतिर जाम् न, त्यहीँ निल्छु ।”
उसले आँखा चिम्म गरी । मेरा ओंठ उसका कानमै थिए । मैले हरेक पटक उसको कानमा सास फुक्दा उसको धड्कन बढ्छ ।
उसको धड्कन बढ्दा मेरो शरीरमा काँडा उम्रिन्छन् ।
जिब्रोले बिस्तारै कान चलाइदिएँ, उसले मलाई चपक्क टाँसी ।

गोजीमा मोबाइल घ्यारघ्यार गर्‍यो । भाइब्रेसनमा थियो र आवाज सुनिएन । स्मिता र म असिनपसिन थियौं । वैशाखको गर्मीलाई पर भित्तामा घुमिरहेको पंखाले कसैगरी चिस्याउन सकेको थिएन ।
झिकेर बिस्तारै हेरें– साधनाले गरेकी रहिछ । कामै नपरी उसले फोन गर्दिनथी । फोन काटेर मेसेज पठाएँ, “मिटिङमा छु, अहिले कलब्याक गर्छु ।”
एकछिनमा उसले रिप्लाई गरी, “प्रभातले सुसाइड गरेछ :'(”
मेसेज देख्नेबित्तिकै मुटु ठप्प अडिएझैं भयो । कन्चटका नशामा मेट्रो रेल कुदेझैं भयो । शरीर एकाएक यसरी चिसियो कि मानौं म बरफैबरफमा नांगै चिप्लेटी खेल्दैछु ।
हतारहतार कलब्याक गरें र आत्तिएर सोधें, “के भएर ? कहाँ ?”
साधना पनि उस्तै आत्तिएकी थिई । निकै बेर अडिएर उसले भनी, “कारण थाहा छैन, तर त्यही हो कि जस्तो शंका छ । म त्यतै जाँदैछु ।”
उसको ‘त्यही हो कि’ भन्ने वाक्यले मलाई एकाएक धरहराको टुप्पोबाट भुईंमा खसायो । निधारका हरेक छिद्र रसाएर बगे ।
स्मिता बेखबर थिई । उसका हात मेरा अंगअंगमा सल्बलाइरहेका थिए ।
“घरमै हो ?” काँपेको स्वरमा सोधें । साधनाले ‘अँ’ भनेर फोन राखी ।

हिजो भर्खर प्रभातकी बूढी अञ्जना साधनासामु २ घण्टा रोएकी थिई । प्रभात र उसकै अफिसकी एउटा केटीको अफेयर एक कान, दुई कान हुँदै अञ्जनाका कानसम्म आइपुगेको थियो । प्रभात र अञ्जनाको सम्बन्ध हाम्रोमात्रै होइन, वरपरका हरेक टोलमा उदाहरणीय थियो । दुईबीचको मिलाप आरिसलाग्दो थियो । दुवैले दुवैसामु केही लुकाउँदैनथे । हरेक कुरा साझा हुन्थे ।
तर, प्रभातले अञ्जनासँग एउटा कुरा लुकाएको थियो– जुन मलाईमात्रै थाहा थियो । मलाईमात्रै थाहा भएको ‘त्यही’ कुरा हिजो टोल–टोल हुँदै अञ्जनाका कानसम्म आइपुगेको थियो । त्यो खबर साधनाले पनि सुनी र मलाई भनी, “एकपटक प्रभात बाबुसँग राम्ररी कुरा गर्नुस् न, नाकै काटे यो उमेरमा !”
साधनले त्यसो भनिरहँदा मप्रति उसको बेजोड भरोसा झल्किन्थ्यो । उसलाई लाग्दो हो– मजत्तिको माया गर्ने र सोझो लोग्ने यो संसारमै कोही छैन ।
छैन पनि । म साधनालाई असीमित माया गर्छु ।
मायाको पनि सीमा भइदिएको भए मैले उहिल्यै त्यो लक्ष्मणरेखा नाघिसकेको हुन्थें ।
तर, मैले प्रभातलाई सम्झाउन सक्दिनथें, किनकि म पनि ‘त्यही’ बाटोमा थिएँ कतै ।
सही बाटोमा हिँडेको मान्छेले मात्रै अरुलाई सही बाटो देखाउन सक्छ । अनिश्चित बाटोमा लर्खराउँदै हिँड्नेले अरुलाई कसैगरी सही दिशा देखाउन सक्दैन ।
म पनि प्रभातलाई ‘सही’ बाटो देखाउन सक्दिनथें ।

मलाई अवाक् देखेर स्मिता आत्तिई । मेरा हात थररर काँपिरहेका थिए, उसले च्याप्प समाती ।
“के भो जानु ? कसको फोन थियो ?” न्याप्किनले मेरो निधारको पसिना पुछ्दै लत्रिएको स्वरमा सोधी, “बोल न के !”
म केही बोलिनँ । वेटरले कफी ल्याएर राखिदिएछ, त्यो पनि देखिनँ । जुरुक्क उठेर बाथरुम गएँ । मुखमा पानी छ्यापें । ऐनामा अनुहार पनि हेर्न सकिनँ । लाग्यो– ऐना हेरें भने यसले मेरो आफ्नै अनुहार देखाइदिन्छ । म सोझो आँखाले आफूलाई हेर्न सक्दिनथें ।
बाहिर आएर स्मितालाई भनें, “जानु, तिमी कफी खाँदै गर ल, समथिङ ब्याड ह्याप्पन्ड, म निस्कें ।”
स्मिताले आँखा फट्टाएर हेरीरही । के भो भनेर पटक–पटक सोधी, म नसुनेझैं गरी निस्किएँ । पछाडि फर्केर हेरिनँ पनि ।
बस कुरिनँ, ट्याक्सी चढें । बालुवाटारबाट राष्ट्र बैंक हुँदै नक्साल निस्कियो ।
प्रमिलालाई फोन गर्छु भनेर मोबाइल झिक्दा पो झस्किएँ– गोजीमा मोबाइलै थिएन । ट्याक्सीभित्र आँखाले देख्न सक्नेसम्म सबैतिर खोजें– भेटिनँ । झ्वाट्ट सम्झिएँ– मोबाइल क्याफेको टेबुलमै छोडेछु शायद !
आत्तिएर ट्याक्सी घुमाउन भनें । ट्याक्सी तुफानझैं कुद्यो । दौडिएर क्याफेभित्र छिर्नेबित्तिकै म एकाएक ओइलाएँ ।
स्मिता टेबुलमा घोप्टो परेर सुँक्सुकाइरहेकी थिई । उसको दाहिने हातमा मेरो मोबाइल थियो । मेसेज बक्समा प्रमोद नामको थ्रेड खुला थियो । हातबाट झ्वाट्ट मोबाइल थुतें । स्मिता झस्किएर जुरुक्क उठी र मलाई देखी । त्यसपछि उसका आँखामा आँसुको मूल फुट्यो ।
मोबाइल हेरें । प्रमोद भनेर नाम सेभ गरिए पनि त्यो प्रमिलाको मेसेज थियो । लेखेकी थिई, “जानु, कता छौ ? मिसिङ यु ब्याड्ली, छिटो आऊ न । लभ यु टु टु मच !” मेसेजको अन्तिममा चुम्बनको स्माइली :* पनि ठेलेकी थिई ।
स्मितालाई भेट्न जाँदा म उसकै मोबाइल नम्बरका अन्तिम चार अंक सेक्युरिटी कोड राख्थें, प्रमिलालाई भेट्न जाँदा उसको । दुवैको अगाडि त्यही कोड थिचेर देखाउँदै मोबाइल खोल्थें । त्यसो गर्दा उनीहरु बुझ्थे– मेरो मनमा उनीहरुप्रति कति धेरै समर्पण छ ।
स्मिता र प्रमिलाबीच धेरै असमनता थिए । समानता एउटामात्रै थियो– उनीहरुले माया गर्ने मान्छे–– म ! स्मितालाई म विवाहित भन्ने थाहा थिएन । ऊसँगको पहिलो दिनकै च्याटबाट यो झुटको सुरुवात भएको थियो ।
घात त्यहाँ हुन्छ, जहाँ विश्वास हुन्छ । स्मिताले मलाई विश्वासले शरीर सुम्पिएकी थिई, मैले उसमा घातको नमेटिने छाप हानेको थिएँ ।

उसको अनुहार हेर्न सकिनँ । ऊ थचक्क कुर्सीमा बसेर फेरि घोप्टो परेर रोई ।
म जडझैं उभिएँ ठिंग । न दौडिएर भाग्न सक्थें, न स्मिताको काँध थप्थपाएर नरोऊ भन्न सक्थें ।
यतिबेला मलाई जीवनकै सबैभन्दा गहन तत्वबोध भयो– ‘माया’ भनेको त ‘मानसिक यातना’ पो रहेछ !
पैसा कमाउन सजिलो छ, मान्छे र इष्टमित्र कमाउन सजिलो छ । विश्वास कमाउन सजिलो छ । तर, भरोसा कमाउन सजिलो छैन । सजिलो छ त गुमाउन । अविश्वासको सानो छिटाले भरोसाको पर्खाल निमेषमै भत्काइदिन्छ ।
म त्यही भत्किएको पर्खालझैं लत्रिएकी स्मितालाई हेरिरहें ।

धेरै बेरपछि स्मिता जुरुक्क उठी र सीधा मेरो आँखामा हेरी । मेरा आँखा उसका आँखा, नाक, घाँटी हुँदै पैतलासम्म गएर अडिए ।
“को हो प्रमोद भन्ने ?” हिँक्कहिँक्क गर्दै उसले सोधी, “भन सुमन, मलाई त्यत्ति अबुझ नसम्झ !”
म केही बोलिनँ । मसँग बोल्न बाँकी शब्द केही थिएनन् ।
“सरी इस्मु,” मैले उसलाई अँगालोमा तानेर अठ्याएँ ।
उसले मलाई अँगालोबाट हुत्ताइदिई । म नबोली फरक्क फर्किएर ट्याक्सी चढें ।
ट्याक्सी फेरि बेपत्ता तुफानझैं हुइँकियो । मेरो मनमा पनि त्यस्तै तुफानको हुन्डरी चल्यो ।
छटपटी बढेपछि मन घुमाउन मोबाइल हेरें । आँखा सोझै कल डिटेलमा गएर अडिए ।
त्यसपछि मेरो आँखाअघि एकाएक कालो पर्दा झर्‍यो । भनभनी रिंगटा लाग्लाझैं भयो ।
फोन भन्थ्यो– १० मिनेटअघि मात्रै प्रमिलालाई फोन डायल भएको छ । मैले गरेको थिइनँ– यसको अर्थ स्मिताले गरेकी थिई ।
हत्त न पत्त कल गरें । दोस्रो घण्टी नजाँदै प्रमिलाई पड्किई, “सुमन, त्यो स्मिता भन्ने को हो ?”
मेरो घाँटीमा एक्कासि सनासोले च्यापेझैं भयो ।
‘हेलो….हेलो….हेलो….केही सुनिएन…’ भनेर झ्याप्प फोन काटिदिएँ ।
उत्तिखेरै ‘प्रमोद कलिङ’ आयो, उठाएँ र सुनेंमात्रै । उताबाट फेरि प्रमिला पड्किई, “भन सुमन, अब ढाँटेर केही फाइदा छैन ।”
“ह्या, कोही होइन हौ,” लामो सास फेरेर बिस्तारै बोलें, “एकजना बहिनी हो के अफिसको !”
प्रमिलाले पत्याइन । झनै जोडले चिच्याई, “नाटक नगर । कोही बहिनीले म गर्लफ्रेन्ड हुँ भन्दैनन् । त्यो स्मिता भन्नेले हाकाहाकी म सुमनकी गर्लफ्रेन्ड हुँ भनी । त्यस्तो मेसेज पठाउनी तँ को भनेर उल्टै मलाई हकारी । तिम्लाई थाहा छ म कति इम्ब्यारेस्ड भएँ ?”
फेरि घाँटीमा उसिनेको सिंगो आलु अड्किएझैं भयो । मुख सुकेर प्याकप्याक भयो ।
“ए दाइ पानी खाम् न,” ट्याक्सी ड्राइभरलाई पछाडिबाट कोट्याएँ । उसले पानीको बोतल दियो ।
उता फोनमा धेरै बेरसम्म सुँक्कसुँक्क गरेको मात्रै सुनियो ।
ट्याक्सी नक्साल काटेर कमलादी छिरिसकेको थियो । वैशाखको घामले मलाई बाहिरमात्रै होइन, भित्र नसा–नसासम्म पोलिरहेको थियो ।
भनें, “सरी !”
त्यसपछि टुँटुँटुँ आवाज आयो ।

० ० ०

प्रभातको घरमा पुलिस आएर सोधपुछ गर्दै थिए । म बरन्डामा भक्कानिएर चिच्याइरहेकी अञ्जनाछेउ टुसुक्क बसेर आँसु झार्दै थिएँ । मान्छेको आउँथे र अञ्जनालाई ढाडस दिँदै आफैं पिलपिल गर्थे । उनी एकछिन चुपचाप लाग्थिन् र फेरि घोप्टो परेर सुँक्सुकाउँथिन् । त्यहाँ आउनेमध्ये धेरैजसो भन्थे, “यस्तो राम्रो खाइलाग्दो जोडीमा कसको आँखा लागेछ ।”
साधना पनि दौडिदै आइपुगी । घोप्टो परेर रोइरहेकी अञ्जनालाई ग्वाम्म अँगालो हालेर आफू पनि भक्कानिई ।
म सबै तमासा हेर्दै थिएँ । उठेर अलि पर गुचुप्प उभिएका मान्छेछेउ गएँ । उनीहरु गुनगुन गर्दै थिए, “पेट बोकेकी रहिछ, अहिले कहाँ छे कसैलाई थाहा छैन !”
पुलिसले मुचुल्का उठाउँदै थियो । भित्र बैठक कोठामा मुखबाट फिँज निकालेर प्रभात लम्पसार परेको थियो । उसको गोजीमा भेटिएको कागज निकालेर इन्सपेक्टरले सरर पढ्यो र सरासर अञ्जनासामु गयो । उनी उठेर कागज हेर्न सक्ने अवस्था थिइनन् ।
“सर, हेर्न मिल्छ ?” इन्सपेक्टरसामु गएर बिस्तारै सोधें, “म उसको नजिकको साथी हुँ, सुमन ।”
इन्सपेक्टरले मलाई भित्र कोठामा लगेर चिठी थमाए । पढेर मेरा आँखा रसाए ।
लेखिएको थियो–

प्रिय अञ्जना !
मलाई थाहा छ, तिमी यो चिठी पढ्न सक्दिनौ । यो पनि थाहा छ– तिमी हरेक क्षण यो चिठी सिरानीमुनि राखेर रोइरहनेछौ । यो चिठीले झार्ने तिम्रो आँसु मैले देख्ने छैन । मेरो सामु उभिँदा खस्ने तिम्रा आँसु म पुछ्न सक्दिनथें । मलाई माफ गर ।
मैले जीवनमा ठूलो केही चाहिनँ । सम्पत्तिको पछि म लागिनँ । तिमीजस्ती जीवनसाथी हुनु नै मेरो सम्पत्ति थियो । तर, मैले त्यो सम्पत्ति जोगाउन सकिनँ । म बहकिएँ । मान्छु– म असन्तुष्ट प्राणी हुँ, मेरो मन सन्तोषी छैन । त्यसको मूल्य म आफैं चुकाउँदैछु । तिम्रो आफ्नो सम्पूर्ण जिन्दगी छ, जसलाई तिमीले सुन्दर सपनाझैं सजाएर राखेकी छौ । मलाई लाग्छ– म तिम्रो सपनामा सधैं नचाहिने पात्र बनेर आइरहनेछु । मायासँगै सम्मान मागेर कहिल्यै पाइन्न, म पनि त्यो धृष्टता गर्न सक्दिनथें । मैले हरदम तिम्रो सामीप्यता चाहँदाचाहँदै पनि बहकिएँ, सरी !”

मिनट, घण्टा, दिन हुँदै हप्ता बित्यो । अञ्जना हरेक दिनजसो साधनलाई भेट्न आइरहिन् । उनी नआउँदा साधना पनि भेट्न गइरही । हरेक भेटमा अञ्जना भक्कानिएर भन्थिन्, “मबाट के अपुग भयो र यस्तो भयो साधना ? एकपटक मसँगै सेयर गरेको भए बरु चुपचाप सहिदिन्थें र बिर्सिदिन्थें । कमसेकम लोग्ने आफ्नै साथमा त हुन्थ्यो ।”
उनको कुरा सुनेर साधना पनि पिलपिल गर्थी ।
म चुपचाप सुनिरहन्थें ।
एकदिन अञ्जनाले मसँग सोधिन्, “तपाईं त्यस्तो मिल्ने साथी, केही थाहा थिएन बाबु ?”
उनको प्रश्नले मलाई भित्रैसम्म हल्लायो ।
“थिएन भाउजू,” झुठो बोलें, “थाहा भएको भए यस्तो दुःखै हुन्नथ्यो ।”
उनले तररर आँसु झारिन् ।
“तपाईंजस्तो मान्छेका साथी किन त्यस्ता भए ?” हिक्हिकाउँदै भनिन्, “यही सोचेर मेरो मन पोल्छ ।”
प्रभातको अनुहार सम्झिएर आँखा चिम्म गरें ।
शायद नांगो आँखाले म अञ्जनालाई हेरिरहन सक्दिनथें । उनलाई ठाडो नजरले हेर्नसक्ने ल्याकत मेरा आँखामा थिएन । दुष्कर्मको रापले मलाई जलाएर खरानी बनाइसकेको थियो ।

गोजीको मोबाइल घ्यारर्र गर्‍यो । बाथरुम जान्छु भनेर निस्किएँ । हेरें– मेसेजको नोटिफिकेसन रहेछ ।
“हाई सुमन, कता गायब ? भेट्ने होइन ?” नचिनेको नम्बरबाट मेसेज रहेछ, “तिम्रो कल आउँछ भनेर कत्ति कुरें– मैले नै बोलाउनुपर्ने ? 😦 ।”
अनि मैले रिप्लाई लेखें, “हु इज दिस ?”
उत्तिखेरै रिप्लाई आयो, “जुनु ।”
मैले पनि हतार नगरी उत्तर फर्काएँ, “ओहो, के छ ? कता हराको अचेल ? च्याटमा पनि आउँदिनौ !”
“हराको होइन नि, सम्झिए पो हुन्छ ! भेट्ने भन्दाभन्दै तिमीले खबरै गरेनौ :/ !” उसले लाडे पल्टिएझैं लेखी ।
“उप्स :P,” मैले ढिलो नगरी प्रस्ताव गरें, “शनिबार २ बजे हुन्छ ?”
“ओके डन :)” उसले पनि निमेषमै लेखी, “धुलिखेल ?”
मैले ‘ग्रेट, सी यु’ सँगै पानको पात पठाएँ ।
मनमा पुलुक्क खुसीका गुबारा फुले । ऐना हेरें– अनुहारमा अचम्मको लाली छाएको थियो ।
बाथरुमबाट निस्किँदा देखें– साधना हातमा मोबाइल चलाएर बसेकी थिई । अञ्जना थिइनन् ।
मलाई देख्नेबित्तिकै भनी, “अनि कुन होटलमा जाने नि ?”
झस्किएर साधनाका आँखा हेरें । अनुहारभरि अनिश्चयका घेरा कोरिएका थिए । मलाई एक्कासि नांगो बिजुलीको तारले बेरेझैं भयो ।
“हँ ? के भनेको ?”
ऊ केही बोलिन । मोबाइलको किप्याडमा के–के थिचिरही । मलाई वैशाखको घामले यसरी कहिल्यै चर्चरी पोलेको थिएन ।
मेरो मोबाइल फेरि घ्यारर्र गर्‍यो ।
“कुन होटल जाने भनेको 🙂 ?” मेसेज त्यही जुनुकै नम्बरबाट आएको थियो ।
सरासर गएर साधनको हातबाट मोबाइल थुतेर हेरें । त्यहाँ मैले अघि जुनुलाई पठाएका र जुनुले मलाई पठाएका सबै मेसेज हुबहु थिए ।

(यो सामाग्री nagariknews.com  बाट  साभार गरिएको हो)

क्यानडा, ब्राजिल, जोर्डनमा नेपाली कामदारको माग

काठमाडौं, ४ भदौं ।
6471872-3x2-700x4671
विश्वका धनी देशले नेपालबाट कामदार लैजान प्रस्ताव अघि सारेका छन् ।
विशेषतः भूकम्पपछिको समयमा विश्वका विभिन्न देशहरुले नेपाली कामदारलाई लैजान इच्छा देखाएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विश्वका विकसित क्यानडा, ब्राजिल, जोर्डनलगायतका देशहरुबाट नेपाली कामदारको माग आएको हो ।
ती देशहरुले श्रम सम्झौता गर्न लागि नेपाल सरकारसँग पत्राचार समेत गरिसकेको श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले बताए । क्यानडा र ब्राजिलले कामदार माग गरेको बताउँदै मन्त्री गुरुङले जोर्डन टोली नेपाल आउनै लागेको जानकारी दिए ।
क्यानडा र ब्राजिलबाट कृषिका लागि नेपाली कामदारको माग आएको हो । उसो त नेपाल कृषि प्रधान देश भएकाले विदेशीहरुले कृषिमा कामदार मागेको श्रम मन्त्रालयको अनुमान छ ।
मन्त्री गुरुङले अबको १ वर्षभित्र २० वटा देशसँग श्रम सम्झौता गर्ने तयारी भइरहेको बताए । ‘नेपाली कामदारको हितमा कम लागतमा बढी पारिश्रमिक पाउने गरी विभिन्न देशहरुसँग सम्झौता गर्ने तयारीमा छौं । जस्ले नेपालीको गरिबीलाई विस्तारै हटाउँदै लैजाने छ,’ उनले भने ।
सरकारले यसअघि नै न्युनतम लागतमा नेपाली कामदार पठाउने विदेश पठाउने निर्णय गरिसकेको छ । श्रम मन्त्रालयका अनुसार प्रस्तावित देशहरुमा न्युनतम तलब डेढ लाख रुपैयाँ पाइनेगरी सम्झौता गरिँदैछ ।source taja khbar

“सामाजिक संजाल मार्फत भ्रामक समाचार पोस्ट गर्ने पक्राउ”

189168_397557096984361_729170836_n(1)
मिति २०७२।०५।०७ गते भएको कैलाली स्थित टिकापुर घटनालाई लिएर उक्त घटना सम्बन्धी १३ रहस्य भनि सामाजिक सञ्जाल फेसबुक मार्फत सुरक्षा निकायहरु विच फाटो ल्याउने तथा बिभिन्न जातजाती, सम्प्रदायबिच सुमधुर सम्बन्धमा खलल पार्ने, बर्गिय, जातीय र क्षेत्रिय रुपमा घृणा, द्वेश, अपहेलना र सामाजिक सद्भाव बिथोल्ने नियत राखी अनर्गल, निराधार र अप्रमाणिक तथ्यहरुलाई सामाजिक संजालको दुरुपयोग गरि फेसबुक मार्फत गलत म्यासेजहरु सम्प्रेषण गरि समाजमा नकरात्मक प्रभाव पार्ने कार्यमा संलग्न जिल्ला सोलुखुम्वु गोराखानी १ घर भई हाल का.जि.का.म.न.पा. ६ बौद्ध बस्ने बर्ष ६० को आङकाजी शेर्पालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरि अनुसन्धान पश्चात बिद्युतिय कारोवार ऐन अन्तर्गत मुद्दामा आबश्यक कारवाहीको लागि मिति २०७२।०५।१७ गते महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।

श्रोत नेपाल प्रहरी (फेसबुक पेज)

एक चेलाको स्मृतिमा आङकाजी

ak

– रबिन राइ

उदयपुरको बेल्टारमा ३ कक्षामा ए बि सि डी सिकेर एकैचोटि हङकङमा ३ कक्षामा स्थानतरण हुँदा एक्टिव इङलिस् पढ्नुपर्दा कम्ता त बुवाको धुलाई खानु परेन । “Certainly Sir” लाई कर्टेन्ली सर पढेर बुवाले कन्सिरी उखेलेको संझिँदा अझै डर लाग्छ । ४५ सालको भूकम्पको राहत उठाएको याद छ, ८८ सालको ओलम्पिक र बेन जन्सनको किस्सा याद छ, मडोन्नाको आकर्षक कभर भएको क्यासेट टेपमा आफ्नै स्वरमा शंभु राईको गीत भरेको याद छ । सन् १९८९, तिर हाम्रो बाबाको पल्टन १० गोर्खा राइफल्स ब्रुनाइ सर्‍यो । सेरिया, ब्रुनाइको गोर्खा चिल्ड्रेन स्कूलमा म कक्षा ४ को विद्यार्थी छँदा अंग्रेजी शिक्षकको रुपमा आङकाजी शेर्पा भेटिए – मेरो जिन्दगीका आदर्श शिक्षकहरुमध्येका एक ।

सायद त्यसबेला उनी नेपालको त्रि वि बाट अंग्रेजीमा स्नातकोत्तर गरेर सपरिवार ब्रुनाइ आएको धेरै भएको थिएन कि । उनको अंग्रेजी प्रशिक्षणले मेरो अंग्रेजीको आधार बनाइदियो । अत्यन्तै रोचक शैलीले पढाउने उनले कहिल्यै शारिरिक यातना दिएनन् , उनी हँसाइ हँसाइ पढाउँथे । गणित पढाउने गुरुङ सरले भने घोप्टो पारेर चाकमा काठको रुलरले बजाइहाल्थे, विज्ञान पढाउने थापा सर भूतप्रेतको कथा सुनाएर मन्त्रमुग्ध बनाउँदथे । सप्लिमेन्टरीको रुपमा अंग्रेजीमा एक्टिव् इङलिस बाहेक नेपालकै सरकारी विद्यालयको पाठ्यक्रम पढाइहुन्थ्यो । यिनीहरु फर्केर नेपालै जाउन् र त्यहाँ सामान्य जनजीवनमा घुलमिल होऊन् भन्ने तत्कालिन ब्रिटिश नीति रहेछ । स्कूलमा संस्कृत शिक्षक कृष्ण गुरुङ थिए भने नेपाली शिक्षक केसी सर थिए । गोर्खा क्याम्पमा मन्दिर पनि थियो र पण्डित पनि नेपालबाट झिकाइएको थियो, पण्डितजी गाडी चढेर हिंड्थे । सायद क्रिश्चियनहरुको सिको गरेर होला, आइतबार छुट्टीको दिन फूल बोकेर हामी विद्यार्थीलाई स्कूलले मन्दिरमा आरती गराउन र प्रवचन सुनाउन लैजान्थ्यो । पण्डित जी, महाभारतका कथाहरु सुनाउँथे, कहिले आङकाजी सर त कहिले हेडसर शिवकुमार राई हार्मोनिय फिट्थे र हामी सामूहिक गाउँथ्यौं – ” ऊँ जय जगदिश हरे, घननन घननन घन्टी बज्यो पशुपति मन्दिरमा” । सबै महाराजधिराज, देवताहरुको जय गाइसकेपछि प्रसाद र पंचामृत खान पाइन्थ्यो , त्यो सबैभन्दा सुखद क्षण हुन्थ्यो ।

विद्यालयमा आङकाजी सरको विशेष सक्रियता थियो, छात्र छात्राहरुलाई अतिरिक्त क्रियाकलाप गराउने जिम्मेवारी उनैको थियो । ७ कक्षा सम्मको त्यो विद्यालयमा अंग्रेजी सामान्य ज्ञान, स्पेलिङ प्रतियोगिता,नाटक, नृत्य, खेलकुद र जादुगरी समेत उनी सिकाउँदथे । ७ कक्षाका मिलन गुरुङ दाइलाई उनले जादुगर बनाएर अभिभावक दिवसमा उतारेको त्यो जादू मलाई अहिले सम्म याद छ । बक्सामा उनलाई चेनले बाँधेर काठको तरवारले घोचेको केही बेरमा ठूलो धमाकासाथ उनी मंचको अगाडि दर्शक दीर्घामा प्रकट हुन्थे । स्कूलको महोत्सवमा ७ कक्षाका दिदी दाइहरुलाई “शेर्पिनी दिदीले नाचेको हेर, साह्रै नै राम्रो, ल्हासो ल्हासो ल्हासो” आङकाजी सरले बडो सुन्दर नृत्य गर्न सिकाएका थिए । कहिलेकाहिँ स्थानीय ब्रुनाइका विद्यालयहरुसँग घुलमिल गराउन पनि लगिन्थ्यो, कहिले उनीहरु भ्रमणमा आउँथे । त्यस्तो कार्यक्रमको एक निम्तोमा स्कूल ड्रेस लगाउने प्रतियोगितामा नम्रता लिम्बू लाई पठाइयो, नम्रता लिम्बू र विद्या लिम्बू सर्वश्रेष्ठ विद्यार्थी थिए १८ जनाको विद्यार्थी संख्यामा म १७ औं बाट तेस्रोमा उक्लिसकेको थिएँ । ड्रेसिङ कम्पिटिशनमा भाग लिन गएकी नम्रता सबै प्रतिद्वन्द्वी आइसक्दा पनि आइनन् । अन्ततः शिक्षकहरु नै भित्र जानुपर्‍यो, उनी लेस बाँध्न नजानेर असिनपसिनको अवस्थाम रहिछिन् । लेसवाला जुत्ता कहिल्यै नलाउने उनलाई त्यो हविगतमा देखेर सबै हाँसे, त्यो हाँसो पछि सम्म गुञ्जियो । बोरा रेसमा ३ कक्षाको विजयलाई कसैले जितेन, उसले बोरा रेसमा नयाँ टेक्निक विकास गरेको थियो , ऊ बोरा भित्र छोटा छोटा पाइला चाल्थ्यो, अरु उफ्रेर थाक्थे तर ऊ छोटो छोटो पाइलामा कुदेर जित्थ्यो । उसको त्यो चलाखी नियमसंगत नै ठहर्‍याइदिएका थिए आङकाजी सरले ।

अफिसर लाइनमा हेलिप्याड ग्राउन्ड नजिक आङकाजी सरको क्वाटर थियो, उनको छोरा नाम्ग्याल भने दुर्भाग्यवश बहिरो थियो, ऊ सायद ३-४ वर्षको थियो त्यस समयमा । कक्षा ५ मा गएपछि हाम्रो क्लास टिचर उनी भए र हामीले उनलाई झनै चिन्ने मौका पायौं ।सधैं सफा सुकिलो हँसिलो आङकाजी सर एक प्रेरक ब्यक्ति थिए, उत्साह भरिरहन्थे । नेतृत्व गुण भएका उनी हरेक विद्यालय गतिविधिमा नेतृत्व लिन्थे र अन्तर सदन प्रतियोगितामा हामीलाई हौस्याइरहन्थे । कक्षा ५ को जिल्ला स्तरीय परीक्षामा हामी पनि सहभागी हुनुपर्थ्यो, त्यो दिएपछि बुवाको पल्टन होङकोङ फर्कियो, कति शिक्षक ब्रुनाइमै छोडिए तर आङकाजी सर भने होङकोङ आए ।ग्यालिपुली क्याम्पको गोर्खा चिल्ड्रेन स्कूलमा १९९० सालमा विद्यालयले पहिलो कम्प्युटर खरिद गर्‍यो । एउटा कार्यक्रम नै गरेर आङकाजी सरले कम्प्युटरको बारेमा हामीलाई जानकारी दिए, एपल कम्प्युटर थियो ।

कक्षा ५ को जिल्ला स्तरीय परीक्षाको कापी जाँच नेपालमा हुन्थ्यो, नतिजा आएपछि हाइ स्कूल पढ्न सेकोङ जानुपर्थ्यो । गोर्खा मेजरको छोरा हेमन्त राई, नविन मादेन लगायतका मेरा साथीहरु हाइस्कूलको बारेमा उत्साहित भैरहेका थिए तर नतिजा नआई हाम्रो परिवारको भने पल्टन बसाइ अवधि सकियो । विद्यालयको अन्तिम दिन मेरो लागि आङकाजी सरले कक्षामा विदाइ कार्यक्रम राखिदिए, बिक्रमले “फूल झरे पनि काँडा झर्दैन, म मरे पनि मेरो माया मर्दैन” भनेर गाउँदा मेरा प्रिय साथीहरु राम लक्ष्मण गुरुङ धुरुधुरु रोए । “तिम्रो नतिजा म तिम्रो नेपालको ठेगानामा पोस्ट गरिदिऊँला”, आङकाजी सरले भनेका थिए । नेपाल फर्केपछि पढाइको लागि बुवाले काकाको सल्लाह मानेर मलाई काठमाडौं मै बोर्डिङ स्कूल भर्ना गरिदिनु भयो । दशैं छुट्टीमा घर जाँदा मेरो नतिजा र चरित्र प्रमाण पत्र आङकाजी सरले पठाइदिएका रहेछन् जसमा मेरो अंग्रेजीमा अब्बल नम्बर थियो ।

पछि पछि सम्म आङकाजी सर कहाँ के गर्दै होलान् भन्ने कौतुहलता लागिरहन्थ्यो। गोरखापत्र, कान्तिपुरतिर बहिरा अभिभावक संघको समाचारमा नाम आउँदा मैले नाम्ग्याललाई संझे र, आङकाजी सर सामाजिक क्षेत्रमा कार्यरत रहेछन् भन्ने ज्ञान भयो । आजकाल त आङकाजी सर देशकै सर्वाधिक विवादित ब्यक्ति बनेका छन् , मलाई थाहा छैन यो खुसीको कुरा हो कि दुखको । तर एक बुध्दिस्ट भएर पनि उत्साहले हिन्दू भजन गाउने, गाउन सिकाउने, मृदुभाषी, कलाकार हृदय भएका बौध्दिक आङकाजी सरलाई कसले आगो ओकल्ने बनायो? पक्कै यो राज्यको विभेदपूर्ण नीतिले नै हो । “म शासक हुँ, म बाहुन हुँ । यो मेरो जातिय दुश्मन हो ” भन्ने पूर्वाग्रहलाई पन्छाएर ठन्डा दिमागले आङकाजीका भनाइहरु सोँच्ने हो भने आङकाजीका मागहरु नाजायज लाग्ने छैन ।सर्वाधिक विवादित ब्यक्ति बनेका छन् , मलाई थाहा छैन यो खुसीको कुरा हो कि दुखको । तर एक बुध्दिस्ट भएर पनि उत्साहले हिन्दू भजन गाउने, गाउन सिकाउने, मृदुभाषी, कलाकार हृदय भएका बौध्दिक आङकाजी सरलाई कसले आगो ओकल्ने बनायो? पक्कै यो राज्यको विभेदपूर्ण नीतिले नै हो । “म शासक हुँ, म बाहुन हुँ । यो मेरो जातिय दुश्मन हो ” भन्ने पूर्वाग्रहलाई पन्छाएर ठन्डा दिमागले आङकाजीका भनाइहरु सोँच्ने हो भने आङकाजीका मागहरु नाजायज लाग्ने छैन ।

श्रोत: hatteri.com

आमा तीजमा रमाइलो गर्न जाँदा ३ बर्षीय छोरी बलात्कृत

आमा एक्लै ३ बर्षको बालिका छाडेर तिज नाच हेर्न छिमेकि घरमा जाँदा बालिका बलत्कृत त्यो पनि घरछेउ जङ्गल झाडिमा बेहोस अवस्थामा , अपराधि अझै चिनिएको छैन । अनुसन्धान जारी…

श्रोत: फेसबुक

भिडियो हेर्न तल प्ले बटन थिच्नुहोस् …..

आङकाजी प्रहरीको कब्जामा

images

नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।
उनलाई प्रहरीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। समाजिक सञ्जालमा सद्भाव भड्काउने सामग्री राखेको भन्दै महानगरीय अपराध महाशाखाले शेर्पालाई नियन्त्रणमा लिएको  महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। उनीसँग अहिले प्रहरीले सोधपुछ गरिरहेको छ।

श्रोत: सेतोपाटि

गजल-नेपाल हाम्रो ससुराली……….

11992042_865336573544235_259745112_n

फिक्स कृष्ण घायल आशु 

नेपाल हाम्रो ससुराली कि घर जवाफ दे सरकार!
जिउदो आइन्छकी मृत के भर जवाफ दे सरकार!

स्वदेश मै जागीर पाइने भए को जान्छ होला परदेश?
नेपाली को यो बाध्यता कि रहर जवाफ दे सरकार!

देश को लागी केही गर्छु भन्ने परदेशीनु बाध्य छन,
मुर्दा जगाइ जिउँदा लाई किन जहर जवाफ दे सरकार!

फटाहा जाली गुन्डा हरुको आश्रय नै राजनीति भो,
सोझा नै किन दबाईन्छ हर परहर जवाफ दे सरकार!

भोकै नांगै छन भुकम्प र बाडी पहीरो पिडीत हरु,
विचारा दिन दुखी हरु लाई खै घर जवाफ दे सरकार!

बाहुनलाई गाली गरौँ सबै समाधान हुन्छ

सिवानी

-शिवानी खड्का

(यो लेख पहिल्यै अन्य अनलाइनमा आएको थियो तर कारणबश उक्त साइट बन्द भएकोले लेखकको अनुमतिमा यहाँ राखिएको हो)

अचेल एउटा फेशन चलेको छ, तपाईलाई दिक्दार लागेको छ? केहि गर्न नसकेर निराश हुनुहुन्छ? अरुको प्रगति देखेर छटपटी हुन्छ? आफु होचो भएकोले अरुलाइ अग्लो देख्नु भएको छ, र आफु होचो भएकोमा हीनताबोध हुन्छ? आफुले चाहेअनुसारको सफलता पाउनु भएको छैन? आउनुस उपाय एकै र सजिलो छ । बाहुनलाई गाली गरौँ ।

मेरा जनजाती मित्रहरु केहि बर्षदेखि पार्टटाइम जबको रुपमा तलब बेगर बाहुनलाई गाली गर्नुहुन्छ। बाहुनले यस्तो गर्यो उस्तो गर्यो भनेर चियो र चर्चो गर्नुहुन्। बाहुनलाई जति आफ्नो बारेमा थाह हुन्न त्यसको हजारौं गुणा बढी उहाहरुलाई जानकारी छ । पछिल्लो समयमा आएर कथित दलितहरु पनि बाहुनमाथि आक्रामक रुपले प्रश्तुत हुन लाग्नुभएको छ ।

हो, सबैले मान्नुपर्ने कुरा के हो भने जातीय छुवाछुतको नाममा मानवलाई पशुवत ब्यबहार हुने गरेको छ । सदियौंदेखि नै यो परम्परा चलिआएको हो, अहिले रातारात लादिएको होइन । समयक्रम सँगै समाजले दलितहरुलाई गर्ने व्यवहारमा क्रान्तिकारी सुधार ल्याएको छ। हाम्रो हजुरबुबा पुस्ता र हाम्रो पुस्तामा आइपुग्दा यो आकाश जमिनको फरक भएको पाइन्छ । अझैपनि त्यस्ता कथित तल्लो जातका बुढाबुढीहरु पाइनुहुन्छ, जसको घरमा कुनै कथित उपल्लो जातको मान्छे गएर उहाहरुले पकाएको खानापानी खायो भने नाखानुस हामीलाई पाप लाग्छ भन्नुहुन्छ । यसबाट के बुझ्न सकिन्छ भने हाम्रो पछाडिको पुस्ताले छुवाछुतलाई निरन्तरता दिदैन अहिले मेरो पुस्तामा सँगैका साथीसंगीमा त्यस्तो भेदभाव नभएकोबाट नै त्यो प्रष्ट हुन्छ| जुनसुकै चलन क्रान्तिकारी रुपमा एकाएक परिवर्तन हुन सक्दैन । किनकि मान्छेहरुको दैनिकीमा र दिमागमा बसिसकेको हुन्छ ।

अब यसरि परिवर्तनको संघारमै रहेको छुवाछुत प्रथालाई यसरि उचालेर एउटा समुदायमाथि मात्रै प्रहार गर्न थाल्ने हो भने यसले संकीर्णता उत्पन्न गराउन सक्छ। डा. भट्टचन जस्ताहरुले यहि चाहेका हुन्।

जनजाती मित्रहरु भन्नुहुन्छ बाहुनहरुले हामीलाई उनीहरुको भाषा लादे, उनीहरुको संस्कृति र धर्म लादे। दुनियामा कुन त्यस्तो राज्य छ, जहाँ युध्द जित्नेहरुले पराजितहरुमाथि अन्याय नगरेका हुन् । पराजितमाथि शोषण र अन्याय नगरेका हुन। हाम्रो छिमेक भारतबर्षमै हेरे काफी हुन्छ । कहाँ कहाँ देखिका बिभिन्न शासकहरुले आक्रमण गरे त्यहाका स्थानियहरुलाई परास्त गरे र आफ्नो धर्म संस्कृति र भाषा लादे। मित्रहरु भन्नुहुन्छ बाहुन शासकले हामीलाई बिभिन्न बिदेशी सेनामा बेचेर उनीहरुले यहाँ आफ्नो एकतन्त्रीय शासन चलाए। उहाहरुलाई म के आग्रह गर्न चाहन्छु भने, अब त गुह्य कुरो बुझ्नु भएछ अब बिदेशी भर्तीमा नजानुहोस् । आउनुहोस अब यहिकै शासनसत्तामा सहभागी हुनुहोस् । यहिकै भर्तीमा लाग्नुहोस् । तर उहाहरु यसो गर्न सक्नुहुन्न कारण यहाँ उताकोजस्तो द्रव्य छैन ।

मलाइ लागेको कुरो के भने, बाहुनलाई र हिन्दुहरुलाई मात्रै दोषि देख्नु भनेको खालि रुपको कुरा हो । सारमा यो सत्तासँग सम्बन्धित छ, शक्तिसँग सम्बन्धित छ । जोसँग सत्ता र शक्ति छ उसले अर्कोलाई दमन गरेको छ| जो सत्ता र शक्तिको पहुँच बाहिर छ उ सधैं तल परेको छ । सत्तामा पुगेकाहरु धेरै ब्राह्मण समुदायका भएपनि राजनीतिज्ञको कुनै जात र धर्म हुन्न| यिनीहरुको आफ्नो कुर्सि नै जात हो र त्यसलाई जोगाउनु नै धर्म हो| त्यसैले देशका तमाम भेदभाव, उत्पीडन, शोषण र दमनमा बाहुन समुदाय दोषि छैन|हरेक परिस्थिती र परिबर्तन को जन्म रज्यसत्ता ले गराएको ईतिहास छ । फेरी किन एउटा जात बिषेश लाइ गाली गरिन्छ ? किनकि देशमा अझै धेरै त्यस्ता जनताहरु छन् जो ब्राह्मण समुदायमा रहेर पनि उत्तिकै शोषित र उत्पीडित छन् । मलाइ यो सबै भेदभाव र दमनको पछाडी सत्ता र शक्तिको दोष लाग्नुको कारण यो पनि छ कि, कथित दलित समुदायमा पनि उप दलित र महा दलित भन्ने अर्को सानो उप समुदाय छ । दलित भित्रभित्रै पनि छोईछिटो र पानि बाराबार छ । समस्त समुदायले बाहुनसँग समानताको हक माग्छ तर दलितभित्रकै अलिक उपल्लो दलितले तल्लो दलितलाई त्यो हक दिन चाहदैन । सबैले अधिकार खोज्छन, शक्ति खोज्छन तर उनीहरु चाहन्छन त्यो आफूसम्म मात्रै आओस। आफूभन्दा तल दिनु नपरोस।

हिजो जनजातिलाई जबर्जस्ति नेपाली भाषा बोल्न, पढ्न र लेख्न लगाउने तथा हिन्दु धर्मका संस्कार गर्न लगाउने उनीहरुले भनेजस्तो कुनै एक समुदाय होइन सत्ता हो । मधेसी मित्रहरुलाई अनागरिकको स्तरमा राख्ने पनि कुनै समुदाय होइन सत्ता हो, शक्ति हो । मधेसी समुदायकै सत्ता र शक्तिमा रहेकाहरुले पनि सत्ता र शक्ति बाहिर रहेकालाई उत्तिकै चरम दमन र शोषण गरेका छन् । यो हामीले दिनहुँ देखेको कुरा हो । भनिन्छ नारीले आधा आकाश ढाकेका हुन्छन् । तर यहाँ आधारभूत अधिकार र हक लिन महिलाहरुलाई पनि उत्तिकै साह्रो परेको छ । महिलापनि पितृसत्तात्मक सोच र पुरुषबादी चिन्तन बिरुद्द आन्दोलित छन् । उनीहरुले पनि पुरुषवर्गलाई आफ्नो आँखाको तारो बनाएका छन्। यहाँ पनि उस्तैगरी पुरुषवर्ग एक्लो अपराधि होइन, सत्ता र शक्ति नै हो। सबै महिला पुरुषबाट मात्रै शोषित छैनन् । जब कुनै महिला निरिह छे उसले अरुबाट सास्ती भोगेकी छे। तर जब उसको हातमा शक्ति आउँछ, जब उ सासु हुन्छे अनि शोषक पनि हुन्छे। जब मालिक्नी/ हाकिमनी हुन्छे तब उसले नोकर र कर्मचारीलाई दमन गर्छे ।

अबको लडाई अन्तिम र निर्णायक होस् । यदि यो अबको लडाइले सबै किसिमका भेदभाव, दमन र शोषणको अन्त्य गरोस् भन्ने हो भने मूलशत्रु चिनेर मात्रै प्रहार गर्नुपर्छ। नत्र हाम्रो मुख्य शत्रु उम्किन सक्छ र फेरी यस्तै मौका आउनलाई अर्को आधा शताब्दी पर्खिनुपर्ने हुन सक्दछ। त्यसैले यो लडाइमा कुनै वर्ग, समुदाय, लिंग र भेगका आधारमा तँ तँ र म म गरेर आपसी मुटाव नबढाई मिलेर लड़नुछ। अबको नया नेपाल जनजाती बिना, बाहुन क्षेत्रीबिना, दलित या मधेसी बिना या महिला बिना चल्न सक्दैन। सत्तामा एकै परिवार, वर्ग र समुदायका मान्छेको मात्रै हाली मुहाली हुनु नै हाम्रो सबैभन्दा ठुलो समस्या हो| अब के गरेर कसरि हुन्छ हामि पनि त्यो सत्तामा पुग्नु नै आजको लडाइको अन्तिम र मुख्य अस्त्र हो। त्यसैले अब प्रहार गर्दा दोषि चिनेर प्रहार गर्न सकिएन भने हाम्रा सहयोध्दाहरुलाइ नै मार पर्न सक्छ र लडाइको दुखद अन्त्य हुनसक्दछ। यस्तो नहोस् कि धान खाएर मुसा भागीहालोस र भ्यागुतालाई भकारी छेउमा देखेको भर दोषि सम्झेर मारियोस्।

शिवानीका अन्य सामाग्रीहरु पढ्नुहोस्….

गजल-भित्र भित्रै मन मुटु

11948090_864952863582606_1820750819_n

-“देबेन्द्र खड्का”घायल”
भित्र भित्रै मन मुटु,जलेर आउदै छ प्यारी!
शरीर पुरै अंग अंग,गलेर आउदै छ प्यारी!!

थाहा छैन खै के हुने हो, परदेशी मरुभूमि मा,
धड्कन ढुक ढुक हुँदै,चलेर आउदै छ प्यारी!!

किन किन हार खान थाले आफ्नै भाग्य देखि,
मृत्युले पनि जिवनमा,छलेर आउदै छ प्यारी।

तिमि लाई सुख दिउला,भनि देश छाडेर हिडे,
अत्यास मन भित्र आगो,बलेर आउदै छ प्यारि।

चिता र जिन्दगी पनि,उस्तै उस्तै लाग्न थाल्यो,
मेरो लास बाकसमा, ढलेर आउदै छ प्यारी!!

गजल-अचेल राजनीतिमा……….

11944538_863968273681065_989272593_n

-मनोहर शाही

अचेल राजनीतिमा यस्तो सरकार आयो!
बिहान सबेरै काटमारको अखबर आयो !

किन ? रूवाउछाैं यति नेपाल आमालाई,
आँखा भरि सधैं बर्षादको असार आयो!

कतै चले गोलि कतै भुकम्प कतै महामारी,
यसरी पीडा माथी पीडा लगातार आयो!

बाध्य हुँदै खाडी तिर लाग्नु पर्‍यो युवा,
गरिबलाई खाने नभत्ता नरोजगार आयो!

भगवान ठानेर ढुङ्गा पुज्नु गल्ति गरेछु,
हेर सिसा जस्तै टुक्रिएको निधार आयो!

गजल-घरै यो जलाई खरानी म

11924711_863917557019470_957759155_n

-बेहोसी भिम रसाइली 

घरै यो जलाई खरानी म बेच्छु।।
र पागल भए जिन्दगानी म बेच्छु।।

तिमी सँग जस्तो महंगा त छैनन।
भएको यही हो जवानी म बेच्छु।।

सधै सम्झनाले सताई दिने ती।
तिमीले दिएको निशानी म बेच्छु।।

ब्यथा पीर लाई समेटेर लेखी।
सबै जिन्दगीको कहानी म बेच्छु।।

परेको छ बानी सडक माझ सुत्ने।
त्यसैले बिछ्यौना सिरानी म बेच्छु।।

शास्त्रीय शिक्षा- बर्तमान परिवेस

फणिन्द्र शान्त

फणिन्द्र शान्त

तपाईँ हामी सबैलाई थाहा छ, महाभारतका अर्जुन कति पराक्रमी थिए भन्ने कुरा।दिव्यास्त्रले सु-सज्जीत,धनुस् अस्त्रका सर्वश्रेष्ठ ज्ञाता अनि प्रत्यक्षरुपमा देखिएका महाभारत रणसंग्रामका महानायक।जसले कुरुक्षेत्रमा लाखौं सूरबीरहरुलाई धूलो चटाएका थिए।तर हामी मध्ये धेरैलाई यो थाहा नहुन सक्छ, तिनै अर्जुन कति निरीह प्राणी पनि थिए भन्ने तथ्य।
निश्चय नै,मैले यहाँ थोरै प्रसंग केलाउनै पर्ने हुन्छ।द्वापरका महानायक श्रीकृष्णको जीवनको अन्तिम घडीको प्रसंग।संक्षेपमा।
जब ठिटौले प्रधुमन(श्रीकृष्ण पुत्र)ले साथीसँग मिलेर थोत्रे कराई पेटमा बाँधी नक्कली गर्भवती बनेर दुर्वासा ऋषीलाई जिस्क्याए, दुर्वाषा अति क्रोधित बने।प्रचण्ड रीसका धनी त्रिकालदर्शी दुर्वाषा ऋषीले तत्काल तेरो वंश नास होस् भनी श्राप दिए।बन्दुकको गोली फर्केला तर दुर्वाषाको श्राप फर्कन्न भन्ने तथ्य राम्रोसँग बुझेका कृष्णलाई उक्त घटनाले गहीरो चिन्तामा डुबायो।ऋषी श्राप हुर्कदै गयो।फलस्वरुप यदुवंशीहरुमा मनमुटाब शुरु भयो।सानो कुरामा पनि आपसी कलहकासाथ मारकाट हुन थाल्यो।चिन्तित कृष्णले मुक्तिको जुक्ति निकाले।भर्खर जन्मेका वालकदेखी बृद्ध सम्म संपुर्ण द्वारिका वासी पुरुषहरुलाई यमुना स्नानका लागि पठाए।तर यमुनामै आपसी द्वन्द शुरु भयो।काटमार शुरु भयो।यमुनामा सङ्लो पानीको ठाउँमा रगतको भेल बग्यो।अन्ततः स्नान हेतु: गएका प्रधुमन लगायत संपूर्ण यमुनामै विलय भए।
सारा बस्ती उराठ बन्यो।महीला चित्कार सिवाय बाँकि केही रहेन राज्यमा।यसले कृष्णलाई नितान्त एकान्त प्रेमी बनायो।यसै शिलसिलामा उनी एक दिन त्यसै बिरक्तिएर जंगलमा सुतिरहेका थिए।उपरखुट्टी लगाएर रुखमुनी सुतिरहेका वेला बालीझिमर नामक सिकारीको नजर कृष्णको पैतालामा ठोक्कियो।औंलामा रत्न टल्किरहेको थियो।त्यसैलाई सिकारीले मृग नयन ठानी बाण प्रयोग गर्दा कृष्ण घाइते हुन पुगे।कृष्ण घाइते भएर मृत्यु कुरिरहेको खबर वायुसरी सर्वत्र फैलियो।यो सुनी ५ पाण्डव पनि हत्तारिदै द्वारिका पुगे।कृष्णले जीवनको अन्तिम क्षणमा अर्जुनलाई एक महत्वपूर्ण जिम्मेवारी सुम्पिए।द्वारिकाका समस्त नारीहरुलाई उनीहरुको जायजेथा सहीत हस्तिनापूर लगी उतै ब्यवस्थापन गर्ने।कृष्णलाई राम्रोसँग थाहा थियो उनीबिना द्वारिकामा ती विदुवाहरुको ठूलो बिचल्ली हुनेछ।जुन उनी चाहँदैनथे।नाताले जेठान अनि आस्थाले भगवान सरह कृष्णले दिएको जिम्मेवारी नस्विकार्ने कुरै थिएन।अर्जुनले सहजै स्विकारे।तदानुरुप श्रीकृष्णको दाहसंस्कार पछि अर्जुन आफ्नो जिम्मेवारीमा सकृय भए।महीला तथा महीलाका पोकापत्यौरा सहीत अर्जुनको निगरानीमा रथहरु हस्तिनापुरका लागि रवाना भए।
युद्धमा अर्जुनलाई कसैले पनि चुनौती दिन सक्दैन भन्ने ५ पाण्डवमा अहमता थियो।जुन स्वभाविक थियो।कर्ण, भीष्म, द्रोण जस्ता परमबीरलाई माटोमा मिलाएका अर्जुनसँग जोरी खोज्नु यमराज डाक्नु सरह थियो।हरकोहीका लागि।सामान्य रैती त के राजा महाराजाहरु जो अर्जुनलाई जान्दथे, निहुँ खोज्ने कुरा सोच्न पनि सक्दैनथे।तर…..
तर हस्तिनापूर फर्कने क्रममा, बिच जंगलमा केही लुटेराहरुले अर्जुनको बाटो छेके।धनमाल तथा नारीहरु माथि जाई लागे।ती जंगल निवासी डाकाहरु अर्जुनलाई चिन्दैन थिए।अर्जुनले आफ्नो परिचय दिदै अपहरण र लुटपाटको कोशिश नगर्न चेतावनी दिए।जो अर्जुनलाई नै चिन्दैनथे त उनको पराक्रमसँग के को लेनादेना??लुटेराहरुले आफ्नो कार्य जारी राखे।लुटेरा तह: लगाउन गाण्डुव धनुधारी अर्जुनले आफ्नो अस्त्र उठाउन खोजे।तर… तर अँ हँ, उनको अस्त्र पटक्कै उठेन।जुन अस्त्रले आफुले लड्नै नचाहेको महाभारत युद्धमा सारा सूरबीर परास्त पारेको थियो आज आफैं संकटमा परेको बेला पटक्कै ताँजो लाग्न मानेन।
संसारले सर्वश्रेष्ठ पराक्रमी भनेर चिनेको अर्जुनको सामुन्ने लुटपाट र नारी अपहरण भइरहयो।अर्जुन एक भलाद्मी दर्शक झैं उक्त गतिविधी हेर्न बाध्य थिए।नीरीह….नीरीह….एकदम नीरीह बनेर।त्यसक्षण अति मलीन स्वरमा अर्जुनले मात्र एक वचन बोलेका थिए, छली कृष्ण! म माथि ठूलो छल गरेर गयौ।
हो, बर्तमान परिवेसमा हाम्रा वरिपरी अनेक अनेक अर्जुनहरु यत्रतत्र छरपस्ट भेटिन्छन्, जो जानाजान वा अनजानैमा कृष्णका गोटी बनेर दायाँ-बायाँ तल-माथि चौतर्फी बुर्कुसी मार्न उद्धत छन्।आधुनिक कृष्णहरु त झन कति हो कति!! जो आफ्नो स्वार्थपुर्ति खातिर पर्दा पछाडीबाटै कुरुक्षेत्र तयार पार्छन् अनि सोझा अर्जुनहरुको सहायताले नरसंहार गर्छन्।फरक यत्ति छ, कुरुक्षेत्रमा अर्जुनले युद्ध गर्न नमान्दा कृष्णले विराट रुपद्वारा डर देखाएका थिए भने कलीयुगी कृष्णहरु लोभलालचका पोका देखाएर अर्जुनहरुलाई युद्धभूमीमा उतार्छन्।फरक यो पनि छ, द्वापरका अर्जुन सोझा थिए,स्वाभिमानी थिए।कलीका अर्जुन महत्वकांक्षी छन् गोबरभित्र गोब्रेकीरो हराए झैं स्वार्थभित्र लुटपुटिई हाल्छन्।जहाँ जसरी प्रयोग भए पनि प्राप्ताङ्क निश्चित छ, अर्जुनका भागमा पर्ने भनेको बाबाजीको ठूल्लु मात्रै हो।लीला त सब कृष्णकै।
बर्तमानमा हाम्रै आँखा अगाडी यी यावद घटनाहरु सर्वाङ्ग उदाङ्गो छ तर हामी देख्दैनौँ।होइन होइन देख्नै चाहँदैनौँ।केही बर्ष अघि पर्दा पछाडीबाट कृष्णेहरुले अर्जुनेहरुको उपयोग गर्दै हजारौंहजार सोझा नेपालीहरुको बली चढाए।आज हेर्नूस् ती अर्जुनहरुको हालत।प्रत्येक वडा वडामा होलान्।कति लाचार छन्।कति घाइते छन्,कति अपाङ्ग छन् अनि कति त बेपत्ता।जति जहाँ छन् सबै बेसहारा/निहत्था/शक्तिहीन/लाचार/निरीह।
जल्दोबल्दो परिवेसमा त झन् कृष्णहरुले हद पार गरिरहेछन्।अर्जूनेहरुको टाउकाको मुल्य तोकेर।श्रीफ मैदान उतार्नकालागि।वाह!! कृष्ण!!! तिम्रो लीला।कहीँ जातका नाममा,कहीँ खण्ड अखण्डको नाममा,कहीँ धर्मको नाममा,कहीँ सत्ताको नाममा। आज मैदान उतार्ने कृष्णेहरु भोली उनीहरुको स्वार्थपुर्ति पश्चात तपाईँसँग यसरी नै पेश होलान्?? हिजो भएका थिए?? तथ्य एकपटक राम्ररी केलाउन जरुरी छ।भगवान कृष्णले त छल बाहेक अर्जुनलाई केही दिएनन् भने कलीयुगी कृष्णको कुरै छोड्नूस्।निचोरीसकेको कागतीको खोस्टोलाई झैं मिल्काउने छन् तल..तल.. निक्कै तल भीर मुनी, नामोनिशाना मेटिने गरी।
म यहाँ कसैलाई उपदेश दिइरहेको छुइनँ, न त मेरो सामर्थ्य नै छ। म त मात्र के अपिल गरिरहेछु भने, पुरातन शास्त्रहरुले हाम्रो मार्ग सजिलो बनाएका छन्।त्यसबाट शिक्षा लिनु जरुरी छ।शान्ति सदभाव रोज्ने हो कि भद्रगोल अनि अराजकता??सबै आफ्नै हातमा छ। पराक्रमी बनी आफ्नै साखासन्तान मार्न मैदान उत्रनु अघि लीलाधारी कृष्णहरुलाई चिन्ने प्रयत्न गरौं।रोजे नि आँखा खोलेर रोजौँ न कि अन्धभक्त भएर।बन्द हडतालको नाममा मैदानमा हामफाल्नु अघि स्वबिवेक प्रयोग गरौँ नत्र भने अर्जुनले झैं छली कृष्ण भन्दै पुर्पुरोमा हात लगाउनुको बिकल्प रहनेछैन।

यो लेख तयार पार्न सहयोग गर्नुहुने मेरो परम् मित्र बिकास कार्कीलाई धन्यवाद नदिई रहन सक्दिन।

फणिन्द्रद्वारा लिखित अन्य सामाग्रीहरु पढ्नुहोस्…

गजल-आँखामा अनेक…….

11960020_134946916849614_5223350997254826340_n

-संगीता थापा 

आँखामा अनेक भ्रम आइरहन्छ!!
सपनाहरुको मौसम आइरहन्छ!!

यो शहरको भिडमा मिसिएर गाउँ,
सम्झनामा हरदम आइरहन्छ !

जिन्दगी बाटो रहेछ यो बाटो हुँदै,
कैले खुशी कैले गम आइरहन्छ !

तिमीले छोडेको यो बस्तिसम्म,
तुफान बरु कमसे कम आइरहन्छ!

एक नजर प्रवाश बाट देशमा….

11933066_862263180518241_861860319_n

सुरेश प्रसाद अर्याल “कान्छो”

जब जनता सडकमा आएर सत्ताको अगाडि छाती थापेर प्रतिरोध गर्छन्,त्यस्को पछाडि स्पष्ट कारणहरू हुने गर्छन्।कुनै पनि आंदोलन र क्रांति स्पष्ट कारण बिना प्रारम्भ हुनै सक्दैन र जब त्यो निश्चित कारणको लागि सर्वसाधारण ले रगत बगाउछ,त्यो रगतले रंक्तिम परिवर्तन को इतिहास कोरेको हुन्छ।साथ-साथै भोलीको सुदंर,शान्त र विकसित देश,समाज र विश्वको खाका पनि कोरेको हुन्छ।सर्वसाधारण को प्रतिकार उग्र नै किन नहोस्,त्यो उग्रता क्षणिक हुन्छ,वास्तविक र कालजयी लक्ष भनेको शान्ति र प्रगति नै हुने गर्छन्।
दिनभरीका घटनाहरू मानसपटलमा केलाउछु।उदेक लाग्छ।देश बाट धेरै टाढा छु तर पनि छाती पोल्छ।तन पो याहा छ,मन र चेतना त हरपल मेरो देशमै छ नि!!
अचम्म लाग्छ,केहि दिन अघि सम्म संघियताको लागि थापिएका छातिहरू आज आ-आफ्नो जिल्ला र अञ्चल टुक्रिदा टुक्रिएको विरोधमा फेरि थापिएका छन् लाठी र गोली खान।साच्चै हामीले के बुझेका रै छौ त संघिएताको बारेमा?कतै केहि अगुवा भनाउदाहरूका लहलहैमा हामी बरालिएका त छैनौ??
मन मेरो पनि दुखेको थियो र दुखेको छ रक्ताम्य निर्दोसहरूलाई देख्दा।
लुम्बीनीलाई अलग गरेको सुन्दा म नि रानी हराएको मौरी झै भएको हूँ र लुम्बिनी पूनह:5 न. मा फिर्ता पाए पछि शान्त भएको हूँ।जे मेरो हाल थियो त्यो अहिले अरू प्रदेशका वासीहरूको हाल छ।अब विचार गरौ-हामीलाई फुट्नु छैन,अलगिनु छैन त किन फेरि यो संघियता को किचकिच??चार जनाले बन्द कोठामा बसेर देशको भाग्यको निर्माण गर्ने हक कस्ले दियो?अनि लाठी-गोलीनै खानु छ भने अखण्ड नेपालको लागि किन नखाने?जिल्ला,अञ्चल र प्रदेश त त्यसै नि हाम्रा छदै छन् नि।किन व्यर्थ मा नभएको किचलोमा तन र धन खर्चिने??
यि भन्दा धेरै ठूला मुद्दा जिउदै छन्-देशका सिमा मिचिएका छन्,देशका संसाधन हरूको वाहिरी शक्ति द्वारा शोषण भै रहेको छ।देशमा सैयौ विकासका योजनाहरू रोकिएका छन्,कानून-व्यवस्था फितलो छ,वैज्ञानिक शिक्षा प्रणालीको अभाव छ।हजेरौ काम छन् जो तुरून्त गरिनु पर्ने छ।अब भन्नुस् त,देशको कर्तव्य र जिम्मेवारीमा रहेका व्यक्तिले यता तिर ध्यान दिनु पर्ने हो कि अंश बण्ड लगाउने खेल खेलेर रगत बगाउने हो??पहिला घर बनाउने अनि त्यस पछि कोठा र तला को कुरो गर्ने हो कि घर बनाउन काहा छ काहा,त्यो भन्दा पहिला नै नभाका कोठा र तलाको लागि लडिमरी गर्ने??
हजुर…समय धेरै फेरिएको छ।अब गोली र वारूद अनि रक्तले परिवर्तन ल्याउने जमाना गै सकेको छ।यदि यस्तो संभव थियो भने किन अस्ति भर्खर विश्वका छ शक्तिशाली राष्ट्रहरूले ईरान संग झुकेर संझौता गर्थे??अध्यन गर्नुस् त्यो संझौता,थाहा लाग्ने छ कि अबको इतिहास र परिवर्तन भनेको दिमाग र सुझबुझले लेखिने हो/आउने हो।
सामाजिक संजालहरूमा विभिन्न विषयमा बुद्धिजीवी मानिएकाहरूको लेख र दृष्टिकोण देख्छु त धेरै मामिलामा दंग पर्छु।एक स्तरमा पुगेकाहरूको धर्म, जात , राजनीति , समाज आदि ईत्यादि प्रतिको दृष्टिकोण ले नचाहादा नि भन्न बाध्य पार्छ कि हामी एक्काईसौ सदीमा नि कति संकिर्ण सोच लिएर बसेका छौ।नजानेर मूर्ख हुनु स्वभाविक हो तर सबै थाहा हुदा हुदै पनि मूर्ख हुनुको कारण के त?
प्रजातंत्र र समानताको सुगा रटाई गर्ने कतिलाई यो तितो सत्य थासा छ कि यि भनेका मात्र आदर्श हुन्,वास्तवमा संभव नै छैन।भन्नुस् त काहा छ समानता?अमेरिका मा छ?ब्रिटेनमा छ?विश्व को सबै भन्दा ठूलो लोकतान्त्रिक देश भारतमा छ?कानून बनाउदैमा कानूनमा लेखिएको सबै भैजान्छ र?
समानता,शान्ति र विकास भनेको व्यक्ति ले आफुले आफुमा ल्याउने र विकास गर्ने कुरा हुन्।कसैको हक,शान्ति र विकास खोसेर के अर्को व्यक्तिले प्रगति गर्न सक्छ र?साथ र सहयोगले समानता,प्रजातंत्र,विकास र शान्ति आउछ,एक-अर्काको विरोध र आपसमा संघर्ष गरेर आउदैन।वास्तवमा भन्ने हो भने प्रत्येक देशले राखेका सैनिक,बनाएका सिमाना,फैलाएका यो वाद र त्यो वाद मात्र भ्रम हुन्।मुठ्ठी भरीकाले आफ्नो व्यक्तिगत स्वार्थको लागि बनाएका झुठा तंत्र मात्र हुन्।यि अनावश्यक कुरामा खर्च गर्ने रकम गरीबी,विमारीको निर्मूलता र विकासको लागि सम्पूर्ण विश्व मिलेर खर्च गरे पृथ्वी धेरै अगि नै स्वर्ग सरि भै सक्थ्यो।
“समय रहदै बुझौ,अंश-बण्ड र संकुचित विचारले न त सम्पूर्ण शान्ति आउछ,न विकास हुनेछ न समानता आउने छ न प्रजातंत्र।अबको हाम्रो सोच भनेको-अखण्ड नेपाल_एकजुट नेपाली=विकास,शान्ति र समृद्धि”….!

(सिमाना र तंत्र सदैव एक वर्गको स्वार्थको लागि कोरिएको र थोपिएको हुन्छ।शान्ति,विकास र समृद्धि को न त सिमाना हुन्छ न कुनै एक तंत्र।यि प्राकृतिक हुन्छन् र प्रकृति द्वारा नै प्रत्येक व्यक्ति लाई प्रदान गरिएको हुन्छ।त्यसैले व्यक्ति संयमले आफुमा विकास गर्नु पर्दछ।तसर्थ यथार्थ मा विरोध वा संघर्ष को कुनै अर्थ छैन।
आफु नै आफ्नो नायक बनौ।अरूलाई आफ्नो नायक बनाएर पछौटे नबनौ।)

गजल-धुवाँले मात्र घर…..

11944544_863467540397805_242179974_n

-गजेन्द्र ‘अतीत’ बोहरा

धुवाँले मात्र घर जलाइएको छ!
अनि मेरो रहर जलाइएको छ!

समयले यस्तो बर्षात गरायो हेर,
बाढीले पनि बगर जलाएको छ!

हुलाकी ले बन्द खाम दिएर गयो,
खाम भित्र को खबर जलाएको छ!

यतै कतै हत्यारा लुकेको हुनुपर्छ,
हेरन लास भर्खर जलाएको छ !

आगोको नै श्रिङ्गार गरिछ उस्ले,
मैले हेर्ने नजर जलाएको छ !

कविता :- समर्पित….

11933066_862263180518241_861860319_n

-सुरेश प्रसाद अर्याल “कान्छो”

टुकी धिप-धिप बलेको हुन्थ्यो।

दाँतले कुटुक्क पारेको एउटा काफल गेडी
हामी सबैलाई पुग्थ्यो।
मैले कहिलै सोधिन,
जान्ने प्रयास गरिन-
आमालाई पुग्थ्यो कि नाई!!

जिन्दगीमा वाल्यकाल दुई चोटी आउदो रहेछ!!

अहिले म ठूलो भएको छु
आमा सानो!!

जिन्दगीमा बाल्यकाल दुई चोटी आउदो रहेछ
तर फरक तरिकाले।

म संग थुप्रै काफल गेडी छन्।

जसै म आमा तिर दाहिने हाथ बढाउछु
दाहिने तिर बाट हात निस्कन्छ
छोराको।

फेरी म देब्रे हात बढाउछु।
देर्ब्रे तिर बाट अर्को हात निस्कन्छ
छोरीको।

गोजी छाम्छु
श्रीमतीको हात भेट्छु
गोजी टकटकाउदै!!

हातै पिच्छे हात,हातै पिच्छे हात…हजारौ हातहरू..!!

आमा,म वा कसै बिच कुनै साँध छैन
छन् त यिनै हातहरू!!
कहिले कसका..कहिले कसका!!

हैन गाठे!!
आमाले दाँतले कुटुक्क पारेको एउटा सानो काफलगेडी त
सबैलाई पुग्थ्यो है!!

किन पुराउन सक्दिन म आमा सम्म सानो टुक्रो काफल गेडी?
किन?किन??किनअsssssssssss….

एक तर्फी बग्दो रहेछ जीवन
आफैले समयको ब्याडमा उमारेका हातहरूले
आफैलाई अंगुठा देखाउदा रहेछन्….।

“आमा….”
-म उहि “कान्छो”
गोरे!!

समर्पित…

कविता-“आमाको देश”

10731020_895586020460689_8182588106999899065_n

-रमेश सायन 
हिंडेथेँ,
आमाको देशबाट
शीतका पाइलाहरू कुल्चँदै–कुल्चँदै
सपनाको राजमार्ग छिचोल्दै–छिचोल्दै
आइपुगेछु एक विरानो भूगोलमा
जहाँ तर्सन्छु आफ्नै छाया नमिलेको देखेर
जहाँ एक कुनामा उभिन्छ साहुका राता आँखा
र अर्काे कुनामा देखिन्छ
भुईँतिर खसेका पखेटा र आकाश छुन उडेका सपनाहरूको जुलुस
र मध्यबिन्दूमा उभिन्छ
ठेगाना नबिराई आएको आमाको चिठीपत्र

आमा पत्रमा पठाउनुहुन्छ आफ्नै आयु घटाएर मेरो दीर्घायु
पहरामा ठोक्किँदै खसेको घाम
एक लय भीरफूलको गीत
बगैंचामा खसेको हजारीको धारा
आफ्ना चोखा इन्द्रिय
र मेरै लाटो चेतना

आमा
आधा मिलेको, आधा नमिलेको
मेरै जीवन–लय पठाउनुहुन्छ ।
ड्ड

दशैंमा जमरा टीका
तिहारमा देउसी–भैलो
उधौली–उभांैली, साकेला–मारुनी
र यो मरुभूमिमा एउटा चौकोसा आँगन पठाइदिनुहुन्छ ।

आमा यो परदेशमा
म बिना न्यास्रो मानिरहेको चाडपर्व पठाइदिनुहुन्छ ।

आमा पठाउनु हुन्छ
लोग्ने विदेसिएको नवदुलहीको मलिन साँझ
धारामा बज्ने चुराको सङ्गीत
तिर्खा हिंड्ने बाटो
गाउँको एक्लो चौतारो
र लाहुरे घर फर्की नआएको उदास आँगन

आमा मैले उफ्री हिँडेको सिङ्गो गाउँ पठाइदिनुहुन्छ ।
ड्ड
बार्दलीबाट हातले हिमाल टिपेर
पोल्टामा सेकाइराख्नुहुन्छ
आँखाले तराई टिपेर
छातीमा टाँसिराख्नुहुन्छ
शिरले पहाड थेगेर
निधारमा उभ्याइराख्नुहुन्छ

आमा सबै जम्मा गर्नुहुन्छ
र मलाई परदेशमा देश पठाइदिनुहुन्छ ।
ड्ड
पत्रमै पठाइदिनुहुन्छ
बाँझो बारीमा भोको सुगाको मलिन आवाज
रित्तो गोठ
खाली किलो

परदेशमा आमा मेरो खेतीकिसानी पठाइदिनुहुन्छ ।

अनि अन्तिममा बडो प्रेमले लेख्नुहुन्छ –
“छोरा, यसपालि पनि दलिनमा लगायो गौँथलीले गुँड
माटो गैरीखेतकै रै’छ
जुन गुँडअगाडि उभिएर
तैंले पठाएको पैसाले चाउचाउ किनी खान्छु
मङ्सिरमा त्यही खेतमा
तैंले धान झारेको सपना देख्छु!!

गजल-यो तराई, यो पहाड….

11910897_862144490530110_1365335150_n

-दिलीप राई सगर

यो तराई, यो पहाड, यो हिमाल हो हाम्रै!!
यो संघीय गणतन्त्र, नयाँ नेपाल हो हाम्रै!!

यी वहुल जाती भाषा, धर्म,कला-संस्कृति,
यो पौरख, यो गौरव, यो सँन्जाल हो हाम्रै!!

श्रम पसिना छरी हेरुँ, फल्दछ हीरामोती,
यो जमीन, यो जलवायु,यो प्रखाल हो हाम्रै!!

धरोहर हुन यी हाम्रा, पुर्खाले छाडी गएका,
यो मन्दिर,यो माङ्खिम,यो टुँडाल हो हाम्रै!!

को आर्य,को किरात,को मंगोल सबै नेपाली,
यो चौतारी, यो पंधेरी, यो सियाँल हो हाम्रै!!

गजल-उजाडिएको शहरमा….

11920331_864716323605876_996503765_n

-राधा भट्टराई

उजाडिएको शहरमा आशाको किरण देख्न पाउँ!!
नाबालकका रहरमा आशाको किरण देख्न पाउँ !!
*
थालेछन सुसेल्न नि सुस्केरा छाड्ने ति ओँठहरु,
देशवासीको नजरमा आशाको किरण देख्न पाउँ!
*
एकमुठी सामललाई ज्यान नै धरौटी राख्ने दाई,
तिम्रा चारै प्रहरमा आशाको किरण देख्न पाउँ!!
*
जन्मे देखी मृत्यु सम्म जन्ताले बजेट मात्र सुन्यौ,
हतासिँदो कहरमा आशाको किरण देख्न पाउँ!!
*
अशान्त र विनाशको यथार्थ बाहिर नआएपनि,
प्रियतमको अधरमा आशाको किरण देख्न पाउँ !!

प्रहरी किन सँधै चेपुवामा ?

प्रहरी किन सँधै चेपुवामा ?

विपुल सिंजापति

विपुल सिजापति

सुरक्षाको दृष्टिले हेर्दा २०४५ सालसम्म पहाडका गा.बि.स.मा सुरक्षाको लागि १ हवल्दारको मातहतमा ४ सिपाही सहितको प्रहरीको दरबन्दिले राम्रै सुरक्षा दिइरहेको थियो । पहाडी गा.बि.स.का ९ वडा हेर्न प्रहरी सक्षम हुनुमा कार्यदक्षता भन्दा पनि आम जनतामा रहेको अनुसाशन, कानूनको डर र अपराधबाट टाढा रहने बानी थियो । ४५ सालसम्म साझा बसको अन्तिम सेवा रत्नपार्कबाट राती ९.३० लगनखेलसम्म छुट्थ्यो । माघ महिनामा विवाहबाट फर्किएका नेवार दिदीबहिनीहरु झपक्क गहना लगाएर ९.३० बजेको बस चढेर घर फर्केको पनि देखियो ।

हतियारबद्ध सेना र प्रहरी कहिल्यै आफ्नो तहबाट हतियार चलाउन सक्दैनन्, सरकारबाट सि.डि.ओ. लाई र सि.डि.ओ.को आदेशपछि मात्र प्रहरीले गोली चलाउन सक्छन् भने सेनाले त विशेष परिस्थितिमा मात्र गोली चलाउन सक्छन् । जनपद प्रहरीको मुख्य कार्य अपराध रोकथाम, अनुसन्धान र खोजी कार्य हो । जुनसुकै सरकारको आदेश पालना गर्ने प्रहरीबाट पञ्चायत कालमा जे जति ज्यादति हुनगयो त्यो सरकारले लाइअह्राएको जिम्मेवारी पुरा गर्ने क्रममा नै भएका हुन् र यसको जिम्मेवारी सँधै तत्कालीन सरकारको हो, कनि भने प्रहरी एक माध्यम मात्र हो र तत्कालीन कानूनको पालना गराउने एक अङ्ग मात्र हो । ४६ सालको आन्दोलनमा कालिमाटिमा ४ निर्दोष प्रहरी मारिए । खुकुरी सेना र प्रहरी दुवैको युनिफर्मको आत्मरक्षात्मक अस्त्र थियो । प्रहरीको पोशाक फेरिएर निलो भएको बेलामा भीडले गाडीभित्रका प्रहरीसँग भएको खुकुरीको आधारमा मण्डलेको संज्ञा दिएर अमानुषिक हत्या गर्‍यो ।

४६ सालपछि विभिन्न दलका सरकार बन्यो, आन्दोलन भए । शान्तिसुरक्षा कायम गर्न र दंगाबाट हुनसक्ने क्षति जोगाउन सरकारकै आदेश अनुसार शान्तिसुरक्षा कायम गर्ने क्रममा बल प्रयोग हुनु स्वाभाविक हो । यहाँ एउटा कुरा के बिचार गर्नु पर्दछ भने प्रहरी अन्य ग्रहबाट आएको प्राणी होइन् । हाम्रै गाउँसमाजबाट आएका हाडछाला युक्त व्यक्तिहरु हुन् । उनिहरुमा पनि मानवीय संवेदना हुन्छ, भोक प्यास लाग्छ हाँसो खुसी आवग उत्साह सबै हुन्छ । फरक के भने बर्षौको तालिमबाट संयमित र अनुशासित हुन्छन् र त हतियार भए पनि बिना आदेश चलाउँदैनन् । तर संयमको हद पार भएपछि प्रहरीबाट पनि धेरै अमानुषिक कार्य भएका छन् ।

भारतबाट अङ्ग्रेज गए पनि भारतलाई बलिये प्रशासनतन्त्र दिएर गए । विधिको शासन र विधिको पालना गर्ने बलियो प्रशासन तन्त्रकै कारणले पि.भि नर्सिहराव जस्ता प्रधानमन्त्री पनि जेलमा सडेर मरे । ननेपालको हकमा भने ४६ सालपछि प्रशासनतन्त्र सरकारको खेलौना बन्न पुग्यो । यसको सिकार प्रहरी पनि बन्यो । छोराको विवाह आइ.जी.पि निवासबाटै गर्ने धोको बोकेका रत्न शम्शेर उमेरको हद लगाएर निकालिए तर यसको भित्री पक्ष भने गृहमन्त्रि देउवा र मोतिलाल बोहराको साँठगाँठ थियो । यहाँबाट नै प्रहरी खेलौना बन्न पुग्यो । आइ.जी.पि र अन्य ठूला दर्जा लिन उच्च तहका प्रहरीहरु नेताका चाकरी गर्न लागे । एमाले सरकारले अच्युत खेरललाई हटाएर ध्रुब प्रधानलाई आइ.जी.पि बनायो तर प्रधानले निहित स्वार्थवस यो गलत भयो र यसले सङ्गठनलाई फाइदा पुग्दैन भनेर अस्वीकार गरेनन् । मुद्दा चल्यो, खरेल पुनः आइ.जी.पि बने । बिशिष्ठ श्रेणीका सबबै प्रहरीहरु नेताको आरक्षण प्राप्त गरेर ठूलो दर्जा पाउने होडबाजिमा लागे । नातावाद, कृपावाद र नेताको नाताले हरेक पद अवसर र सुविधा लिन सकिन्छ भन्ने संस्कार तल्लो तहसम्मको प्रहरीमा यसै कारणले व्याप्त हुनगयो । फलतः धेरै प्रहरीहरु भ्रष्ट भए ।

माओवादी युद्ध राजनैतिक विद्रोह थियो । यसको प्रतिकार गर्न न त प्रहरी सक्षम थियो, न त तालिमाप्राप्त थियो, न हतियार नै थियो र मुख्य कुरा यो कार्य जनपद प्रहरीको थिँदै थिएन । प्रहरी ऐन प्रहरी नियमावलिले समेत यो कार्य प्रहरीको हो भनेर निर्दिष्ट नगरेको अवस्थामा सरकारले प्रहरीलाई नै प्रतिकारको लागि खटायो र धेरैपछि मात्र सशसत्र प्रहरी बल गठन गर्‍यो । नेताहरूको चाकर बनेर पद पाएका अधिकांश आइ.जी.पि.हरुलाई ध्यान दिएमा राजनैतिक गठबन्धनमा परेर आइ.जी.पि. भएका धेरै आइ.जी.पि.हरू काण्ड लागेका छन् । हेम बहादुर गुरुड, रमेशचन्द्र ठकुरी, ओम विक्रम राणा अझै मुद्दा खेप्दै छन् । प्रहरीमा कुवेर सिंह रानादेखि मात्र केही सुधार आएको देखिन्छ र रानाको कार्य प्रणलीका साथै पुरानो मानसिकता भएका प्रहरीहरु सङ्गठनबाट हटनु नै यसका मुख्य कारण हुन् ।

४६ सालपछि राजनैतिक संरक्षणका कारणले सङ्गठित अपराध बढेको स्पष्ट देखिन्छ । संरक्षाणकै कारणले अपराधीहरु हिस्ट्रिसटर बन्दै गए र अन्त्य पनि चरी र घैटेको भयो । देशमा अपराध र भ्रष्टाचार चुलिदा पनि न्युनिकरण गर्न नसक्नुमा कमजोर प्रशासनतन्त्र र खेलौना समान बनेको प्रहरी प्रशासनको कारण नै देखिन्छ । अहिले स्थिति परिवर्तन भएको छ । प्रहरीमा रमेश खरेल, पुष्कर कार्की सर्वेन्द्र खनाल जस्ता आँटिला र कानुनलाई सर्वोपरि ठान्ने प्रहरीहरु आएका छन् । निश्चय नै यिनिहरुबाट सुरक्षित समाजको कल्पना गर्न सकिन्छ तर यिनीहरू पनि कानूनव्दारा बाँधिएका छन् । यिनीहरूलाई पनि माथिको आदेश पालना गर्नु पर्दछ । भारतमा किरण बेदीले नो पार्किढमा रोकिएको प्रधानमन्त्रीको गाडीलाई क्रेनले उठाएकि थिइन् । यस्तो साहसिक कार्य गर्नुको पछाडि उनको आत्मबल त छँदै थियो, त्यो भन्दा पनि बढी उनी बलियो प्रशासनतन्त्रको संरक्षणमा थिइन् । त्यसैले नेपालमा जबसम्म निर्भीक, न्यायिक र राजनीतिकरण रहित बलियो प्रशासनतन्त्र हुँदैन, तबसम्म खरेल कार्की र खनालले केही हदसम्म हात बाँधेरै बस्नु पर्ने देखिन्छ, प्रहरी चेपुवामै परिरहन बाध्य हुनेछ ।

गीत- उहीँ आकाश

मोहन अधिकारी

– मोहन अधिकारी

उहीँ आकाश उहीँ धर्ती माटो अलग-अलग भयो ।

हामी हिड्ने जिन्दगीको बाटो अलग-अलग भयो ।

सँगै खेल्यौं, सँगै हाँस्यौं, रोयौं सँगसँगै

एक अर्काका घाउहरु धोयौं सँगसँगै

उही घाउ उहीँ चोट खाटो अलग-अलग भयो ।

हामी हिड्ने जिन्दगीको ………………………..

उतातिर आँसु झर्दा गह भिज्थ्यो यता

यता घाउ बल्झिदिंदा मुटु घोच्थ्यो उता

उहीँ धर्म उहीँ कर्म पाटो अलग-अलग भयो ।

हामी हिड्ने जिन्दगीको ………………………..

# उहीँ धर्म = मानव धर्म, उहीँ कर्म = मानव कर्म ।

मोहनका अरु सामाग्री पढ्नुहोस।

“नक्सा”……

11910612_864087983668710_2101173513_n

-सफल सुरज 

प्रिय,

तिमीलाई थाहै छ इन्द्रावतीको बगरमा बसेर सँधै तिमी नआउन्जेल नेपालको नक्सा बनाएर बस्थेँ म ,बालुवाको थुप्रोमा । सँधै यस्तो गर्दा तिमीले सोध्थ्यौ नि किन सँधै तिमी यो नक्सा बनाउछौ भनेर । तर म मुसुक्क मुस्कुराएर भन्थेँ, “लाटी यो मेरो देशको नक्सा हो । मलाई यो नक्सा कोर्दा छुट्टै आनन्द आउँछ । हेर त कस्तो मुस्कुराएको छ मेरो देशको नक्सा । यो भन्दा बाहिर कति खस्रो छ तर नक्सा भित्र कति नरम छ कति शान्ती मिल्छ छुँदा पनि ।
“तिमी मलाई जिस्काउन खोज्दै भन्थ्यौ, “हेर कुनै दिन यो खस्रो भागले भित्रको नरमपनलाई खाइदिन्छ र त्याँ पनि खस्रो हुन्छ ।”
मलाई त्यतिबेला निकै नमजा लाग्थ्यो तर तिम्रा मुस्कानले मेरा सारा नमज्जापन लुटेर आनन्दित तुल्याई दिन्थ्यो ।
तर पृय हेर त आज तिमीले भने झैँ बाहिरी खस्रो पनले भित्रको नरम पनलाई खाई सक्यो । आज यहाँ दाजुभाइमा नै काटाकाट भइरहेछ । आफ्नाले नै आफ्नाका रगत पिइरहेछन् । साँच्चै आज तिमीले भने झैँ भएको छ । म के भनौँ तिम्रो बोलीमा ईश्वरको बाँस छ या त राक्षसको ? कताकता मलाई तिम्रो बोलीले नै मेरो नरम देशको नक्सा खस्रो र टुक्राटुक्रा भएको हो झैं लाग्न थालेको छ । साँच्चै तिम्रो बोलीमा त्यस्तै इश्वरिय शक्ति भए एक पटक भनी देउ न फेरि जोडिने छ तिम्रो देशको नक्सा र फेरि हुनेछ त्यो नक्सा नरम । कतै फेरि मेरो नक्सा उस्तै देखिनेछ कि ?
त्यस्तै एक दिन याद छ? त्यो दिन मैले कोरेको नक्सा नदिको छाल आएर बगाएको थियो । म निकै निरास भएको थिएँ बाहिरी शक्तिले मेरो देश बगायो भन्दै । त्यति खेर मलाई गिज्याउँदै भनेकी थियौ, “खुच्चिङ पर्‍यो । गल्ती तिम्रै त हो नि । फेरि बनाउ फेरि मेटिन्छ ।”
तिमीले त्यसो भन्दा मलाई निकै रिस उठेको थियो । मैले तिमीलाई भनेको थिएँ, “जाउ तिमीसँग बोल्दिनँ आफुले माया गरेको मान्छेले त आफ्नो ख्याल गर्दैन । उसको दुखलाई माया गर्दैन भने माया गर्नुको के अर्थ? भो मसँग नबोल मलाई एक्लै छोड्देउ ।”
तब तिमी निकै उदास भएकी थियौ यस्तो लाग्थ्यो कि सुन्दर निलो आकाशमा धमिलो बादल मडारी रहेछ। तिम्रा आँखामा आँशुको दह बनेको थियो । र पनि मेरो समीप आइ मलाई अंगाल्दै भनेकी थियौ,”धत् लाटा तिम्लाई म समर्थन गर्दिनँ त ? मैले त जिस्काएको पो त । तर त्यो नक्सा मेटिनुमा त गल्ती तिम्रै छ नि । बिचार गर त । नदिको छाल शक्तिशाली हुन्छ भन्ने तिमीलाई थाहा थिएन र? तर पनि तिमीले नक्सा नदिकै किनारमा किन बनायौ? अनि अर्को गल्ती नदि किनारमा बनाउनु नै थियो भने पनि बालुवामा किन बनायौ? बालुवाको घर बन्छ र? ल ठिक छ बालुवामै बनायौ, नदिकै किनारमा बनायौ तर तिमीलाई थाहा थियो नि बाहिर नदि जस्तो शक्तिशाली तत्व छ त किन त्यसबाट नक्सालाई सुरक्षा गर्न केही बलियो चिजले छेकेनौ? यो सब गल्ती तिम्रै हैन र?”
ओहो त्यसदिन मैले पहिलो पटक महसुस गरेँ म कति मूर्ख रहेछु भनेर ।
तर थाहा छ आज देशको नक्सा कोर्ने मथिल्ला स्तरका मानिसले शक्तिशाली तत्व छेउमा बालुवाकै नक्सा कोरेकाले र कुनै बलियो चिजले नछेकेकै कारण देश मेटिन थालेको छ । तर खोइ मलाई तिमीले सम्झाए जस्तो तिनेरूलाई कसले सम्झाउने कसले मार्गनिर्देशन गर्ने? यिनिहरू त झनै म भन्दा कैयौँगुणा मूर्ख रहेछन् नि है? म एकजनाको बुद्धिले नभ्याएर पो मैले बालुवामा नक्सा कोरेँ तर यिनेरू त धेरै जना छन् र पनि बुद्धि पुर्‍याउन सकेनन् ।
पृय
आज साँच्चै खाँचो छ तिमी जस्तो सल्लाहकारको देशमा तर तिमी भने मैले लेखेको यो पत्र पनि नपुग्ने ठाउँमा छौ टाढा त्यो आकाशमा । म राती त्यही तारामा नियालेर एकपटक सँधै तिमी देखिन्छौ कि भनी हेर्छु । तर खै कहिल्यै देख्न सकिनँ!! तर यो हृदयमा सँधै तिम्रो तस्विर रहि रहन्छ ।
यो जुनिमा नासही अर्को जुनीमा तिमीलाई पक्कै आफ्नो बनाउनेछु ।
उही तिम्रो !!

बूढानीलकण्ठ, काठमाडौं ।

“छोरा ! मेरो कात्रो माथि कुनै दलको झण्डा नपरोस्”….

निराजन लुइँटेल

-निराजन “प्रभात” लुइंटेल 

एक प्रहरीको घरमा जन्म लिएर होला मलाई सानै देखि कुनै दल,कुनै झुण्ड सँग लगाब भएन । प्रहरी चौकी भित्र खेले खुर्किएको हुनाले एक सच्चा प्रहरी बन्ने एउटा अज्ञात रहर पलाएको हो सानै देखि,ठूलो भए पछि पनि त्यो भुत कायम थियो । तर देशको विषम परिस्थिति ,बेरोजगार हुदाको तनाव सबैलाई मध्य नजर गरेर हरियो पासपोर्ट बोकेर लागियो खाडी मुलुक । लगभग ८ वटा वसन्त बिताइयो यो मरुभूमिको देशमा । यहाँको नियम कानुन अनि देश विकासको खाका देखेर म सधै अचम्मित हुन्थे । बालुवाको ठिस्कोलाई सुन्दर शहर,शुन्दर बगैंचा बनाएर विश्व मानचित्रमा पावर लेन्सले हेर्नू पर्ने नक्सा भएको देश आज सबैको नजरमा विकशित देश भनेर चिनिन पुगेकोछ । आखिर भएको श्रोत साधनको सहि सदुपयोग हुन सक्दा हाम्रो देशमा पनि यसरी विकास गर्न सकिन्न र ? यी र यस्ता प्रश्नले मनमा हुटहुटी पैदा नगरेको पनि होइन । राजनीतिक खिचातानीले खिन्नता भएको युवा मन अरुकै देशमा पसिना पोख्दैछौ ,दुख लाग्छ यत्रो श्रम शक्ति भएको देश आज पलायन हुदैछ  आफनै कारण । मलाइ लाज लाग्छ विदेश बसेर खोक्रो राष्ट्रियता भुक्नलाइ ।

२०५८/५९ ताका जब मैले माओको पुस्तक पढ्ने अवसर पाएँ,त्यो ताका मेरो झुकाब माओवादी तर्फ केही हद सम्म बढेको सत्यतालाई लुकाउन उचित मान्दिन । यसमा  मलजल गरे मेरा केही सहपाठीहरुले जसले आफ्नो पढाईलाई तिलाञ्जली दिएर माओवादी लाल सेना बनेका थिए । एक दिन जब मैले आफ्नै आँखाले देखे बर्बरताको पराकाष्ठा तब मेरो मन धमिलो भयो । यी सबै बाघका खोल ओढेका स्याल हुन लाग्यो । कुरो ताप्लेजुङको हो मैले आफैले पढेको स्कुलको प्र अ अनि गाउँका केही व्याक्तीलाई बर्बरता पूर्वक भाटे कारवाही गरियो , यस्ता पशु मनस्थिति भएकाहरु देशका भविष्य निर्माता होइनन् ,आज त्यो प्रमाणित भएको छ । सिमीत मान्छेको स्वार्थको खातिर कसरी सोझा सिधालाइ बलीको बोका बनायो त्यो छर्लङ्ग देखिएको छ । जिउदै मान्छेलाइ (जनतालाई)बसमा जनाउने, आफ्नै देशका जनता,दाजुभाइलाई मार्ने मानव होइनन् हुँदै होइनन् । यसरी विभिन्न घटनाक्रमले  मलाई राजनिती फोविया भयो, अझै यो फोबिया कायम छ । सायद अन्त्य सम्म रहनेछ ।

हेर्दा हेर्दै कस्तो हाम्रो देश कस्तो भयो ,जातिय,धार्मिक युद्धको सुरुवात भै सकेको आवास हुन थालेको छ । दूर देशमा समाचार पढेर मन खिन्न बनाएर बस्न भन्दा अर्को उपाय छैन म सँग । एक मन भन्छ आजै जाउ ती टाउकेहरुलाइ सफाया गरौ,तर हत्या सबै समस्याको निदान होइन । अनि एक्लो हठ एउटा आवेगको निर्णयमात्रै हुनाले टुलुटुलु देश बाँडिएको,जलेको हेरेर बस्न भन्दा अर्को उपाय छैन म सँग ।

हिजो आज मान्छे नमरेको,देश बन्द नभएको समाचार हेर्न पाइन्न । कस्तो देश बनाउने सपना बाँडेका थिए थियो आज कस्तो बनाए सबैले देख्दैछौ ।अझै कति हामी ती विवेकहीन झुण्डको पछी लाग्ने ? के देश भन्दा ठूलो दल हो ,झुण्ड हो ? देश नरहे हाम्रो इतिहास ,पहिचान रहन्छ ? हो हिजो सत्तामा आशिन केही टाउकेहरुले सबैलाई दबाएर राखे,ईतिहास साक्षी छ मैहु भन्नेहरुको सत्ताच्युत कसरी भएको छ , कसरी इतिहासमा कालो पोतिएको छ अनुहार । विवेक प्रयोग गरौ अझै केही बिग्रेको छैन । अब पनि नगरे कहिले गर्ने? हामीले नगरे कसले गर्ने ? फुटेर देशमा विकाश हुन्न ।एकता आजको आवश्यकता हो , आवस्यकताको पहिचान गरि अगाडि बढ्नु पर्छ । सबैमा चेतना आओस् नत्र नेपाल भन्ने देश हिजो भन्ने इतिहास पढ्नु पर्नेछ हाम्रो सन्तानले । के यो दिन देख्न आतुर छौ हामी ?

“खासमा राजनीति गलत होइन तर राजनीतिक दलहरुले गरेको हर्कदले हामीमा वितृष्णा पैदा गरेको छ । यसरी युवामा राजनीतिको फोविया हुनु घातक संकेत हो । तर अझै पनि मलाई कुनै दलको झण्डा बोक्न रहर छैन । म एक सिङो देशको , चन्द्र सुर्य अंकित झण्डा लिएर अगि बढ्न चाहन्छु । विश्वास गर्नुस् देश भन्दा ठूलो,राष्ट्रिय झण्डा भन्दा  प्यारो केही हुन्न “

केही परिवर्तन गर्न चाहने देशभक्त नेता नजन्मिएका होइनन् ,तर उनिहरु अनेक षड्यन्त्रको सिकार बने । इतिहास लेख्ने हात,प्रगती संशोधन गर्ने ओठ सधैको लागि बन्द गरियो । दुःखद् अनुभुतिहरुको पर्खाल अब पार गर्नुछ , उ हेर्नुस् त उ त्यहाँ क्षितिजमा सुन्दर भविष्य मुस्काइ रहेछ । के त्यो मुस्कान टेप्ने हाम्रो कर्तव्य होइन ?? कतै हामी कर्तव्य बाट भागेर अधिकारको सुगा रटाइमा लागेका छैनौ ? विवेक प्रयोग गरौ ।

देश बाल्न लागिपरेका साथीहरु सोच्नुस हामी पहिले के हौ ? नेताहरुले हाम्रो मूल्य तोक्दा उनिहरुलाई प्रश्न सोधौ के हाम्रो मूल्य यति हो? आखिर हामीले मरेर के पाउछौ ? सोध्ने बेला आएको छ अब, अब पनि मौन रहे धिक्कार छ हामीलाई । नेताहरुको हठ र स्वार्थ बेलैमा बुझौ , मरेर मारेर होइन बाँचेर अनि बाँच्न दिएर भोगौ सुन्दर नेपाल । हाम्रो लासमाथी कसरी राजनीति हुदैछ ? त्यो राजनीतिले फाइदा कसलाई ? के टुक्राटुक्रा देशको नागरिक हुन मञ्जुर छ हामीलाई,प्रदेश मुख्य कुरो होइन हाम्रो पहिचान रक्षा के प्रदेशले मात्र गर्छ ? खोइ सोचेको ? हामी देख्दैछौ कसरी ठूला भनाउदा दलका नेताहरु डनको मृत्युमा शोकाकुल छन् के हामी मर्दा पनि यिहरुले आँसु बगाउछन । अह बगाउने छैनन् लेखेर राखे हुन्छ यी नेताहरु अब भुसिया कुकुर भै सके,केही बिटा पैसामा बिकि सके । अब हामी यी भुसियाको इसारामा नाँच्ने समय छ ? प्रश्न आफै बनाएर गम्भीर भएर जवाफ खोजौ । कुकृत्य गर्नेलाई सामुहिक बहिस्कार गरौ । एक सुन्दर शान्त अखण्ड नेपाल कायम राखौ यसैमा हाम्रो कल्याण छ   नत्र देश सोमालिया हुनेछ,आफ्नैलाई मारेर बाँच्ने दिन आउनेछ । विवेक खोपिबाट निकालेर दिमाग लगाउ । मृत्यु सबैको हुन्छ तर बेतुकको मृत्यु नरोजौ ।

छोरा ! तिमीहरुकै भविष्य बनाउन परदेश भाँसिएको म । अब बेला आएको छ देशलाइ बचाउने ।अब म आउनेछु , सक्दिन बस्न टुलुटुलु हेरेर । हो मेरो पनि मृत्युको मुल्य तोक्नेछन यी देश भडुवाहरुले । तिम्ले मेरो मृत्युलाई एउटा बलिदान सम्झिनु देशको खातिर तर नदिनु मेरो लासमा कुनै दलको झण्डा ओढाउन । मेरो लासमाथी राजनीति हुन नदिनु । म एक नेपाली हुँ नेपालीनै मर्न चाहन्छु नकि कुनै दलको कार्यकर्ता ।

गजल-मेची रुदैछ आज…..

-प्रेम प्रसाद भट्टराई 

10388200_10204619719388251_4358730987398241673_n

मेची रुदैछ आज, त्यो काली रुदैछ आज !
देश दशा देखेर, कैलाली रुदैछ आज !!

रणभुमी भो देश, लड्दा पाहाड मधेस !
सम्झेर आफ्ना पुर्खा, कर्णाली रुदैछ आज !!

हिमाल् पाहाड् तराइ, भिन्दै प्रदेश बनाइ !
छुट्याउने कुरा सुनी, हिमाली रुदैछ आज !!

देश भक्त बनेर, श्रीपेच आउ भनेर !
उ चन्द्र सुर्य झण्डा, उचाली रुदैछ आज !!

मुटुमा भाला हानी , भाइ मारेको देखेर !
तप्प आँसु चुहाइ, नेपाली रुदैछ आज !!

“नेपाली राजनीति, दिल्ली र राजसंस्था”

-अरुण नेपाली “लुइँटेल”

11939005_864197010324474_2143528450_n

नेपालमा निरङ्कुश भनिएको राणा शासन हटाउन नेपाली दलहरूसग सहकार्य गरि जब नेपालबाट भागेर भारतीय दूतावास गए त्यहि बेलादेखी नै भारतले नेपालको महत्वपूर्ण परिवर्तनहरुमा विशेष चासो र विशेष उपस्थिति जनाउदै आएको छ । जब २००७ सालमा दिल्ली सम्झौता अनुरुप राजा त्रिभुवनले मन्त्रीपरिसदको गठन गरे, संभवत यो नै नेपालको राजनीतिमा भारतको पहिलो प्रत्यक्ष हस्तक्षेप थियो र यहीँबाट नै नेपालको दुर्दशा शुरु भएको यो पंक्तिकारको ठहर पनि हो ।

त्यसपछिका दिनहरूमा पनि नेपालको राजनीतिमा प्रत्यक्ष, अप्रत्यक्ष हस्तक्षेप गरि भारत नेपालको सरकार परिवर्तनको खेलमा लागिरह्यो । सर्बप्रथम २०१६ सालमा जननिर्वाचित प्रधानमन्त्री स्वरुप बिशेश्वर प्रसाद कोइराला नेपालको प्रधानमन्त्री भए जो चाहिँ भारतको स्वतन्त्रता संग्राममा भाग लिइ जेल पनि परेका थिए । बिशेश्वर प्रसाद कोईराला प्रधानमन्त्री भएपछि भारतलाई नेपालको हरेक मामिलामा हस्तक्षेप गर्न झन सजिलो भएको थियो, कोइरालालाई भारतीय स्वतन्त्रता संग्रामको एक हस्ती पनि मान्थ्यो ” भारत” । र कोइरालालाई प्रधानमन्त्रीको दाबेदारको रुपमा समर्थन पनि गरेको थियो । नेपालको राजनीतिमा भारतीय चलखेललाई सुस्म रुपमा नियालिरहेका राजा महेन्द्रले अन्तत २०१७ साल पुसमा नेपालको शासनसत्ता प्रत्यक्ष आफ्नो हातमा लिए र पन्चायत कालको घोसणा गरे, कोइराला लगायतका नेताहरुलाइ नजरबन्द गरे ।
त्यसपछि कोइरालालाई कुनै मुद्दा बिनानै ८ वर्ष सम्म कैदमा राखियो । बि.सं २०२५ मा उनलाई बनारस निर्वासनमा जान दिइयो । उनले भारत मै बसेर आफ्ना केही सहकर्मी र कम्युनिस्टका केही नेताहरूलाई साथमा लिएर नेपालमा पन्चायत विरुद्ध आन्दोलन चर्काए र भारतले पनि कोइराला लगायतका नेताहरूलाई भरपुर सहयोग गर्यो । भारत नेपाललाई सन १९७५ मा सिक्किमलाई जसरी आफ्नो देशमा गाभ्न चाहन्थ्यो, जसको सबै भन्दा ठूलो बाधक राजसस्था, त्यसैले नेपालको राजसस्थालाइ जरैदेखि उखेलेर फ्याक्ने मिसनमा लागेको थियो ।

जब कोइरालाले भारतको यो चाल थाह पाए त्यसपछि बि.स. २०३३ सालमा उनी राजासगको मेलमिलापको नीति लिएर नेपाल फर्के तर तत्कालीन नेपाल सरकारले उनलाई देश द्रोहको अभियोगमा कैद गर्‍यो ( तर भारतबाट बचाउन राजाले कोइरालालाई त्यतिखेर जेल हालेका थिए ) । तर पछि अन्तर्राष्ट्रिय दबाबका कारण २०३५ मा उनका बिरूद्ध लगाईएका सबै अभियोगहरू सरकारले फिर्ता लियो । २०३६ सालको आन्दोनको बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो । स्मरण रहोस २०३६ को जनमत सङ्ग्रह पन्चायतको पक्षमा पार्न कोइरालाले राजासग भित्री सहकार्य गरेका थिए ।

बिशेश्वर प्रसाद कोइरालाको निधन पछि नेपाली राजनीतिमा सत्ताको स्वार्थको निम्ति जस्तोसुकै सम्झौता गर्न तयार हुने गिरिजा प्रसाद कोइराला शक्तिशाली हुँदै आए । भारतको सहयोगमा उनकै नेतृत्वमा ४६ सालको आन्दोलन भयो, भारतीय घुसपैठलाई बुझेका राजा बिरेन्द्रले दलका नेताहरू सग सहकार्य गरि देश र जनताको लागि भनेर पन्चायतको अन्त्य भइ बहुदलीय ब्यवस्था सुरु भएको घोषणा गरि कृष्ण प्रसाद भट्टराइको नेतृत्वमा १ बर्ष भित्र संविधान बनाइ आमनिर्वाचन गराउने गरि मन्त्रीमण्डलको गठन गरे ।

सैबिच नेपाल कम्युनिस्ट पार्टीमा एक जल्दाबल्दा नेता मदन भण्डारीको उदय भयो जसले तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई काठमाडौ क्षेत्र न १ बाट ४८ सालको निर्वाचनमा हराएका थिए, यद्यपि कृष्णप्रसाद भट्टराई हार्नुमा भारत र गिरिजा प्रसाद कोइरालाको पनि हात छ किनकी कृष्ण प्रसाद भट्टराई राजासँग नजिक र मदन भण्डारी त्यतिबेला राजाको बिरोधि नेताहरू मध्ये पहिलो नम्बरमा थिए । भारत गिरिजा र मदनको सहयोगमा नेपालबाट राजसस्था हटाउन चाहन्थ्यो । तर पछि मदन भण्डारीले भारतको स्वार्थ थाह पाई भारतसँग सहकार्य गरेर राजतन्त्र हटाउनु भन्दा राजासँग मिलेर नै देश बिकास गर्नु उपयुक्त देखे । राजनीति दाउपेछ चलिरहेकै बेलामा अकास्मात २०५० साल जेस्ठ ३ गते चितवनको दासढुंगामा रहस्यमय तरिकाले मदन भण्डारीको मृत्यु भयो । त्यो दुर्घटना आजसम्म रहस्यमय भएको कारणले त्यसमा नेपाली राजनीतिकर्मी र भारतको हात थिएन भन्न सकिदैन ।

मदन भण्डारीको हत्यापछि नेपालको राजनीतिमा पुरै रुपमा दिल्लीले हस्तक्षेप गर्न थाल्यो, सत्तामा पुग्नको निम्ति ठुला राजनीति दलका नेताहरू नै आफ्नो आफ्नो तरिकाले दिल्ली सग लबिङ गर्न थाले, यसैको नतिजा थियो काङ्ग्रेस र एमाले टुक्रीनु पनि । दिल्ली कहिले गिरिजासग नजिक त कहिले शेरबहादुरसग नजिक, कहिले माधबकुमारसग नजिक त कहिले के पि, झले, बामदेबसग नजिक हुन थाल्यो, दिल्लीको यहि प्रवृत्तिको कारण गिरिजा बिस्तारै राजासँग नै नजिक हुन थालिसकेका थिए र दिल्लीले पनि यो कुरा बुझिसकेको थियो । अब राजतन्त्र उखेलेर फ्याक्नको निम्ति अरु कसैको साथ चाहिने महसुस गरिसकेको थियो भारतले । त्यसैको परिणाम थियो २०५२ सालको जनयुद्ध ।

२०५२ मा सुरु भएको जनयुद्धको एक नायक बाबुराम भट्टराई त्यतिखेर नै निकै भारतका आज्ञाकारी थिए । इन्जिनियरिङ पढ्नको लागि भारतको चण्डिगड गएका बाबुराम कार्लमाक्सको सिद्धान्तबाट प्रभावित भए र उनलाइ कम्युनिस्ट बिचारधारामा आकर्षित बनाउनमा तत्कालीन भारतका लागि नेपाली राजदुत बेदान्द झाको महत्वपूर्ण भुमिका छ । बेदान्त झा ती ब्यक्ति हुन जसले बि स २००८ मा नेपाली काङ्ग्रेसबाट फुटाएर नेपाल तराइ काङ्ग्रेस नामको दल खोलेका थिए जसले तराइको स्वायत्तता र हिन्दी भासाको माग गरेको थियो ।

झा ले नै बाबुराम भट्टराईलाई भारतको विभिन्न नेताहरूसग हेलमेल गराएका थिए । भारतकै निर्देशनमा बाबुराम भट्टराईको नेतृत्वमा भारत नेपाली विद्यार्थी संघको निर्माण भयो, जुन संगठनको मुख्य लक्ष थियो राजतन्त्रको बिरोध गर्ने, जसको २०३४ सालमा बाबुराम अध्यक्ष बने । राजा बिरेन्द्रको राज्यभिषेकको अवसरमा नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस भन्ने प्रस्तावमा बिस्वको १३० रास्ट्रले हस्ताक्षर गरे पनि भारतले यो कुरा मानेन र भारतको यो कुराको समर्थन बाबुरामको यो संगठनले पनि गरेको थियो ।
माओवादी ‘जनसेना’ ले देहरादून नजिक, चक्रातामा त्यहाँको सरकारी सैनिक तालिम केन्द्रमा तालिम पाएको थियो। तालिममा सिकाएअनुसार मान्छे मार्ने गोली–गट्ठा दक्षिणबाटै आएको थियो र त्यस्ता युद्ध सामग्री नेपालका पहाडमाथिसम्मको ढुवानी मुख्यगरी दाङ जिल्लाको कुसुमको जंगल करिडोरको बाटो गरिएको थियो। अर्को कुरा भारतले जनयुद्धताका माओबादीका शीर्ष नेताहरूलाई भारतको विभिन्न सहरहरूमा लुकाएर राखेको कुराले पनि नेपालको १० बर्षको जनयुद्ध भारतको इसारामा नै भएको थियो भन्ने छर्लङ्ग हुन्छ ।
नेपालमा जनयुद्ध चरमबिन्दुमा पुगिसकेको थियो, धेरै जनधनको क्षति भैसकेको थियो, तराइमा भारतीय घुसपैठ पनि त्यतिकै बढेर गैरहेको थियो । यसलाई मध्यनजर गरि राजा बिरेन्द्रले प्रत्यक्षरुपमै माओबादीका शीर्ष नेताहरूसग बार्ता गर्ने मनसायले आफुले देश निकाला गरेको भाइ धिरेन्द्रलाइ नेपाल बोलाएका थिए जुन कुरो प्रचण्ड र बाबुरामले पनि बारबार भन्दै आएका छन ।

जब यो कुरो भारतले थाह पायो यसलाई रोक्नको निम्ति भारतले नेपालको राजनीति दलका नेताहरूसग मिलेर विभिन्न चलखेल गर्न थाल्यो, यसै बिच २०५८ साल जेष्ठ १९ गते नेपाल कै इतिहासमा डरलाग्दो घटनास्वरुप नारायणहिटि पर्व घटाइयो, जसमा राजा बिरेन्द्रको सम्पूर्ण परिवार सहित धेरै मान्छेहरुको एकै चिहान बनाइयो । त्यसपछि त्यो घटनाको छाडिएका नबिन आयोग तारानाथ रानाभाटको नेतृत्वले तत्कालीन युवराज दिपेन्द्रले घटाएको भन्ने रिपोर्ट निकाले पनि अप्रत्यक्ष रुपमा जनताको दिमागमा बिरेन्द्रको भाइ ज्ञानेन्द्रले घटाएको हो भन्ने आम जनतामा छाप पसाइयो, जसको कारण राजतन्त्रलाई त्यतिखेर नै उखेलेर फ्याक्न सजिलो होस । दिल्लीले दोधारे रणनीति खेलेको कारण तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले झट्ट दिल्लीको बिश्वास गरिहाल्न सकेनन र ज्ञानेन्द्र शाहलाई नेपालको उत्तरअधिकारीको रुपमा अगाडी सारी राजा बनाए ।

तत्काल भारतले आफ्नो योजना सफल पार्न नसकेपछि माओबादीमार्फत फेरि नेपालमा युद्ध चर्कायो र माओबादीबाट मात्रै राजतन्त्र फ्याक्न असम्भव हुने देखि नेपालको प्रमुख दलहरू नेपाली काङ्ग्रेस र नेकपा एमाले बिच पनि हेलमेल गर्न सुरु गर्यो । यसै अवधीमा भारतका विभिन्न ठाउँमा काङ्ग्रेस र एमालेका शीर्ष नेताहरूले माओबादीका नेताहरूसग भेटबार्ता भएको कुरो सुधीर शर्माले आफ्नो पुस्तक प्रयोगसालामा बताएका छन ।
यसरी दिल्लीले नेपाली सत्ता परिवर्तनमा प्रत्यक्ष हस्तक्षेप गरेको अनि नेपालमा युद्ध चर्काउन भारतको प्रत्यक्ष हात रहेको बुझेका ज्ञानेन्द्रले प्रतिनिधिसभा विघटन गरि २०६१ साल माघ १९ गते शासन प्रत्यक्ष रुपमा आफ्नो हातमा लिए अनि माओबादीका शीर्ष नेताहरूसग आफै प्रत्यक्ष बार्ता गर्ने पहल गर्न थाले । राजाको यस्तो मनसाय बुझी आफ्नो राजनीति भबिस्य समाप्त हुने देखि गिरिजा प्रसाद कोइराला लगायत एमालेका शीर्ष नेताहरू दिल्लीको सहायतामा माओबादिको नेताहरूसग भारतको विभिन्न ठाउँमा गोप्य बार्ता गर्न थाले । फलस्वरूप अन्तिममा ७ दलिय गठबन्धन र माओबादी बिच सोनिया गान्धिको मध्यस्थतामा दिल्लीमा बार्ता भयो र गान्धी कै निर्देशनमा १२ बुदे सहमति पनि भयो ।

१२ बुदे सहमति भए लगत्तै नेपालमा ७ दलिय गठबन्धन र माओबादी सहित ६२/६३ को जनआन्दोलन सुरु भयो, यो आन्दोलन १९ दिनसम्म चलीरह्यो । आन्दोलनमा भारतीय घुसपैठको सम्भावना र नेपाली जनताको चाहना भन्दै जनताको नासो जनतालाइ नै सुम्पेको भन्दै राजा ज्ञानेन्द्रले २०६३ बैशाख ८ गते घोषणा गरे र २०६३ बैशाख ११ गते बिघटित प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा गरे ।

त्यसपछि भारत कै निर्देशनमा पुनर्स्थापित प्रतिनिधिसभाले माओबादिलाइ समेत मुलधारको राजनीतिमा ल्याउने उद्देश्यले अंतरिम संविधानको घोषणा गर्यो जसअनुसार माओवादी समेत सम्मीलित अंतरिम संसदको गठन भयो ।

भारतको निर्देशन अनुसार भएको १२ बुदे सम्झौता अनुसार अन्तरिम संसदले संविधान सभा बस्नु अघि नै देशमा गणतन्त्र आइसकेको र संविधान सभाको पहिलो बैठकबाट अनुमोदन गराउने घोषणा गर्यो । यद्यपि बाबुराम भट्टराई र गिरिजा प्रसाद कोइराला बेबि किङको अवधारणालाई लिएर दिल्ली नगएका भने होइनन् तर दिल्लीले तराइलाई हिमाल, पहाडबाट छुट्याएर भिन्दै प्रदेश बनाउने र देशलाई धर्म निरपेक्ष बनाउने सर्त राजाले मान्ने हो भने बेबि किङ स्विकर्ने कुरा बतायो तर राजाले यो प्रस्ताव अस्विकार गरेको कारणले अन्तरिम संसदले गरेको निर्णयलाइ पछ्याउँदै संविधानसभाको पहिलो बैठकले २०६५ साल जेष्ठ १५ गतेको दिन नेपाललाई गणतन्त्र भएको घोषणा गरियो । यसरी भारतले आफ्नो बाधक राजसस्थालाइ सदाको लागि पाखा लगायो “।
अन्त्यमा, सिक्किम भारतमा बिलय गराउन लाग्दाका बखत सिक्किमका लेन्डुप दोर्जीले सन् १९७२ तिर नेपालका बि.पी. कोइरालालाइ नेपालको सन्दर्भमा इन्दिरा गान्धी संग भेट गराइदिन खोज्दा बि.पी.ले ” नेपालमा प्रजातन्त्रकोलागि राजासंग मेरो द्वन्द छ तर राष्ट्रियताको सबालमा राजसंस्था प्रति मेरो स्पष्ट धारणा छ त्यसैले म ईन्दिरालाइ भेट्न चाहान्न ” भनेको कुरो नेपाली जनमानसमा अझै ताजै छ !
जय नेपाल, जय नेपाली!!

गजल-नसुनाउनु बिन्ति…….

-शिला कार्की 

11880459_478624322319981_6545915761751687082_n

नसुनाउनु बिन्ति हालत बिरानो यो सहरको ! !
खबर सुन्दा ढल्लिन आमा मरुभुमि बगरको !!

हराएका खुसि हरु खोज्न भनी आँए बिदेश ,
सताउछ यादले सारै बुडि आमा र त्यै घरको !!

नजा भन्दै बाटो छेकि रुदै थिन मेरि आमा ,
मुटु चुडाई आँसु पि लागे बाटो सफरको !!

भेटीएन जिन्दगि यो बालुवामा हराएको ,
पागल जस्तै भइ हिडे दोशि बनी नजरको !!

मध्य रातमै झस्किएर एक्लै बसि रुने गर्छु ,
सम्झिएर भिजेका आमाका त्यै अधरको !!

गजल-रोए पनि हाँसे

-अज्ञानी गजल प्रेमी

11948069_863801257030716_972145917_n

रोए पनि हाँसे जस्तो,नाटक गरेको छु!!
अत्तालिँदा नाँचे जस्तो,नाटक गरेको छु!!

मनमा थियो तिम्रो,तस्विर आफै लगी गयौ,
भित्ता भरी टाँसे जस्तो,नाटक गरेको छु!!

उसले मलाई मेरै सामु,जिउँदै मारेको छ,
तर पनि बाँचे जस्तो,नाटक गरेको छु!

त्यान्द्रो जस्तो लाग्छ ,तिम्लाई पहाड मेरो माया,
छिनाउँदै छौ गाँसे जस्तो,नाटक गरेको छु!!

कविता – सीता उबाच

कविता – सीता उबाच

समा श्री

समा श्री

राम
मेरो सम्बोधनमा
आश्चर्यचकित नहुनु
बिष्मित नहुनु
हटाऊ यी चिताका समिधाका रास
लखेट तिम्रा साक्षीहरु
तिम्रा महिमाको लागि
तिम्रो लोकलाजको लागि
सीता
अब अग्नी परीक्षा दिन सक्दिन
घाम
शिर माथि लागेको छ
फर्केर नहेर
त्यहाँ न तिम्रो छायाँ छ
न त छायाँ सरी सीता
तिम्रो छायाँ
आफ्नै शरीरमा झरेको छ
सीता
अब छायाँ बनेर लतारिन सक्दिन

म तिमी सम्म आई पुग्दा
एक रात कामीसँग बिताएँ
मेरो आगमनमा
हर्षले गद्गद् भएर
आरनमा
उसका लौहभष्म पोतिएका हातले
मलाई बेसमारी माडे
बग्दै गरेका पसिनाले
मेरो रोम रोम धोईदिए
भार रहित मलाई
बिदाइमा म्वाइँ खाँदै
कोशेली दिएका छन्
बिचारका केही धारीला हतियार
मैले उसलाई स्वामी मानेको छु

मैले हलियासँग पनि रात बिताएँ
माटोको मोहक गन्धले खैँचेर
मलाई ऊ छेउ पुर्यायो
उस्ले पनि सुम्सुमाउँदै
त्यही माटोको गन्ध
मेरो बदनभरि भरिदियो
ठेला परेका हातका मर्दनले
जुगौं देखिको पीडा शान्त पारिदियो
सयौँ उकुसमुकुस मरे
जीउ सन्चो भयो
उसले मेरो पोल्टामा
केही वीउ हालिदिएका छन्
अहिले यसमा
पालुवा पनि लाग्न थालिसके
बिदाइमा अंगालेर
उसले कानमा फुकिदियो
श्रमको मन्त्र
र भन्यो
यी फूलहरु फुलेपछि
अन्यत्र पनि सार्नु
मैले उसलाई पनि स्वामि मानेको छु

एक साँझ
बिचबाटैमा छेकेर
गन्धर्वले आफ्नोमा लग्यो
पाहुना मान्यो
सारङगीका तार तानतुन पार्यो
रेटने तारमा मैन दल्यो
चार तारलाई रेट्दै
उनका औला
सारङ्गीमा नाच्न थाल्यो
औलासँगै प्रकृति नाँचिन्, श्रृष्टि हाँस्न थाल्यो
उसले रातैभरि
कहिले कर्खा सुनायो, कहिले झ्याउरे सुनायो
कहिले चुट्का सुनायो, कहिले डेउडा सुनायो
उसका खोक्रो सारङ्गीका पेटबाट
जतिजति भावहरु निस्कन्थे, उतिउति म पग्लन्थेँ
जति जति व्यथाहरु गुञ्जन्थे, उतिउति म द्रवित हुन्थेँ
जति जति सुरमा लालित्य छाउँथ्यो, उति उति म रङ्गिन्थेँ
अनुभूतिका लहरले
हृदय लछप्पै भिजायो
आँखाले खै ! के बगायो कुन्नि
सारङ्गीमा उसका औंला रोकिँदा
मनसरोवर शान्त थियो
यसका दर्पणमा
आफ्नो अस्तित्व उज्यालिएको देखेँ
आत्मामा त्यही झंकार भरिदिएर
बिहान
उसले मलाई बिदाइ दिँदै भन्यो
तार चुँडिएपछि
सारङ्गी बज्दैनँ
त्यसैले रेट्न नछोडे
जीवनका तारहरुलाई
मैले उसलाई पनि स्वामी मानेको छु

राम
तिमी कहिले सम्म परीक्षा लिन्छौ
आफ्नो विश्वासको, मेरो आस्थाको
तिम्रो स्वार्थको, मेरो त्यागको
तिम्रो अभिमानको, मेरो स्वाभिमानको
तिम्रो पलको, मेरो युगको
तिम्रो नामको मेरो पूर्ण अस्तित्वको
तिम्रो सीताको, मेरो मनको नारीको
भनँ राम कहिले सम्म
यो रित दोहराउँन चाहन्छौ तिम्रो रामायणमा ?
आँखा खोल राम
परिवर्तनको दर्पणमा
दृश्य फेरिइसकेको छ
अवस्था बदलिसकेको छ
पित परिभाषामा नयाँ पालुवा पलाएको छ
नारी अब भोग्या रहिनँ
नारी अब दासी रहिनँ
नारी
समानान्तर कर्म बोक्न सक्छे
नारी
समानान्तर हक खोज्न सक्छे
नारी
अब नारी भएर बाँच्न सक्छे
राम
तिमीलाई पछ्याउँदै
तिमीसम्म आई पुग्दा
मैले बिताएका यस्ता रात
अनगिन्ती छन्
तिमी धर्मले भन राम !
मेरो अग्नी परीक्षा लिन सक्छौ ?
चाबहिल काठमाडौं
नेपाल
sanjulvsma@gmail.com

समाका अन्य कविता पढ्नुहोस्….

कविता- “दृश्य-प्रश्न”

“दृश्य-प्रश्न”

इन्नोसेन्ट राजन
इन्नोसेन्ट राजन 

यहाँ,
प्रत्येक रात धमिलिन्छन-सपनाहरु आँखामा!
अनायासै दुख्छ-
सर्टिफिकेट च्यापेको शिरानी!!
डगमगाउछन पाईलाहरु-जीवनको आयु नापेर !!
जब-जब,
बाध्यताका पहाडहरु ढल्छन शीरमाथी!!

हो,
अन्तिम बिदाईको त्यो पल,
पूर्वी उपत्यकामा झरेको साँझले
सन्नाटा चिथोरिरहन्छ-
भोकहरुको कमण्डलु भिरेका तमाम “म” हरुमाथी!!
र,
प्रत्येक सेकेन्ड-सेकेन्डमा
गरिबी र अभावका पर्खाल भत्काउन,
स्क्यान गरिरहन्छ युवाहरु-बिमानस्थलको मूलगेट!!

उ त्यहाँ देखिरहेछु-
नयाँ सपना सजाउदै रोहिरहेका-आँखाहरु,
र,
त्यहि देखेकोछु-
साथ छोड्न कठिन बनेका कयौंन-कयौंन न्याना अँगालाहरु!!
अनि,
लोड-सेटिंगको पर्दामा खिचिएका-
अन्तिम सेल्फिहरु,
चाडै भेट्ने कसम खादै गरेका प्रेमिल क्लाइमेक्सहरु!!
देश सजाएका गर्वित-छातीहरु!!

हठात,
च्यातिन्छ मनको एक फेरो,
र,
बुढा गालाको सुमेरु छुदै-
बग्छ कर्णाली आँखाको किनारै-किनार
अनि,ओराल्छ मष्तिष्कले-
हजारौ जवाफ बिनाका भर्जिन सवालहरु…!
हामी कहिले सम्म लखेटिन्छौ देशबाट….?
हामी कहिले सम्म पराया बन्छौ आफ्नाबाट ….?

राजनका अन्य कविता पढ्नुहोस्|

यो देश दासहरुको हो, भतुवाहरुको हो!

यो देश दासहरुको हो, भतुवाहरुको हो

बस्नेत सागर

-बस्नेत सागर 

हाम्रो समाजमा खालखाले चलन र संस्कारहरु छन्| केटाकेटीले आफूभन्दा ठुलालाई केहि अनौठो जिज्ञासा राखे भने, “नजाने गाउँको बाटो नसोध्नु” भन्ने ओठे जवाफ पाइन्छ| आफ्नो काम र कामसँग सम्बधित कुराहरुमा मात्रै ध्यान देओस्| ध्यान अन्यत्र मोडेर दिग्भ्रमित या लक्ष्यबाट बिमुख नहोउन भनेर यसो भनिएको हुनसक्दछ| तर बाटो नजाने गाउँको पनि चिनिराखे बिग्रेर जाने केहि होइन| ज्ञान र जानकारी जति लिएपनि बढी हुँदैन| चासो राखेर आफ्नो क्षेत्र र बिषयभन्दा बाहिरका जिज्ञासा राख्नेलाई त्यस्तो जवाफ दिएपछि सम्बन्धित बिषय मेरो होइन रहेछ भनेर उसको बाल मष्तिस्कले त्यो बारेमा सोच्नै छोडिदिन्छ| यसो हुँदा उ अतिरिक्त र भोलि चाहिने ज्ञान अनि जानकारीबाट बिमुख हुन्छ| भोलि उसलाई त्यहि जानकारी फेरी फेदबाट लिनुपर्ने हुनसक्दछ|

आफ्ना अभिभावक या अग्रजहरु समक्ष केहि आफुले जानेको कुरा या आफ्नो अभिमत प्रकट गरिदा अग्रजले प्रयोग गर्ने अर्को उखान छ, “जाँतोलाइ भन्दा हातोलाई सकसक”| फेरी यस्तै परिवेशमा भनिने अर्को पनि उखान हो, “खुकुरीभन्दा कर्द लाग्ने”| यी उखान र चलनहरु केटाकेटीलाई अवमुल्यन गर्ने र निरुत्साहित पार्ने कुराहरु हुन्| बच्चाको दिमाख तेजिलो हुन्छ, यो सबैले मानेको तथ्य हो| यी र यस्ता उखान प्रयोग गरेर नानीहरुलाई हतोत्साह पटक्कै गरिनु हुन्न| आफूभन्दा ठुलासँग बहस गर्ने, तर्क गर्ने या जिज्ञासा राख्ने बानीले उनीहरुलाई सोच्ने, बोल्ने र फरक मत राख्न सिकाउछ| यसबाट बच्चालाई त फाइदा छँदै छ, अभिभावकलाई पनि राम्रो सुझाव पाउन सक्ने सम्भावना रहन्छ| बच्चाहरुको मनोबल बढ्छ र तत् बिषयमा अझ सोच्ने, जानकारी लिने, आफ्ना कुरा राख्ने र निर्णय गर्ने क्षमताको अभिवृद्धि हुनजान्छ| बच्चालाई बिभिन्न जानकारी र जवाफ दिईरहदा अभिभावकको पनि जानकारीको क्षेत्र बढ्ने र अध्यावधिक हुने मौका मिल्छ|

माथिका कुराहरुबाट बन्चित बच्चाहरु पछी गएर आफुले केहि सोच्न नसक्ने र अरुको निर्णयमा हो मा हो मिलाउने हुन्छन| आफ्नो नेतृत्वले गरेको प्रस्ताव यिनीहरुको लागि फैसला हुन्छ| आफूभन्दा माथिकाले भनेका कुराहरु अकाट्य हुन्छन भन्ने छाप परेको हुन्छ र नेतृत्वको अगाडी तर्क र विमर्श गर्न सक्दैनन्| अन्तत यिनीहरु नेतृत्वको दास र सगठनको भतुवा भन्दा बढी केहि हुन्नन्| हजारौंको संख्यामा भएर पनि एउटा नेताले गरेको कुराको खण्डन या बिरोध गर्न नसक्ने हुन्छन्| यिनीहरुको आफ्नो निजि अध्ययनशिलता नभएकोले निजी धारणाहरु हुन्नन्| आजका नेताहरु यसैका ज्वलन्त उदाहरणहरु हुन्| यस्ता शासित मानसिकता र दास प्रवृतिमा बाँचेकाहरु आफुले मानेको मान्छेको कुरालाई ढुंगाको अक्षर मान्दछन र अन्धभक्त हुन्छन्| यिनीहरु रबरस्ट्याम्प हुन्| हामीहरु सबै पार्टीका झोले, भतुवा र दासहरु छौं| हाम्रा नेताहरु उनीहरुका ठुला नेताका दास हुन्| र अन्तत ठुला भनिएका नेताहरु बिदेशी शक्तिहरुका दास| जबसम्म हामीले आफु माथिकालाई प्रश्न सोध्न सक्दैनौं, उनीहरुले आफ्ना माथिकालाई सक्दैनन्| माथिकाले अझ माथिकालाई सोध्ने हो भने, सबैभन्दा माथिकोले आफ्नो जग हल्लिएको चाल पाउछ| अनिमात्रै उसले बुझ्छ म केमा उभिएको छु भनेर| जबसम्म हामि बोल्न र सोध्न सक्दैनौं तबसम्म उनीहरु अर्काको गुलामीमै रमाउछन्| त्यसैले हामि नबोल्नु भनेको हाम्रा टाउकेहरुलाई मालिकको गुलामी गर्न छुट दिईनु नै हो| नत्र भने कसरि कहाँ हो कहाँ आरामदायी कोठामा बसेर बन्द भनिदिदैमा बन्द गराउने निहुँमा मर्न र मार्न तम्तयार हुन्छौ हामि? नेतृत्वले बन्द भन्दैमा केको लागि? किन? भन्ने प्रश्नहरु सोध्न नसकेर आफुजस्तै आफ्नै दाजुभाइको जनधन नाश गर्ने काममा अग्रसर हुन्छौं? यसलाई दास र भतुवा प्रवृति नभनेर के भन्ने? एउटा मालिकले आज्ञा दियो भन्दैमा आफु र आफ्ना भावी सन्ततिको भविष्यमाथि खेलवाड गर्ने यस्तो आत्मघाती दास र भतुवा बाहेक अरु कोहि हुनै सक्दैन| हो, यो देश दासहरुको हो, भतुवाहरुको हो| र हामि दासहरुका पनि दास हौँ, भतुवाहरुका पनि भतुवा हौँ|

अन्धोभक्ति र दास प्रवृति सबैभन्दा ठुलो बिमारी हो मान्छेको| कुनैदिन मैले गगनको तारिफ गर्दा कसैले मलाइ फेसबुकमा भन्नुभएको थियो| “गगनको भक्त रहेछौ भाइ, त्रिचन्द्र वरपर जाउ या त्यहाँ पढ़नेहरुलाई सोध|” मैले मनमनै भनेथें, तँ गगनको बिरोधि होस् राम्रो किन देख्थिस? नराम्रै देख्छस्| आज गगनप्रति रिस उठ्नुमा गगनको केहि दोष छैन| उ “बिचरा” छ| दोषि हाम्रो सोच थियो, हामीलाई तँ भन्ने भन्दा तिमि र तपाइँ भन्नेहरु मन पर्छन| हामीलाई गुलियो मन पर्छन, भत्काउछु भन्नेभन्दा बनाउछु राम्रा लाग्छन| तर सत्य यो पनि हो कि भत्किनु भनेको नया बन्ने अवसर मिल्नु हो|

आम रुपमा पार्टीका तल्लो तहका कार्यकर्ताहरु अलिक माथिल्लो तहका कार्यकर्ताले भनेको अक्षरंश मान्छन| तिनिहरु झन् अलिक माथिका नेताहरुले भनेको पत्याउछन्| क्षेत्रीय नेताहरु केन्द्रीय नेतासँग दोहोरो सवालजवाफ गर्न सक्दैनन्| केन्द्रीयहरु मूल नेतृत्वसंग नजर झुकाउछन| हिजो गगनले खुला मन्चमा उभिएर धारे हातले गिरिजालाई सरापेपछी एकाएक चर्चाको चुलीमा पुग्यो| जसले बिद्रोह गर्न खोज्छ उसँग सबै डराउछन्| हिड्ने गोरुको पुच्छर निमोठेर जोतिन्छ तर जोत्दाजोत्दै बस्नेलाई केहि गर्न सक्दैन हली| जोत्दाजोत्दै बसिदिनु बिद्रोह हो| राजनीतिलाई गरिखाने बाटो मानेर बसेकाहरुलाइ जबसम्म आफ्ना तल्लो तहकाले हल्लाउदैनन् तबसम्म तिनीहरु त्यहि स्थितिमा रहिरहन मनपराउछन्| कमै मात्र घरहरु हुन्छन जो माथिबाट भत्किन्छन्| माथिबाट भत्किदा केहि अंश मात्रै चर्किन्छ या भत्किन्छ| तर जब तलबाट हल्लिन्छ पुरै घर चर्किन्छ| पार्टीमा माथि बिद्रोह गर्नेहरु एउटा सानो चोइटा लिएर अलग्गिने गरेको हामीले धेरै देखेका छौं| तर जब जनस्तरबाट बितृष्णा पलाउछ पार्टीको नामोनिशान मेटिन पनि बेर लाग्दैन| गतसाल दील्ली चुनावको नतिजाले यहि बताउछ|

गगन हिजोपनि आम र औसत नेता थियो र आजपनि उ त्यहि नै छ| गल्ति हाम्रो हो, उसलाई आम र औसतभन्दा माथि एउटा बिशेष देख्नु| यहाँ न्याय र निसाफ पाउन पार्टीको भतुवा र झोले हुनैपर्दछ, घैंटे प्रकरण यसैको ज्वलन्त नमुना हो| सबैले आफ्नो र आफ्नाका लागि मात्रै हुन् बोलिदिने, हामि जनताका लागि बोल्ने र सोच्ने फुर्सद कसैलाई छैन| अब तीन उपाय छन् हामीसँग, कि लाज, घिन, शरम र आत्मसम्मान पचाएर पार्टीको भतुवा बनौं| कि त दिएको खाएर, अह्राएको गर्ने दासजस्तो भतुवा बनौं| देखेर पनि नदेखे झैं, सुनेको पनि नसुने झैं र दुख्दा पनि आइया नभन्ने मुकदर्शक बनौं| कि त तेस्रो उपाय बिद्रोही बनौं| जोत्दाजोत्दै बसिदिउं, प्रश्न गरौँ माथिकालाई| राम्रोमा ताली दिउँ नराम्रोमा गाली| यो बाहेक अरु अगाडिका दुवै उपाय भतुवा बन्ने नै हुन्, जो सदियौंदेखि हामि छौँ| हरेक परिवर्तनपछी बिद्रोह र क्रान्तिपछि प्रतिक्रान्ति भएको इतिहास छ हाम्रो| सातसालमा निरङ्कुश शासनको पतनपछि आएको परिवर्तन मुश्किलले दश बर्ष टिक्यो| छयालीस सालमा पाएको बहुदलीय ब्यवस्था पनि लगभग पाँचसालपछि बिद्रोह खेपेर थिलथिलो भयो| र बाह्रबर्षपछि खोसियो| हामि जनताहरु धेरै आशावादी भएर पनि त्यस्तो भएको हो र आशा गर्नु जायज पनि हो| तर परिवर्तनलाई संस्थागत गर्न छाडेर पहिलेका शासकको झैं दासी जिन्दगी जीउने नेताहरुको चरित्रका कारण असन्तुष्टहरुले बिद्रोह गर्नुको बिकल्प हुँदैन| अहिले पनि मुलुक बिशाल परिवर्तनको संघारमा छ, जुन जुन मुद्दाहरु उठाएर राजतन्त्र ढालिएको थियो ति मुद्दाहरु अक्षरंश सम्बोधन हुने स्थिति छैन| जनताहरुले चाहेको परिवर्तन यो पटक पनि प्रत्याभूत हुने छाँटकाँट छैन| यदि परिवर्तन अघि दलहरुले गरेका बाचा र उचालेका बिषयहरु ठेगान लाग्न सकेनन भने अर्को क्रान्ति अवश्यम्भावी छ| नेता र जनताको सम्बन्ध मैन र उज्यालोको जस्तो छ| उज्यालो दिनुछ भने मैन जल्नैपर्दछ| मैन जलेर पनि उज्यालो नआउने भन्ने कुरै हुँदैन| अब मैन आफु सकिन र क्षतिग्रस्त हुन चाहेन भने उज्यालो आउदैन| हाम्रा मैनहरू जल्न चाहन्नन्| उनीहरु सग्लै र सेतै रहन खोज्छन्|

हाम्रो खासै ठुलो समस्या केहि छैन, हाम्रो ठुलो दुश्मन कोहि छैन| हामीले विदेशीसँग लड्नु परेको छैन प्यालेष्टाइनले जस्तो| हामीले आफ्नासंग पनि लड्नुपरेको छैन, लिबियन, सिरियनले जस्तो| अबको हाम्रो लडाई भनेको आफैसँगको हो| बिदेशीसँग लड्न निश्चय नै गाह्रो हुन्छ| झन् गाह्रो हुन्छ आफ्नासँग लड्न तर सबैभन्दा गाह्रो हुन्छ आफैसँग लड्न| यहि सबैभन्दा गाह्रो लडाई छ हाम्रो| अब आफ्नो दास र भतुवा प्रवृतिसँग लडौं, आउनुस् आफ्नै सहिदिने र सुनिदिने बानीसँग लडौं| मनको डर, लोभ, लालच र स्वार्थसँग लडौं| आफ्नो नेतृत्वलाई प्रश्न सोध्ने हिम्मत बनाउँ|  जबसम्म नेतृत्वले आन्दोलन या बन्द गराउ भन्दा कार्यकर्ताले त्यसको औचित्य र कारणबारे सोध्न सक्दैन तबसम्म बन्द कहिले पनि बन्द हुँदैन|

मेरो बिचारमा कम्तिमा मेरो पुस्तासम्मले यहाँ कुनै चामत्कारिक परिवर्तनको महशुस गर्न पाउदैन| शासन सुव्यवस्थाको मुख देख्न पाउदैन| कानुनी राज्यको अनुभूत गर्न पाउदैन| बिकास, शान्ति र रोजगारीको नाम सुन्न पाउदैन| हामि त धोकेवाज भयौं, निकम्मा, दास र भतुवा भयौं भयौं| तर आफ्ना नानीहरुलाई आफूजस्तै बन्नबाट रोकौं| कम्तिमा उनीहरुले कानुनी राज्य, सुव्यवस्था, बिकास, शान्ति र रोजगारी पाउन| त्यसैले आफ्ना नानीहरुलाई जिज्ञासु बनाउँ, प्रश्न सोध्दा हाँसेर जानेको सहि जवाफ दिउँ| आफुले नजानेको बिषयमा अरुसँग बुझेर भएपनि सहि कुरा सिकाउँ तर गलत जानकारीहरु नदिउँ| सानैमा आफ्नो दाजु, बाबु र गुरुसँग सभ्य र भद्र बहस गरेकाहरु कसैसँग बोल्न डराउदैनन्| आफ्ना कुरा निर्धक्क राख्न सक्ने र निर्णय क्षमता भएका हुन्छन्| यदि आफ्नो मान्यता लागु भएन र सामनेवालाको प्रस्ताब पनि चित्त बुझेन भने बरु संगठन छाड्ने हिम्मत गर्छन्| तर कसैसँग झुक्दैनन|

बस्नेतका अरु सामाग्रीहरु पढ्नुहोस्|

लघुकथा : संस्कार-विजय योजित

11892201_1478557259128875_7643825602660079930_n

-विजय योजित 

एक्कासी मलाइ ढोकामा देख्दा उनि छक्क परिन ! कसरि किन र कहिले फर्किने गरि आउनु भएको भन्ने प्रस्न तेर्सिए ! मैले सटिक जवाफ फर्काएँ “ गाउँ-समाजमा यस्तो विपद पर्दा मन मानेन त्यसैले आएको !
“हामीले खाना खाइसक्यौ ,केटाकेटी स्कुल गए अब तपाइलाई बनाइदिन्छु “, यति भनेर उनि भान्सा तिर लागिन म सरासर पण्डितको घरतिर लागें !
मन एकतमासको भयो त्यत्रो दरबार जस्तो घर जलेर खरानी भएछ ! आगनमा घर-गाउँका गन्ने मान्ने निक्कै उपस्थित थिए ! म पनि त्यै भिडमा सामेल भएँ ! छलफल सुरु भो ,पण्डित एक्कासी पड्किए “ यो सब हुनुमा जगतेको बदनियत छ , यस्कै करामत हो यो , नत्र दुइ काँल्ला मास्तिर मकै गोड्दै गरेका यी जोइपोई ले आगो सुरु हुनासाथ देखेका रहेछन नि ? उत्तिबेलाई आगो निभ्न सक्थ्यो तर यी कुलंगार हरुले रमिता हेरेर आज मेरो यो गति बनाए ! उजुरी गर्छु म इलाका मा यस्ले भोलि गाउँ जलाउन सक्छ !
सबैले जगत दाइ तिर हेरे , उ जुरुक्क उठ्यो र बडो सालिन भएर आफ्ना कुरा सुरु गर्यो ,” हो पण्डित बा तपाइंको घरमा आगो सुरु हुनासाथ हामीले देख्यौ , तपाईंको भान्सा बाट आगो सुरु भएको थियो , म दौडिएर मेरो घरतिर गएको पनि हो , मेरो भान्सामा पुगेर मैले पानीको गाग्री पनि उठाएँ तर …………

तर मेरा हातहरु फत्रक्क गलेर आए मैले त्यो दिन सम्जिएँ जुनदिन पण्डितनि बज्यैको पानीको गाग्री पंधेरोमा मैले झुक्किएर छुँदा तपाइंले मेरो गालामा लगाउनु भएको चड्कन ताजा भएर आयो ! त्यतिबेला तपाइँले मलाइ तपाईंको संस्कार र मेरो संस्कार राम्रो सँग बुझाइदिनु भएको थियो ! मलाइ त्यहि संस्कारले रोक्यो पण्डित बा ! मैले मेरो संस्कार कसरि भुल्न सक्छु र ? आखिर म जस्तो अछुतको पानि पण्डित जस्ताको घरमा कसरि चल्थ्यो र पण्डित बा ?
जगत दाइको प्रस्न संगै बतास अनौठो गरि चल्यो ! भिड बिस्तारै पातलो बन्दै गयो ! आगोले डढेर कालो भएको बज्यैको तामाको गाग्री भित्रबाट उडेको खरानीले मेरो चस्मा टम्मै ढाकिदियो ……!

म चस्मा खोलेर गोरेटोहरु नियाल्दै घरतिर लागें !!

समाप्त !!

कथा- घरेलु हिंसा

घरेलु हिंसा

बस्नेत सागर

-बस्नेत सागर


एकजना दुइजना गर्दै एकैछिनमा आँगन भरियो, मान्छेहरुको ताँतीले | आफ्नाहरू पनि आए पराइहरू झन् धेरै आए| जो जो आए सबै मलाइ कर्के नजरले हेर्दै विनितालाई सहानुभूति दिनेहरु नै आए | अधिकारबादी, स्कुलका माष्टर, गाउँका नेता, बुढापाका, बिभिन्न समूह र संस्थाका मान्छे, आमा समुह सबैखाले आए | मलाई भन्नु नभन्नु भन्नेहरु आए, कोहि बाँधेर घाँस हाल्ने भन्छन | कोहि गुहु-मुत खुवाउनुपर्ने भन्छन | हुतिहारा र नामर्दको उपाधि यस्तरी दिए कि यो संसारमा सर्वेसर्वा उनीहरु नै हुन | पुरा गाउँ म बिरुद्द खनिएको देख्दा अचम्म लाग्यो | हिजो बेलुकी मात्रै कार्किदाईको भट्टीमा तेरोलागि जे पनि गर्छु भन्ने अधिकारि कान्छो यस्तरी बोल्दै थियो कि, मैले उसको सर्वस्व हरण गरेको छु | हुनत यि सबैलाई मैले राम्रैसँग चिनेको छु | मलाइ गुहु-मुत खुवाउन तम्सिने निरौलाको भिमेले अस्तिमात्रै हो, अंशको निहुँमा आफ्नै बुढो भएको बाउलाई अस्पताल लैजानेगरी कुटेको | थानाको असईसँग खुब उठबस भएर मात्रै केहि भएन | हुनत ति निरौला बाजे बिचरा सत्तरी काटेका तिनीसँग के त्यस्तो खास थियो र तिनको पक्षमा कोहि बोलिदेओस | बाँधेर घाँस हालिदिउँ भन्ने अधिकारि कान्छो पनि पोहोरको साल विदेशिएको आफ्नै दशदिने दाजुकी स्वास्नीसँग रंगेहात समातिएको हो | ति भाउजुकी आँखा धमिलो देख्ने सासु बाहेक कोहि थिएनन घरमा | लोग्ने पनि भर्खरै परदेश लागेका ऋण उतार्न पाएको भए फर्किन्थे होला तर मसिना दुधे लालाबालाको मायाले कागज गरेर छाडिएको हो | त्यो घटना लगत्तै कान्छाले यहाका कि जान्नेसुन्ने भनाउँदालाई एकमहिनासम्म ढुक्कै दारुपानी गरेको पनि कसैको आँखाबाट छिपेको थिएन | तर पनि मलाइ पटक्कै पश्चाताप छैन | हो म पुरै संसारको अगाडी भन्न सक्छु कि मैले मेरी स्वास्नीलाई हिजो राति निर्घात कुटेको हुँ | म मान्छु रक्सीले मातेको थिएँ तर मातेको जोशमा होईन पुरा होसोहवासमा कुटेको हुँ ।


म सानैदेखि बेग्लै खाले मान्छे थिएँ | मेरा बालापनका कोहि साथि छैनन् | म एक्लै हिड्थे, एक्लै खेल्थें | पढाइमा मलाइ खास रुची थिएन | म धेरैजसो स्कुलबाट भागेर हिड्थे | चार कक्षासम्म कसरि पुगें उतिसाह्रो याद छैन | तर त्यसपछिको एकएक घटना याद छ | पढाइमा गतिलो नभएकोले चार कक्षामा म फेल भएँ | मेरी बहिनीले मलाइ भेट्टाई, ऊ धेरै तीक्ष्ण दिमाग भएकी थिइ | त्यसपछि घरमा संधै मलाइ सिकाउने जिम्मा उसैको भयो | हुनत हाम्रो घरमा सबै पढन्ते छन् | दाजु बाह्र कक्षासम्म कहिल्यै दोश्रो भएन, भाइ एसएलसीमा जिल्लाभरिकै उत्कृष्ट भयो | दिदीको पनि राम्रो थियो, बहिनी त झन् जान्ने थिई | अहिले दाजु मालपोतको अधिकृत छ, दिदी पहाडमा पढाउछिन, बहिनी अंचल अस्पतालमा नर्स छे| भाइ पढ्न विदेश गएको उतै बसेको छ | म मात्रै हुँ बेकामे, बेकामे मात्रै होईन मेरो बुबाको नाकको कालो दाग हुँ म | दाजु र भाइलाई म देखि शरम लाग्छ मलाइ आफ्नै सहोदर भन्न पनि हिच्किचाउछन | दिदीसँग त राम्रै थियो मगर जेठाको छोरासँग सुनबर्सी मेलामा हात समाउदै डुंगामा चढेको कुरा घरमा भनिदिएपछि मलाइ पटक्कै मन पराइनन | मलाइ त्यो जीवने मगर पटक्कै मन पर्दैनथियो | सानैमा स्कुल बाहिर ल्याउने बरफ खोसेर खान्थ्यो, बिचरा त्यो बरफवाला भैया काबु भएको थियो माग्दा दिएन भने जीवनहरुले खोसेर खाइदिन्थे अझ पैसा पनि चोरेर लगिदिन्थे | सरहरुलाई भन्दापनि केहि गर्दैनथे | उल्टो हामीले तलाई बेच्न लगाएको हो भन्थे | जति उमेर बढ्दै गयो जीवन उतिनै बिग्रिदै गएको थियो | झन् पछी बसमा कन्डक्टर काम गर्न थालेदेखि त बेलुकै पिच्छे मातेर हिड्थ्यो | खोइ दिदीले के देखेर मन पराएकी थिइ | सबैले मलाइ हेला गरेपनि ममीले धेरै माया गर्नुहुन्थ्यो | केहि मिठो खानेबेलामा बुबा त्यो घोसेलाई दिनुपर्दैन भन्नुहुन्थ्यो | तर भाँडा माझिसकेपछी बहिनी र ममीले अरुलाई दिए भन्दा धेरै लुकाएर खुवाउनु हुन्थ्यो | ममीको यो स्नेह र बहिनीको प्रेम पाएर म पुलकित हुन्थें | लाग्थ्यो यस्तै माया पाउनलाइ अझै अटेरी बनौं, अझ घोसे बनौं |

मैले व्याकरण कहिल्यै बुझिन, नाम-सर्वनाम, क्रिया-विशेषण कहिल्यै आएन | मैले ज्यामिती बुझिन, बिज गणित बुझिन | रसायन बिज्ञान बुझिन, साँच्चै भन्दा मैले स्कुलमा पढाएको केहि बुझिन | अरु सबैले बुझेको कुरा नबुझेपछि म गोज्यांग्रे भएँ, अक्कड़ो र लठुवा भएँ | सरले सोध्दा आएन कति भन्नु बिस्तारै म बोल्नै छाडें अनि स्कुल र घरमा घुँसघुँसे र घोप्टे भएँ | मलाइ रमाइलो अन्तै थियो, सरले व्याकरण पढ़ाउदा म झ्यालबाट देखिने ट्युवेल हेरिरहन्थे | नाम सर्वनामको व्यख्या गर्दा कसरि पानि निस्केको होला भनेर गमिरहेको हुन्थें | ट्युवेलका जिब्रि, वासर, ह्यान्डल कसले बनायो होला भनेर उद्देलित हुन्थे | घरमा ल्याइएका भित्तेघडी, रेडियो सबै खोलेर हेर्थें म | फेरी फिट गर्दा कति चल्थे कति चल्दैनथे | अलिअलि बनाउन जान्ने भएपछि त घडीको पिन हाल्न देखि एफएम रेडियोको बेन्ड खुस्केको लगाउन पनि लिएर आउंथे छिमेकीहरु | ग्यास सकिएको या पत्थर घोटिएर सकिएको अनि  बाल्दा नबल्ने लाइटरलाइ अर्को लाइटरको ग्यास या पत्थर हालिदिएर बल्ने बनाउँथें| सकेको जानेको गरेर पठाईदिन्थें | म नौ कक्षामा फेल भएँ | बुबा रिसले आगो हुनुभयो, मलाइ कुट्न खोज्दा रोक्ने हुँदा ममीले पनि बेस्मारी गालि खानु भयो | मलाइ धेरै नराम्रो लाग्यो, त्यो रातभरी म रोएँ | हेडसरको छोरा फेल भयो अब मेरो के इज्जत रहला भनेर खुब सानो मन गर्नुभयो बुबाले पनि | मलाइ ग्लानि महसुस भयो, सरहरुले अनि अरु अरुले पनि भन्थें तँलाई कसरि दिलसरको छोरा भन्नु ? तेरा दाजुभाइ दिदी बहिनी सबै यति जान्ने छन्, त्यहि घरको तँ यस्तो भनेर सधैं मेरो गिल्ला गर्थे | बहिनीले पनि जितेर गइ, मलाइ कत्ति दुख लागेन मेरो बहिनीले धेरै पढोस राम्रो गरोस भन्ने नै लाग्थ्यो सधैं | त्यसपछि कति कति दिन म भोकभोकै हिड्थे, घरमा ममीले खान त दिनुहुन्थ्यो तर त्यसबापत ममीले गालि खानु पर्थ्यो | बुबाले यसलाई कसैले खान नदिनु भन्नु भएको थियो | म भोकै छु भनेर छरछिमेकीलाई पनि थाह हुन्थ्यो, एकजना राई काकीले मलाइ धेरै खुवाउनुभयो | म घरमा पनि मागेर खान्नथिएँ, पकाएर राखेको पनि अरुले नदिए पस्केर खादिनथिएँ | ममी भन्नुहुन्थ्यो मागेर खाने गर्नुपर्छ, आफ्नो घरमा निकालेर खानुपर्छ | तर मलाइ माग्न मुख लाग्दैनथियो, निकाल्न हात लाग्दैनथियो | मेरो दुख कठै भन्ने धेरै छिमेकी थिए, माइलो छोरा भएर वास्ता नभएको भनेर मलाइ “सोडा” लगाउथे | तर मलाइ कहिल्यै बुबासंग गुनासो लागेन, मलाइ घरका कसैसँग पनि रिसीइवी थिएन | मेरो कारणले बहिनी र ममीले गालि खाँदा धेरै नराम्रो लाग्थ्यो | मसँग खर्च नहुँदा बहिनीका पेवा खसी बेचेका र भुमेपाथिका पैसा दिन्थी, उसले कपडा किन्दा सधैं मलाइ पनि ल्याइदिन्थि | म जहाँ जाँदापनि बहिनी र ममीलाई धेरै सम्झिन्थे, मेरो र बुबाको कहिल्यै राम्रो सम्बन्ध भएन |

मलाइ पढ्न बसेपछि ज्यादै दिक्दार लाग्थ्यो, हाइ आउंथ्यो | अक्षरहरु हिड्थे, चित्रहरु बोल्थे, ज्यामितिका कोणहरुले घोच्थे | अंग्रेजी किताबमा भएका चित्रहरु अंग्रेजी नै बोल्थे म बुझ्दिनथिए | ज्यामितिका कोण जान्नुभन्दा कन्दंगवा सरको डस्टर खानु सजिलो लाग्थ्यो मलाइ | रसायन शास्त्रका फर्मुला सम्झिनुभन्दा पुण्य सरको छडी सहज थियो मलाइ | फेरी अर्को सालको ठुलो परिक्षा आइसकेको थियो | अब सरहरुले पनि फेरी फेल भईस भने भाइले भेट्छ भनेर डर देखाउथे | साथिहरु पनि हात धोएरै जिस्काउथे | मलाइ जाँच दिन मन लागेन | एकदिन गोठधुपको दिन थियो बुबाहरु सबै जानुभएको थियो| बहिनी र म थियौ घरमा, भाइ साथीकोमा पढ्न गएको थियो | मैले बहिनीलाई तीनसय रुपैया मागें, बहिनीले किन भनेर सोधी मलाइ काम परेको छ दे न भनेर रुनै खोजें | बिचरा भर्खर १५ बर्ष लागेकी थिई खै के सोची अनि ल्याएर दिई | म एकैछिनमा आउंछु भनेर हिडें, बुबाहरु भन्दा अघि आइज है नत्र मलाइ मार्नु हुन्छ बुबाले भनि | चोकमा निस्केँ, मलाई के गरौँ के गरौँ भएको थियो घर छाड्ने निश्चय गरिसकेको थिएँ | उर्लाबारी जाने बस आयो म चुपचाप चढें | उर्लाबारी पुगेपछि छक्क परें केहि सोच्नै सकिनँ | साँझ पर्न लागेको थियो, एउटा होटेलमा मालपुवा खाँदै बसेको थिएँ | एउटा पन्जाबी ट्रक आएर रोकियो, उसले त्यहाँ खाना खायो | म अघिदेखि उसैलाई हेरेर बसिराखेको थिएँ उसले पनि मलाइ नियाल्दैथियो | धेरै बेर हेरेको देखेर सोध्यो, के हो भाइ घर कहाँ हो ? मैले आत्तिएर भने मलाई गाडी बनाउन सिक्न मन छ, एउटा ग्यारेजमा लगिदिनोस | छक्क परेर फेरी सोध्यो घर कहाँ हो? मैले भनें मेरो घर छैन | बिरगंजमा साथीको ग्यारेज छ जान्छौ? मैले टाउको हल्लाएँ | धेरै कुराकानी पछी भोलिपल्ट हामि पुग्यौ बिरगंज | बाटोभरि मैले उसलाई ढांटे, उसले मजत्रै छोरा भएको, घर धनकुटा र लिम्बू थर भएको बतायो | उसैले भनेर मलाइ दुइछाक खाना सहित बस्ने ठाउँ दिने शर्तमा त्यहाँ सिक्ने मौका मिल्यो |


एकरात सपनामा रुँदैरुँदै काँडाघारीमा हिड्दैगर्नु भएको ममीलाई देखें | आधारातमै ब्युझिएँ, कस्तो नरमाइलो लाग्यो | यत्रो दिनसम्म के के बित्यो होला कति रुनुभयो होला जस्तो लाग्यो | अनि बहिनीलाई पनि सम्झें उसलाई झुठ बोलेर आएकोमा पछुतो लाग्यो | सम्झिन त सधैं सम्झिन्थे ममी र बहिनीलाई तर आज मन आत्तियो | जुरुक्क उठें घर गैहालूं जस्तो लाग्यो | यो अढाईबर्षमा मैले केहि खबर पनि पठाएको थिईन | एकबर्षदेखि मलाइ तलब पनि दिन थालेको थियो | तलब पाउने बेला पनि भैसकेको थियो तर किन किन यसपाली तलबको माया लागेन | मैले तलब केही खर्च नगरी राखेको थिएँ पैसा भएको झोला बोकें र बाहिर निस्किएँ | निस्पट्ट अध्यारो थियो | परपर कुकुर भुकेको सुनिन्थ्यो | मलाई यो मध्यरात हो भन्ने पनि याद भएन | बेस्मारी जाडो थियो, हिडेको हिड्यै चोकमा निस्किएँ र घडी हेरें तिन बजेको रहेछ | काठमाडौं जाने “डे” गाडी भेटिने सम्भावना थियो | डे बस चढेर पथलैयासम्म पुगें, काठमाडौंबाट आउने नाईट बस भेट्ने आशा थिएन | तर मेरो सुभदिन जाममा फँसेको गाडी भेटें, कतिखेर निदाएँ कुन्नि ब्युझिदा म इटहरीमा थिएँ | बेग्लै खुसि थियो मनमा, हतार पनि उत्तिकै लागेको थियो | घरमा पुग्दा मध्येदिन भएको थियो र ममिमात्रै हुनुहुन्थ्यो | शुरुमा गालि गर्नुभयो अनि रुनुभयो मलाइ छेउमा राखेर सुम्सुम्याउनु भयो | म पनि ममी संगै रोएँ | म फेल हुन्छु र भाइसँग पढ्नुपर्छ अनि फेरी बुबाले कराउनुहुन्छ भनेर ममीले बुझ्नुभएको रहेछ |

बुबाले मैले सोचेजति गालि गर्नुभएन, धेरै गल्नुभएछ | दाजुले बरु हप्कायो र फेरी पढ भन्यो | मैले बुबालाई ग्यारेजको सबै काम सिकेको छु एउटा ग्यारेज खोलौं भनेर बिन्ति गरें तर बुबाले मलाइ बिश्वास गर्नुभएन | भन्नुभयो, नजानेको काममा हात नहालेकै राम्रो | मलाइ बेकार बस्न पनि मन लागेन र फर्केर जान पनि | कान्छाकाकाको ट्याक्टर थियो, काकालाई भनेर त्यहि चलाउन थालें | बुबा र काकाको राम्रै सम्बन्ध थियो, मन खुसि नभएपनि बुबाले मलाई केहि भन्न सक्नुभएन | घरको खाएर, घरमै बसेर पनि मैले राम्रै पैसा कमाउन थालें, बिचबिचमा लेवरको काम पनि गर्दा अनि बाटोमा कसैका सानातिना सामान ओसारिदिदा पनि पैसै आउंथ्यो र त्यो साहुजीलाई बुझाउनु पर्दैनथियो | यतिकै एकबर्ष बित्यो बहिनीले पनि प्लस टु सकेर बिराटनगरमा स्टाफ नर्स पढ्न थालिसकेकी थिइ र दाजुभाउजुसँग बिराटनगरमै बस्थि | दिदी पनि बिहे गरेर तरहरा पुगिसकेकी थिई | एकाएक मेरो बिहेको कुरो चल्यो | छिमेकी गाउँबाट हाम्रो नजिकैको स्कुलमा पढ्न आउने बिनितासंग | झट्ट हेर्दा खास राम्री नभएपनि पढाइमा जेहेन्दार थिई, छात्रवृति पाएर प्लस टु पढेकी मेरो बहिनी सँगै | पढ्ने रहर हुँदाहुँदै घरको स्थिति खास राम्रो नभएर बिहे गर्न बाध्य थिइ| उसको बिहेमा एउटा शर्त थियो बिहेपछी पढ्न पाउनुपर्ने | बुबालाई पनि छोराले नपढेपनि पढ्ने बुहारी पाउदा राहत मिलेको थियो | म केहि बोल्न सकिनँ, बहिनीले भनेपछि नाइँ भन्न मन लागेन र बिहे भयो |

बिहेको केहिदिन देखिनै मलाइ काममा जान दिईन विनिताले, बुबासँग सल्लाह गरेर आफ्नै ट्याक्टर किनौं भनि | मसँग कुरा नजम्ने भएर उसैले कुरा गरि र बुबाले पनि कृषि बिकास बैंकमा अलिकति खेत राखेर ट्याक्टर लिन सहमत हुनुभयो | पढेकी, बोलाइली, फरासिली भएकोले सबैको मनमा बसेकी थिइ बिनिता | म पनि आफ्नै गाडी चलाउन पाएर मक्ख | बिनिता अब पहिलाको जस्तो रहिन, ममीसँग मनमुटाव भईराख्थ्यो | साथि भएपनि बहिनीसँग पनि सम्बन्ध चिंसिदै गयो, मेरो मन दुख्ला भनेर कैलेकाही आउने बिचरा बहिनी पनि सहिदिन्थी | दिनभरी म घरमा नहुने भएर खास मलाइ थाह पनि हुदैनथियो | खाना खाएर म निदाईहाल्थे | अरुसँग जे जस्तो भएपनि बुबालाई खुब आदर गर्थी| त्यसैले बुबाले प्रसस्तै उचाल्नु भएको थियो र बुबाको आड पाएर भुइँमा न भाँडामा भएकी थिइ | दिनभरिको गाडीको थर्काई अनि धपेडीले बिस्तारै मलाई गलाउदै लग्यो बिस्तारै म रक्सीको अम्मली बन्दै जान थालें | हुँदाहुँदा नखाइकन भोलिपल्ट उठ्न नसक्ने हुनथालें | चिसांग खोलाको बालुवा र माथि केराबारी छेउ पुगेर ढुंगा ल्याउनु पनि उत्तिकै गाह्रो काम थियो, फेरी ट्याक्टरको सिट……. |

विनिताले स्नातक राम्रैसंग सिध्याई यतिबेला सम्म हाम्रो एउटा छोरी र अर्को बच्चा पेटमा थियो | धनकुटामा एम एडको लागि भर्ना भएर घरै बसेर ऊ पढ्न लागेकी थिइ | छोरो जन्मेर एकबर्षको भएपछी गाउँकै स्कुलमा बुबाले भनसुन गरेर राहतमा पढाउन पनि थालेकी थिइ | उसलाई जागिर दिलाएबापत संचालक समितिको अध्यक्षको खेतमा आफ्नै डिजल हालेर पचास घण्टा लेवलिंग गरिदिनु पर्यो मैले | तर मेरी विनिता दिनदिनै फेरिदै जान थालि, महिला अधिकार, बचत समूह, बुहारी समाज र अरु के के संस्थाको प्रतिनिधि हुँदै तालिम र गोष्ठीमा दगुर्न थालि | ममीलाई नातिनातिना स्याहार्न हम्मेहम्मे पर्न थालेको मैले महसुस गरेको थिएँ | एकदुई पल्ट बिनितालाई सम्झाउन पनि खोजें तर सामिजिक उत्तरदायित्व, महिला अधिकार र के के भन्दै अब चुल्होचौको गरेर बस्न नसक्ने बताउन थालेकी थिइ | एकाएक शाकाहारी भई, आध्यात्मिक र धार्मिक दर्शनका कुरा गरेर मलाई पनि माछामासु नखाने सल्लाह दिनथाली | उसका थाल बटुका छुट्टिए | हाम्रो बिछ्यौना अलग्गिए | मैले कमाएर ल्याएको राखनधरण सबै उसैले गर्थी | एकदिन दाजु आयो र अंशबण्डाको कुरा निकाल्यो | बुबाले सजिलै तँ तेरो भाग लिएर जा अब कान्छो पनि आउँदैन होला हामि माइलो र विनितासँग बस्छौं भन्नुभयो | तर विनिताले कुरा भुईमा झर्न नपाउदै म कसैलाई पाल्न सक्दिनँ भनि | मैले कत्ति सम्झाउन खोजें तर मेरो केहि सुनिन | बुबाले पनि फकाउनु भयो तर ऊ डेग चलिन | आखिरमा मैले त्यत्रो मिहेनत गरेको सबै पानीमा गयो | ट्याक्टर किनेको भन्दा बढी दाम घाटामा गयो | मैले यो चारबर्षमा धेरै काम गरेको थिएँ, हिसाब सबै उसैले राखेकी थिइ तर हिसाबले नोक्सान देखायो | घरमा चलाउँदै गरेका भाँडाकुँडा भाउजु र विनिताले होडबाजी गरेर छाने |

मैले जिन्दगीमा धेरै दुखहरु भुक्तान गरेको छु तर त्यो अंशबण्डाको दृश्यजति नराम्रो मलाइ केहि लागेन | हामि बच्चैदेखि त्यहि घरमा काम गर्ने पसिना बगाउनेलाई केहि वास्ता हुँदैन तर चारदिन अघि आउनेले कस्तरी घरका सामान छानीछानी लैजान्छन | छोरीलाई अन्माएर लोग्नेको घर पठाउदा डाको छोडेर रोएको देखेको थिएँ तर बुबाममीसँग छुट्टेको दिन मलाइ पनि कहालिदै रुन मन लाग्यो | छोराहरुलाई घरखेत, धान चामल र भाँडाकुँडा भाग लगाएर दिने बुबाममिको साँझमा खाना पकाउने भाँडासमेत रहेन | ममीले दुईजनाको लागि दशजनालाई पुग्ने ठुलो भाँडामा भात पकाएको देखेर मेरो मन अमिलियो | छोरामान्छेको लागि त्यो जस्तो दुखद समय अरु शायदै हुन्छ होला | ऋण तिर्नलाई मेरो मुटुको टुक्रा ट्याक्टर पनि बेचिने भयो | त्यो दिन त म नराम्ररी लुटिएँ | तोकिएको दाम तिर्ने क्षमता मसँग थिएन |

केहिदिन बुबाघरमै बसेर हामीले घर बनायौ| मन नमिलेपनि लोग्ने स्वास्नी अलग्गिन हत्तपत्त नसकिने रहेछन| नबोले पनि बोल्नैपर्ने, बोलाउनै पर्ने| सम्बन्ध गाँस्नुअघि सोचेपनि नसोचेपनि तोड्नुअघि हजारपल्ट सोच्नुपर्ने रहेछ| ऋण तिर्नलाई अलिकति सगोलको जग्गा बेचेका थियौं र बाँचेको पैसा सबैलाई भाग लगाईएको थियो | त्यहि पैसाले घर बनायौं, नपुगेको पैसा विनिताले माइतबाट ल्याई | घर तैयार भएपछी दिदीले, ममीले दिएको भन्दै धेरै सामान ल्याई विनिताले | पछी थाह भयो सगोलको पैसा लुकाएर कतै घडेरी पनि जोडेकी रैछे | विनितासँग मेरो सम्बन्ध बिग्रियो, उसले बिस्तारै मलाइ घरमा पस्न पनि नदिउँला झैं गर्नथाली | माछामासु, जाँडरक्सि खानेलाई घरमा पस्न नदिने भन्थी | छोराछोरीलाइ उही प्यारी थिई, मसँग केहि हुँदैनथियो सबै किनिदिने उही | अफिसको काम भन्दै दुईतिन दिनसम्म हराउन थालि | स्याहार्न भ्याईएन भनेर छोराछोरी पनि माइतमा पुर्याई | पहिले सगोलमा हुँदा बुबाको आड पाएर मलाइ गन्नै छाडेकी थिइ | मलाइ विदेश पठाउन धेरै कोसिस गरि तर मैले फेरी काकाकै ट्याक्टर चलाउन थालें | ऊ स्कुलकी मिस भएर सबैले उसकै कुरा सुन्न थालेका थिए | म पहिलेदेखि नै बोल्न नसक्ने, चित्त दुख्दा एकान्तमा एक्लै रुन्थें | एकदिन खोइ के को सम्मेलनमा गएकी तिन दिनपछि आइ | मलाइ अलिक चित्त दुखेको थियो | आएपछि मैले उसलाई हप्कीदप्की गर्न खोजें, लोग्ने हुनको हक र दम्भ देखाएँ | उल्टो अबदेखि घरमा नपस्नु, मैले माइतीको पैसा ल्याएर बनाएको घर हो यो कसैको हली र जड्याहालाइ बस्न बनाइदिएको होईन भनि | ममीले पनि नजिकैको घरबाट सुन्नुभएछ र ममी पनि आउनुभयो र सम्झाउन लाग्नु भयो र रोईकराई गरेर गुहार मागी | छेउछाउका छिमेकि आए र भोलि भेला बस्ने भनेर गए |

भोलिपल्ट भेलामा आमा समूह र महिलावादीहरुले उसको धर्मकर्ममा खलल पुर्याएको, बुहारीलाई कजाउन खोजेको आरोप लगायो ममी र मलाइ | यो घरमा बस्ने भए जाँडरक्सि नखानुपर्ने फैसला गरे | त्यहादेखी म ममीसँगै मुलघरमा बस्न थालें | अंशमा पाएको थोरै जमिन बाहेक केहि थिएन मेरो | कहिलेकाही छोराछोरी भेट्न जान्थें | छोराछोरी बाबासँग जाने भन्दै रुने कराउने गर्दा छाति चरक्कै चिरिन्थ्यो| म बिबस र लाचार बनेर फर्किन्थें| ल्याएपनि म काममा जानुपर्ने र उ पनि स्कुलमा पढाउन जाने| कुनै उपाय थिएन|

एकदिन बिहानै ढुंगा ओसार्न चुरे गएको थिएँ फिर्न अलिक ढिलो भयो र गाडी घरमै राखेर भोलिमात्रै लैजाने बिचार गरेर घरमै पसें | मुलघरको आँगनबाट मेरो घर मजैले देखिन्थ्यो, मैले गाडी आँगनमा ल्याउदा ल्याउदै मेरो आँगनबाट दुईटा बाइक निस्किए | अझै मान्छे बोल्दै गरेको सुनिन्थ्यो | के रहेछ? को रहेछ? भनेर चाबी थुतेर सिधै मेरो घरतिर सोझिएँ | मुलघरको आँगन काट्दाकाट्दै अर्को पनि बाईक रोडमा उक्लियो र दक्षिण बतासियो | बाहिर बिनिता उभिएकी थिइ, मलाई रोक्नलाई हातमा समातेर तान्दै थिई म नरोकीई सरासर भित्र टिभी कोठामा पसें | त्यहाको बातावरण देखेर मेरो जिउमा काँडा उम्रिए, मैले सबै अन्धकार देखें | सयओटा फुस्रे कमिलाले टोकेजस्तो भयो | निधारको दायाबाया चल्निमा कराहीमा दूध उम्लेजस्तो भुलुकभुलुक भयो| त्यहाँ खसीको सेकुवा, कुखुराको साप्रा र वियरको बोतल छरपष्ट थिए | मेरो शरीर काँप्यो, आवेशमा सोधें के हो यो ? उसले नडराई जवाफ दिई, “शिक्षक सेवा आयोग पास भएर यहि स्कुलमा स्थायी भएँ अनि सरहरुलाई पार्टी …… |” मैले सबै सुन्नै सकिन, आजसम्म जानेर झिङ्गो पनि नमारेको मलाइ आज आफ्नै स्वास्नी मार्न मन लाग्यो | विनिताको चुल्ठो समातें र भित्तामा झुण्ड्याएको पेटी झिकें अनि बर्साउन थालें | ममीले थाह पाएर आउनुभयो मलाइ छुट्याउनु भयो तैपनि बीचबिचमा ममीको पकड खुस्काउदै लात्ताले भकुरें |


महिलावादीहरुको दबावमा असईले पक्राउ गरि जिल्लामा ल्याएको छ र अहिले खोरमा थुनिराखेको छ | म माथिको घरेलु हिंसाको आरोप लागेको छ| तीनै महिला अधिकारवादीको करबलले मलाइ अदालत लगिने भएको छ| तर मलाइ कत्तिपनि बिस्मात छैन मेरो कर्मप्रति कानुन अनुसारको सजायँ स्वीकार छ |

बस्नेतका अन्य सामाग्रीहरु पढ्नुहोस्|

दीप जलाउने कि टायर बाल्ने??

फणिन्द्र शान्त

-फणिन्द्र  शान्त 

पाउँने र गुमाउँनेको प्रसंग खोतल्ने हो भने, बडो रोचकपुर्ण छ बर्तमान नेपाली राजनीति।फलानोले पाए जस्तो, ढिस्कानोले गुमाए जस्तो।ए होइन होइन, ढिस्कानोले पाए जस्तो, फलानोले गुमाए जस्तो।सबैले केही पाए जस्तो अनि सबैले केही गुमाए जस्तो।खै के खै के को स्थिति।यो प्रसंग उधिन्न तपाईँ जति खोस्रनु हुन्छ उति भुमरीमा फँस्नु हुन्छ।अहिलेलाई छोडिदिउँ, जानाजान यो भुमरीमा नफँसौं।

केही ब्यवहारका कुरा गरौं।बिभिन्न राजनैतिक स्वार्थ बोकेका दल, गुट र उपगुटहरुको गण्डागोल भित्र सबैले चाहे जस्तो सबै थोक नपाउनु स्वभाविक हो।साना दलहरुले ठाडै आरोप लगाइरहेछन्, ठूला दलले सबै लिए हामीलाई केही पनि दिएनन्।यही आरोपानुसार ठूला दलकोमा पुग्नूस्।ठूला दल भन्छन्-सबैलाई दिएका छौं बरु अरुलाई दिँदा दिँदा आफ्नो भागमा चाँहि केही बँचेन।अब कथित ठूला दल भित्र झाँक्नूस्।’हामीले यो पनि छोड्यौं, त्यो पनि छोड्यौं।छोड्नु हुन्न थियो र छोड्नु हुन्न अब।’ ३/४ दिन अघि सम्म यस्तै शब्द बोलेर आफ्नै कार्यकर्ताले दिमाग खाइरहेका थिए नेतृत्वको।
ठूला दल मध्ये एक, एमाओवादीको कुरा गर्ने हो भने, संर्घषशील कार्यकर्ता र शुभचिन्तकहरु भन्छन्-पार्टी नेतृत्वले आफ्ना एजेण्डा एक पछि अर्को गर्दै समर्पण गरिसक्यो।जुन ठीक होइन।
अब यता कांग्रेस एमालेलाई हेरौं।उसका समर्थक/शुभचिन्तक भन्छन्-पार्टी नेतृत्व आफ्ना मुद्धा बिर्सेर जसो जसो पुरेत बा उसै उसै स्वाहा भने झैं एमाओवादीको लहलहैमा फँस्यो।कमल थापाको ‘प्रचण्ड र बाबुरामलाई मात्र बधाई’ भनाईले पनि मलजल गर्छ। पावर हाउसहरुको त यो हविगत छ भने साना दलका त कुरै छोड्नूस्।गुनासै गुनासा।
यद्धपि, गुनासै गुनासाका बिचमा धेरैले राजनीति यस्तै हो भनि जय/पराजय जे जे भए नि स्विकार्ने आँट गरे।स्वतन्त्र राजनीतिको अब्बल खेलाडीको रुपमा उभ्याए। अनि संविधान संसोधनको लचिलो प्रावधानारुप चाँढै आफ्नो पक्षमा ढाल्ने संकल्प सहीत सदनमा बिस्तारो भए पनि थपडी मारे। जसले स्विकार्न सकेनन् अझै पनि सडकमा छन् र सडक तताउने ध्याउन्नमा छन्।

अब अर्को पक्षबाट सोचौं।कसले के पायो त??म यहाँ सानो उदाहरण पेश गर्छु,,
अत्यन्तै कष्टदायी प्रसव पीडा पछि जब शिशु जन्मन्छ:-
१.
शिशु जन्मेकोमा आफन्त छरछिमेक सर्वत्र हर्ष फैलन्छ।नवजातको रङ्ग/रुप/बिशेषताको भरपूर चर्चा हुन्छ।हर्षको केन्द्रमा शिशु नै शिशु मात्र रहन्छ।
२.
अत्यन्तै थोरै ब्यक्तिहरुमा मात्र त्यो दिव्य दृष्टी हुन्छ जसले शिशुका साथसाथै माताले ९/१० महीना शिशु गर्भमा बोक्दा झेलेको दुःख/कष्ट देख्न सक्छ।अनि माताको सोही कष्ट निवारण भएकोमा हर्षित हुन्छ/आनन्दविभोर हुन्छ।
एउटा कुरा के किटानीका साथ भन्न सकिन्छ भने, उक्त मध्ये पहिलो हर्ष उत्ताउलो तथा क्षणिक हुन्छ।तर पहिलो भन्दा दोश्रो निक्कै किफायती र विवेकपूर्ण मानिन्छ।बच्चा कस्तो जन्म्यो भन्दा पनि माताको त्यो भीमकाय पीडा खत्तम भयो भन्ने कुराले बिशेष महत्व राख्छ।अनि बच्चाको पालनपोषण कसरी गर्ने भन्नेमा ध्यान केन्द्रित हुन्छ।उसलाई थाहा हुन्छ, बच्चालाई जस्तो बनाउन खोज्यो त्यस्तै बनाउन सकिन्छ।

हो, संसद सभाले पारित गरी अधिकांश(६०१ कोटामा हाल कायम ५९८ मध्ये ५३७)सभासदहरु तथा सभामुखले प्रमाणित हस्ताक्षर गरे सँगै संविधान रुपी शिशु जन्मिसकेको छ जसलाई प्रसुती गृहबाट बाहिर निकाल्न मात्र बाँकि छ।अबको केही घण्टा भित्रै निकालिने छ।तपाईँ हामीले चाहे जस्तो हुवहु पक्कै छैन।अनेक दल र समुहको साझा दस्तावेज भएकोले नहुनु स्वभाविक मानिन्छ।यसर्थ पहिलो तवरले खुशी हुन सक्नु हुन्न भने, कृपया दोश्रोमा दृष्टी लगाउनूस्।मलाई लाग्छ तपाईँमा अवस्य खुशी पलाउने छ।र यो पनि बताइदिउँ, तपाईँको यो हर्ष पहिलोको तुलनामा निक्कै विवेकपूर्ण ठहरिने छ।

बिशेषतः संविधान जारी गर्ने प्रकृयाबाट अलग भई सडक तताउन तत्पर असन्तुष्ट मित्र-महानुभावहरुलाई केही भन्नु छ मेरो।परिवेश नियाल्नु होस्।तपाईँले मात्र होइन, कसैले पनि आफूले चाहे जस्तो संविधान पाएका छैनन्।साथै तपाईँले जस्तै सबैले केही न केही नपाएका पनि होइनन्।नेपालले अर्को एउटा संविधान र नेपाली जनताले इतिहासमै पहिलो पटक आफैंले बनाएको संविधान पाएका छन्।यो आफैमा सानो गर्वको कुरा होइन।अनि यो बिल्कुलै हाम्रो हो।यसका अवरोध खातिर वाह्य दवाब बिशेष भारतिय दवाबलाई नेपाली नेताहरुले वेवास्ता गर्नु हाम्रो उच्च स्वभिमानको मजबुध दशी हो।जसको सम्मान गर्नु हाम्रो पनि कर्तब्य हो।नबिर्सौँ, तपाईँको बिरोध कतै भारतिय हस्तक्षेपलाई बाँदरलाई निस्लो नबनोस्। यो संविधान सँगै नेपाल आमा बिगत ८/९ बर्ष देखि भोगिरहेकी प्रसव पीडाबाट मुक्त भएकी छिन्।म मान्छु, शिशु तपाईँले भने जस्तो जन्मिएन रे।यसो भन्दैमा आमाको दर्दनाक प्रसव पीडा समाप्त भएकोमा के थोरै पनि खुशी लागेको छैन??

हजूर बाले भन्नु हुन्थ्यो, नाती! स्याललाई दशा लाग्यो भने शहर पस्छ है।यो ऐतिहासिक क्षणमा आफ्नो थादथलो/साथीसंगी छोडेर शहर पसेको स्यालको हविगत नहोस् कसैको पनि।कामना गरौं, जारी भइरहेको नेपालको संविधान २०७२ ले सबै नेपालीजनका भावनाको उच्च सम्मान गर्न सकोस्।
अन्त्यमा,
छनौट आ-आफ्नो, अग्निलाई कुन रुपमा प्रयोग गर्ने???
दीप जलाई मन तथा समाजमा शान्ति छर्ने कि,
टायर जलाई दुवै अशान्त पार्ने।
आखिर, अग्निलाई कसले सोध्छ र यहाँ?? ऊ के चाहन्छ भनि।

गजल

by-11045341_1065855683430801_6681907712877688775_n

रमेश ‘गोठालो’

 

गजल जिन्दगानी गुजार्दैछन्, घाउ खोज्दै झिंगाहरु

परिचित छन् यो मन सँग, समुन्द्रका माछाहरु

 

न ठोक्कियोस् निधार मेरो, घुँडा आफै खुम्चिदिन्छन्

जब आउँछन् समयका, स-साँगुरा गुफाहरु

 

कति लामा लामा पाल्छौ, डरका जुँगा अझै तिमी

भोकै मर्नुपर्ला बाबै!, छेकिदिन्छन् खानाहरु

 

भ्रमले हो हात्ती बाँध्ने, साङ्लोमा के तागत छ र

भारी बोक्ने भ्रम भित्र, दुखी देख्छु गधाहरु

 

अधिकारको निम्ति लड्छन्, यो युगसम्म अझै मान्छे

चेतनाको ज्योति हेर्न, लालायित छन् आँखाहरु

 

गर्मी ताप्छन आमाहरु, शीतले पोल्छ बाबालाई

आगोसँग देख्छु खेल्दै, बरु साना बालाहरु

 

बुझेनछन् यी पत्थरले, लक्ष्य अझै ‘गोठालो’का

कत्रा कत्रा पहाड ढले, यी के छेक्लान् बाटाहरु ?

खोटाङे गजलकार हरुका लागि खुशीको खबर

खोटाङे गजलकार हरुका लागि खुशीको खबर :-

– लेख कार्की

लामो समयदेखी प्रवासमा रहेर साहित्यिक क्षेत्रको गजल लेखनमा कलम चलाउँदै आएका हामी प्रेम प्रसाद भट्टराई , लेख कार्की र मणि पौडेलले अरब मुलुकको कतार बाट खोटाङे साहित्यको जगेर्ना गर्ने अभिप्रायले संसारभरी फैलिएर रहनु भएका र नेपालभित्र रहनु भएका पुराना तथा नयाँ खोटाङे गजलकार हरुलाई एउटै मालामा उनेर सम्पूर्ण खोटाङे गजलकारहरुको संयुक्त गजल संग्रह प्रकाशन गर्ने अभियानमा लागेकाछौँ र पूर्ण बिश्वासछ यो अभियानलाई सफल पार्न सम्पूर्ण खोटाङे साहित्यिक मनहरुले सहयोग गर्नु हुनेछ ।

संयुक्त गजल संग्रहका लागि विभिन्न देशमा रहनुभएका खोटाङे गजलकार र नेपाल भित्रै रहनुभएका खोटाङे गजलकारहरु लाई सम्पर्क गर्न सजिलो होस भन्ने अभिप्रायले हामिले गृह जिल्ला लगायत विभिन्न देशहरुमा संयोजक छनौट गरेकाछौँ र संयोजकको नाम फोटो सहित संग्रहमा राखिने पनि अग्रिम जानकारी गराउँदछौँ ।

संयोजक तपशिल बमोजिम रहनु भएको छ ।

१, खोटाङका ७२ गा बि स र १ नगरपालिका :- Rai Ramesh गाउले 009779753003545
,009779842969296
र Jagat Adhikari Anmol

२,काठमाडौ उपत्यका :-
Tanka Bhattarai 009779851196190 र दिपेन्द्र ‘अश्रुमाली ‘ 00977981866903, 009779860874054 ।

३, दुबाइ यु ए इ :-
Umesh Rai 00971504365091

४, कुवैत :-
Prem Katwal 0096567605897

५, साउदी अरब :-
चन्द्र खड्का श्रमीक 00966582598484

६,मलेसिया :-
रबिन प्रधान “प्रतीक” 0060179062315

७, बहराइन :-
धन कुमार राई 0097336876950, 0097336463314

८, जापान :-
Rabindra Dikhukpa

९, कोरिया :- Anand Bhattarai 00821059474112

१०, इज्राएल :-
नाना रोदुङ् 00972546110940

११, बेलायत :-
Bhola Bikram Chamling 00447477986076

१२, हङकङ :-
Tej Prakash Rai 0085297061925

१३, अमेरिका :-
डिआर ढुंगाना 00144516462297500

१४, भारत :-
कोहि हुनुहुन्छ भने जानकारी पाउँ

१५, वोमन :-
कोहि हुनुहुन्छ भने जानकारी

संयोजकको काम र कर्तब्य :-
संयोजक ज्यू हरुले आफ्नु क्षेत्रमा संयुक्त संग्रह को जानकारी गराइ गजल संकलन गरि छनौटका लागि पठाउनु पर्ने छ र संग्रह प्रकाशन पछि संयुक्त गजल संग्रह सार्बजनिक गरि डिस्टृब्युसन गर्नुपर्ने छ ।

गजलकारले पालना गर्नु पर्ने नियमहरु :-

१, गजल कम्तिमा ४ बढीमा ५ शेर सम्मका हुनुपर्ने छ ।

२, एक गजलकारले ५ वटा गजल पठाउनु पर्ने छ र ती पाँच वटा गजलहरु बाट छनौट गरि ४ वटा गजल प्रकाशन गरिनेछ ।

३, गजल २०७२ सालको कार्तिक १ गते तदअनुसार १८ अक्टोबर २०१५ भित्रमा पठाई सक्नु पर्ने छ ।

४, गजलकारले आफ्नो पासपोर्ट साइजको फोटो १ प्रती र आफ्नो पूरा ठेगाना गजल संगै पठाउनु पर्ने छ ।

५,गजलकारले संयुक्त गजल प्रकाशनमा कुनै लगानी गर्नुपर्ने छैन ।( कुनै शुल्क पठाउनु पर्ने छैन ) ।

६, गजल कतैपनी प्रकाशित नभएको कुनै देश जाती धर्म सास्कृती वा कुनैपनी ब्याक्तिलाइ आक्षेप नलाग्ने खालको हुनुपर्नेछ ।

७, प्रकाशनको लागि पठाएको गजलहरु कुनैपनी कारणले बिबादित भएमा गजलकार स्वयम् जवाफ देहि हुनुपर्नेछ ।

८, संकलित सबै गजलहरु वरिष्ठ गजलकार डा. कृष्ण हरि बराल ज्यु द्वारा छनौट गराईनेछ ।

९, संयुक्त गजल संग्रह २०७२ सालको फागु पुर्णिमाका दिन बिमोचन गर्ने मनसाय बनाएका छौ ।

नोट :- माथी उल्लेखित संयोजक संग सम्पर्क गर्न नसक्नुहुने र कातारमा रहनुहुने गजलकारहरुले प्रकाशक समूह ”
Prem Prasad Bhattarai 0097466641964, 0097470779057

लेख कार्की
0097474782985 /0097466043412

र Mani Poudel ” 009733570885 संग सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।

संयुक्त गजल संग्रहको नाम केहिदिनमै जुराएर सार्बजनिक गरिने छ ।
हामिलाइ इमेल गर्ने ठेगाना यसप्रकार छ । khotanggajal@yahoo.com

जय गजल !

गजल-मिलेको सम्म अल्पन्छन्

कवी अभ्यर्थी

-कबी पन्त 

मिलेको सम्म अल्पन्छन् अचेल मान्छेहरू धेरै!
कतै मद्धत दिए कन्छन् अचेल मान्छेहरू धेरै!~

सधै स्वार्थी बनेरै झन् लगाएका ती गुन बिर्सी,
गुनासो मात्र सम्झन्छन् अचेल मान्छेहरू धेरै!

बुवाआमा लगी आश्रम कठै! छोरो उचालेर,
सहारा हो पछि भन्छन् अचेल मान्छेहरू धेरै!

मुटुमा राखी पत्थरको निसाना जो लगाएर,
र आफ्नैको जरो खन्छन् अचेल मान्छेहरू धेरै!

नसोचेरै कतै केही बनेमा सत्यको साथी,
घमण्डीमा सधैँ गन्छन् अचेल मान्छेहरू धेरै!

“खण्ड अखण्ड र उदण्ड प्रचण्ड “

1450087_567818686626614_755867542_n

अबिनाश शापकोटा 

‘खण्ड , अखण्ड र उदण्ड प्रचण्ड ” सुन्दा उस्तै उस्तै लाग्ने यी शब्दहरु आपसमा यति फरक छन् कि तपाईँहरु कल्पना पनि गर्न सक्नु हुन्न । खण्ड र अखण्ड शब्दहरु आपसमा बिपरितार्थी छन्, यो त सबैलाई थाहा छ तर प्रचण्ड शब्दको अर्थ नेपाली परिवेशमा यति अपभ्रंश भएको छ कि अब नेपालीहरुलाई यसको वास्तविक अर्थ नै थाहा हुन छोडिसक्यो । आखिर के कारण हो त प्रचण्ड शब्द चर्चामा रहेर पनि मोर्चामा टिक्न नसक्नुको कारण ? मेरो आधा पाउको बुद्धिले भ्याएसम्मको बिश्लेषण गर्दा लगभग केही बर्ष यता नेपालमा प्रचण्ड शब्दले चर्चा पाउन थालेको हो ।

सुरुका अवश्थामा शाब्दिक भेदभाव को पतन र स्वतन्त्रको नारा संगै भित्रिएको यो शब्दले ठूलै दर्जा पायो । नयाँ शाब्दिक विश्लेषण , नयाँ सोच , बहुआयामिक बिचार धाराहरुबाट सुसज्जीत प्रचण्ड शब्द वाहवाहीका माध्यम बन्यो । त्यस समयमा प्रचण्ड शब्द आफैमा एक सत्यबादी , कर्मठ, संघर्षी जस्ता अर्थहरुले भरिपुर्ण हुन सफल भएको थियो । शाब्दिक परिवर्तनका लागी आयोजना हुने सेमिनार गोष्ठि र भाषणहरुमा प्रचण्ड शब्द तालीका साथमा स्वागत हुन्थ्यो । बद्लिदो समय र शब्दहरुका माग अनुरुपको शब्द विधायेक निर्माणको लागी सदन पुगेका अन्य बिभिन्न शब्दहरु पनि चर्चामा नआएका हैनन्, तर पनि तीनीहरु मेरो अनुसन्धान क्षेत्र बाहिर रहेकाले तीनीहरुको खासै चर्चा गर्न चाहिन ।

शाब्दिक बिधायेक निर्माण र शब्दहरुको जगेर्ना गर्ने उदेश्यले सर्बसम्मतिमा प्रचण्ड शब्दलाई मनोनित गरेर सदनमा पठाइयो । सत्ताको बागडोर आफ्नो कब्जामा परे लगत्तै प्रचण्ड शब्दमा अलिअलि गर्दै परिवर्तन देखा परेको हो । केही एक पक्षिय अडान र सद्भाव बिरोधी जस्तो भान गराउने ‘शाब्दिक बिखण्डन’ शब्द जब प्रचण्डमा जोडिएर आउन लागे, तब जनताले प्रचण्ड शब्दको अर्थ बुझ्दै गए र प्रचण्डको अगाडि उदण्ड उपाधी थपिदिए । अब उदण्ड प्रचण्ड शब्द बिस्तारै नाम अनुसारको काम गर्न तिर तल्लीन भएर लाग्यो र आफुमा अरु उपाधी थपाउनको निमित्त उही संघियता अर्थात शब्दहरुबाट उपसर्ग र प्रत्यय छुट्याइनु पर्छ भनेजस्तो नारा निकालेर शब्दहरु बिचमै द्वन्द सिर्जना गराउन लाग्यो । उ ठूलो शब्दले त्यो सानो शब्दलाई माथि उठ्न दिएन भन्ने जस्ता कुरा सदनमा निकालेर शब्दहरु बिच जातिय र बर्गीय अन्तर ल्याउने काम गरे पछी त झन् प्रचण्ड शब्द चुलिएर शिखरमा पुग्यो ।

संस्कृत शब्दहरुले उचाइमा बसेर अन्य शब्दहरुमाथी दमन गरे भनेर प्रचण्ड शब्दका समर्थक शब्दहरुले भनिरहँदा त्रीपिटक बाट पनि शब्दहरु दमन अन्त्यको माग र पहिचान सहितको माग गर्दै आन्दोलनमा उत्रिए । त्यस्तै मुन्धुम , कुरान आदी र अन्त्यमा आगन्तुक बाइबलले समेत समर्थन गरेर पहिचान सहितको शाव्दिक बिखण्डनको माग गर्यो । कहीँ संस्कृतलाई राष्ट्रिय लिपी बनाउनुपर्ने माग आयो त कतै सबै लिपीहरुलाई शब्द बिधायेकमा स्वतन्त्र अधिकार दिनुपर्ने । माथि सदनमा पुगेका प्रचण्ड जस्ता मनोनित शब्दहरुबाट उचित मार्गदर्शन नहुँदा हिन्दी, उर्दु जस्ता बैदेशिक भाषाले पनि सजीलै सम्पुर्ण नेपाली लिपीहरुमा नै धावा बोल्न सक्ने सम्भावना तथा लक्षणहरु देखिन लागे ।

यस्तो अवश्थामा शव्दहरुको माग र उदण्ड प्रचण्डको समर्थकको अडानमा शव्दहरु बिचमा सात बिभाजन गरिए यी बिभाजन लिपीगत नभएपनि केही लिपीहरुले आफ्नै छुट्टै पहीचान बनाउनको निम्ती ती शब्दप्रदेश माथि कब्जा गरे , फेरि केही अन्य शब्दहरुको आडमा सुरु भयो नारा ‘अखण्ड’ को । बिखण्डनले शब्दहरुमा ल्याएको झन् ठूलो परिवर्तनले सबै शव्दहरुमा पहिचानको लागी द्वन्द सुरु भयो । यस द्वन्दमा कयौँ अक्षरहरुले विरगती प्राप्त गरे भने कयौँ मात्रामा अक्षरहरु क्षतबिक्षत भए । त्यसपछी अखण्डको नारा घन्काउने शब्दहरुको पनि ठूलै जमात देखियो ।

सदनमा पुगेका शब्दहरुका चलखेलमा स-साना अक्षरहरु घुमिरहे उफ्रिरहे र आफ्नो ज्यान आहुतिमा चढाइरहे । अझै पनि अक्षरहरु बिचमा सद्भाव र शब्दहरु बिचमा सहमतिको स्थिती सिर्जना भइसकेको छैन । अझै पनि प्रचण्ड शब्दका पर्यायहरु कति थिए कति छन् र कति हुनेछन् भन्ने निश्चित यकिन गर्न सकिने स्थिती छैन । प्रचण्ड शब्दलाई चर्चामा ल्याउने र निष्कृय बनाउने हैसियत राख्ने खण्ड र अखण्ड शब्द पनि प्रचण्ड शब्द संग जोडिएर आउनु नितान्त जरुरी ठान्दछु म । प्रचण्ड शब्द बाट शब्दहरुले जति अपेक्षा गरे त्यति पाउन सकेनन् न त प्रचण्ड शब्दले दिन नै सक्यो । आगामि दिनहरुमा शब्दको दुनियाँमा के कति चलखेल हुनेछ र अझै प्रचण्डका के के पर्याय होलान् त्यो त हेर्नै बाँकी छ ।।

मधेसलाई स्वतन्त्र देश बनाउने आत्मघाती र राष्ट्रघाती बहस सुरु भयो..!- प्रचण्ड

काठमाडौं, भदौ २७ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसलाई स्वतन्त्र देश बनाउने बहस उठेको भन्दै यो बहस आत्मघाती र राष्ट्रघाती भएको बताउनुभएको छ ।

संविधानसभाको बैठकमा प्रचण्डले तराई मधेसमा अहिले चलिरहेको आन्दोलनलाई स्वतन्त्र मधेस देशको आन्दोलन बनाउने बारेमा बहस सुरु भएको भन्दै भन्नुभयो ‘यो बहस आत्मघाती पनि छ र राष्ट्रघाती पनि छ ।’

मधेसलाई स्वतन्त्र देश बनाउने बहसले मधेसका नागरिकलाई फाइदा नगर्ने भन्दै उहाँले मधेस काठमाडौंबाट कहिल्यै अलग हुन नहुने बताउनुभयो । ‘मधेसबाट आएका राजाहरुले काठमाडौंमा मठ मन्दिर बनाएका छन्, मधेसी नागरिकका रगत र पसिना काठमाडौंमा जोडिएको छ’ प्रण्डचले भन्नुभयो ‘त्यसैले मधेसले काठमाडौंसँग आफ्नो अधिकार खोज्नु पर्छ । काठमाडौंबाट अलग्गिनु हुँदैन ।’

मधेसमा भइरहेको आन्दोलन हिंसात्मक भएकोमा दुःख व्यक्त गर्दै प्रचण्डले संयम अपनाउन आग्रह गर्नुभयो । ‘राज्यले धेरै बल प्रयोग गरेको छ । प्रहरीलाई जलाउने मार्ने हिंसात्मक घटना पनि भएका छन्’ प्रचण्डले भन्नुभयो ‘यस्ता कार्य तत्काल रोकिनु पर्छ ।’

दलका नेताको हैसियतमा संविधानमा अन्तिम संबोधन

प्रचण्डले संविधानसभाबाट अब संविधान जारी हुने संकेत गर्दै भन्नुभयो ‘दलको नेताका तर्फबाट संविधानसभामा बोल्ने यो नै अन्तिम अवसर हो ।’

नागरिकका तर्फबाट इतिहासमा पहिलो पल्ट नागरिकका तर्फबाट संविधान जारी गर्न लागेको भन्दै प्रचण्डले भन्नुभयो ‘यो सबै नेपालीका लागि गौरवको विषय हो । ६५ वर्षको संघर्षपछि यो अवसर आएको हो ।’

]संविधानसभालाई असफल पार्ने षडयन्त्र भइरहेकोले ती षडयन्त्र सफल हुन नदिनका लागि पनि एकीकृत नेकपा माओवादीले आफ्ना केहि एजेण्डा छाडेर पनि संविधान जारी गर्न चाहेको प्रचण्डले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘संविधान जारी गर्नका लागि हामीले हाम्रा धेरै एजेण्डाको बलिदान दिएका छौं ।’

थारु बाहुल्य ठाउँमा थारु राज्य बनाउनु पर्ने थारुहरुको माग जायज रहेको भन्दै प्रचण्डले आफूहरु सधैं आदिवासी, जनजाति, महिला, दलितसहितका दवाव समूहको साथमा रहेको बताउनुभयो । उनीहरुका मागलाई संविधानमा पछि पनि समेट्न सकिने प्रचण्डले बताउनुभयो ।

-साभार-उज्यालो अनलाईन 

लघुकथा – सहयोग

लघुकथा – सहयोग

kg

बेलुका ३ बजे घोपा अस्पताल धरानबाट बहिनीलाई डिस्चार्ज गराइए पछी भवानी मिश्र आफ्नो घर इलाम साङरुम्बा-३ तिर फर्किने तयारी गर्छन। साँझ परिसकेको थियो, घर पुग्नै पर्ने जरुरी थियो। किनकि उनको आई.ए. दोस्रो बर्षको परीक्षा नजिकिंदै थियो। एक हप्ता अघि देखि बहिनी कमलालाई उपचारका क्रममा धरान पुर्याए पछी एउटा सानो चकटीलाई आफ्नो बिछ्यौना मानेर बिरामी कुरुवा हुनु परेको थियो। धरान बाट डिस्चार्ज दिनको ५ बजे भएका थिए। धरानबाट गाडी चढी सकेपछी आफ्नी बिरामी बहिनी कमलाले वमिटिंग गर्दै गर्दा पनि सम्हाल्दै घर पुर्याउनु पर्ने थियो। होटलमा बसुँ भने बिरामी बहिनीको त्यो हालतले आफैं थकित भै सकेका थिए। फेरी धरानको बसाइले गर्दा पैसा पनि कम्ति नै थियो। झापाको सुरुंगा आई नपुग्दै रात झमक्क परीसकेको थियो। इलामको साङरुम्बा पुग्नु थियो। सुरुंगा बजार देखि अलि तल सानी-आमाको घरमा बास बस्ने सोचे उनले। बहिनीको होस्-हवास थिएन। उता आफै पनि अब के गर्ने भन्ने सोच्न पनि सकिरहेका थिएनन । कन्डक्टरलाई सुरुंगामा उत्रिन्छौं भन्न सम्म भुले उनले। केहि पर पुगे पछी यहीं रोकिदिनुस, यहीं उत्रिन्छौँ, भने पछी ड्राइभरले गाडी रोके, अनि आफ्नी अलास-तालस भएकी बहिनीलाई बोकेर उतारे। अब बहिनीलाई कसरी सानी-आमाका घर सम्म लाने भनेर सोचिरहेका थिए।
आफु संग भएको त्यहि चकटी ओछ्याएर बाटोको छेउमा बस्नु सिवाय उनले केहि गर्न सक्ने सामर्थ्य थिएन ।  न उनि संग मोबाईल नै थियो। एकातिर बिरामी बहिनी अर्का तिर झोली-झ्याम्टा, बहिनीको त्यो अवस्था र रुवाईले आफैं भित्रै देखि रोइरहेका थिए। धेरै रोए, भगवानले किन यति सास्ती दिएका होलान? बस यस्तै मात्र सोचीरहेका थिए। रातको ८:४० बजीसकेको थियो। अँध्यारोले झमक्क छोपी सकेको थियो। मान्छेको आवत-जावत कमै देखिन्थे। एक रफ्तारमा गाडी चली रहन्थे, पुर्व अनि पश्चिम। यस्तै क्रममा पूर्वबाट टिरिंग… टिरिंग साइकलको घन्टीको आवाज आए पछी मलाई यी मान्छेले सानी-आमाका घर सम्म मेरी बहिनीलाई लान सहयोग गरे पनि हुन्थ्यो, भन्ने सोचीरहेका थिए। नभन्दै “दाजु कहाँ जाने?”- त्यो साइकलमा आउंदै गरेको त्यो सानो केटोले सोधे पछी हतार-हतार ” भाई! उ ह्याँ तल सानी-आमाका घर सम्म जानु पर्ने थियो। मेरा यी समान लगी दिन सक्छौ?”- भनेर सोधे। ति भाइले ” भै हाल्छ नि दाजु, यति सहयोग त गर्न सक्छु” भने। भवानी अलि अगाडी सम्म एउटा चकटीमा बसेर थाप्लोमा हात राखेर रोइरहेका थिए, एकै छिन पछी ति भाईका बचनले भगवानले आफ्नो दु:ख सम्झेर दुत पठाई दिए झैँ लाग्यो। “भाई यी समान यसो तिम्रो साइकलमा झुन्ड्याई देउ ल! म बहिनीलाई बोक्छु।” बचन झर्न नपाउंदै “बहिनीलाई चाहीं साइकलमा राखौं न हुन्न?” भने। यति ठुलो सहयोग पाएको देखेर भवानी धेरै खुसी भए।
सानी-आमाका घर अगाडी पुगे। भवानीले नाम सोधे- उनले “धरेन्द्र माझी हो दाई मेरो नाम, यसो कलमको मसी सिद्दिएर सुरुंगा बजार तिर मसी लिन हिडेको धर्म गर्न पाएँ खुसी लाग्यो” भने। भवानीले गोजीबाट ५० रुपैयाँ हातमा थमाउदै “भाई धेरै-धेरै धन्यबाद!” भने तर धरेन्द्रले पैसा लिन मानेनन्. “दाजु! म सहयोग बेच्दिन- बरु तपाईलाई एउटा कुरा भन्छु, यदि तपाईले पनि यसरी नै कोहि अप्ठ्यारोमा परेको भेट्नु भयो भने सहयोग गर्नु, बाटो काटेर नहिड्नु। तपाईलाई भगवानले परेको ठाउँमा सहयोग गर्नु हुनेछ। दाजु! म लागें बाई……… ” भन्दै साइकल टिपेर अँध्यारोमा गायब भए।